Thursday, October 3, 2013

१२. रातो गुलाफ


अब छिट्टै तिमी -
प्रेमिल यादहरु बोकेर
मेरो मनको बगैँचामा बसाइँ सर्नेछौ
र फुलाउनेछौ थुप्रै प्रेमिल पैयुँहरु !

मलाई थाहा छ - त्यसपछी तिमीले
मेरो दाहिने हात समाएर "प्रिया" भन्नेछौ !
मन्द मन्द मुस्कुराहटमा
की "कालि" भन्नेछौ कि "सानि" भन्नेछौ !
तिमी आउने बाटो कुर्दाकुर्दै
थाकेका मेरा अस्थिपन्जरहरु
अनी गह्रौ मन बोकेर
तिम्रो छेवैमा ठिङ्ग उभिने छु म
त्यसैपल, अलिकती लाज अनि
अलिकती खुस्बु दुबै मिसाएर
गाजलु यि आखाँले
नदेखे झै गरी हेर्नेछु म तिमीलाई !

अनि तिमीले भन्नेछौ -
यो संसारमा आजसम्म
कसैले कसैलाई नगरेको
अथाहा माया गर्छु म तिमीलाई !
मदनले मुनालाई भन्दा धेरै !
जुलेटले रोमियोलाई भन्दा धेरै !
अनी आफैले आफैलाई भन्दा धेरै !
आकाशको जून, तारा टिपेर दिन्छु भन्दिन तर,
भित्री हृदयको चोखो माया दिनेछु म तिमीलाई !

मलाई थाहा छ - त्यसपछी तिमी के गर्छौ ?
त्यसपछी तिमी
मेरो देब्रे हात समाउनेछौ !
दाहिने र देब्रे दुबै हात सुम्सुम्याउनेछौ !
पालैपालो चुम्बन गर्नेछौ !
की "प्राण" भन्नेछौ कि "मुटु" भन्नेछौ !
अनी पाइन्टको खल्तिमा बिस्तारै हात हाल्नेछौ !
र रातो गुलाब निकाल्नेछौ !

तर खै ! किन किन
धरमराइरहेछ मेरो मन -
कतै तिमीले मेरो मनसँग मजाक गरिरहेका त छैनौ ?
मायालाई ख्यालसाची सम्झिरहेका त छैनौ ?
पहिले जस्तै गरी फेरी पनि
छाडी जाने माया पो गर्दै छौ कि ?
किन किन डगमगाइरहेछ मेरो मन !

अब तिमी आउँदा -
मेरो मनको बाटो भएर आउनु !
जहाँ तिम्रो लागी प्रेमिल फूलहरु
बिछ्याएकी छु मैले !
कैयौ पहिलादेखी बिछ्याएर रखेको फूल
जुन फूल मेरो चोखो मायाले फुलेको छ !

थाहा छैन - यसपटको भेटमा
म तिमीलाई पहिले जस्तै गरि
अंगाल्न सक्छु कि सक्दिन ?
चुम्न सक्छु कि सक्दिन ?

तर, एउटा पल सम्झाउनुछ तिमीलाई
केहि वर्ष पहिले
प्रणयदिवसको दिन
रातो गुलाफ दिएका थियौ तिमीले !
बदलामा रातो गुलाफ
दिन चाहन्छु म !
र चाहन्छु म तिम्रै हातबाट
छिट्टै यो खाली सिउँदो रंगाउन !



Wednesday, October 2, 2013

गजल २८

घरी पानीमा सलबलाउछु, घरी किनारमा छु एक्लै
मानौ म माछो यो ठुलो नदी तर संसारमा छु एक्लै

प्रेम हराएको जिन्दगीमा उफ् , यो उजाड मरुभुमि
प्यास बढ्दै छ पानीको या प्रेमको दोधारमा छु एक्लै

जलिरहेछु, खरानी बन्दैछु या अंगार ? थाहा छैन
नदिसँगै बग्न मन छ, त्यसैले हतारमा छु एक्लै

अन्जान कोही "प्रिया" भनेर बोलाउदै थियो मलाई
फेरी भन्यो तिमी एक्लै म पनि घरबारमा छु एक्लै

अहो ! म अचम्म छु माया गर्नेहरुको बजारदेखी
तर, माया गर्नेहरुको हजारौ हजारमा छु एक्लै

मुक्तक २८


मेरो खुशी मेरो जिवन मेरो संसार हो उ
साच्चै भन्नुपर्दा मेरो दिलको प्यार हो उ
कानेखुशी गर्दै थिए कोहि-नजिक नजानु
फुच्ची रिसाउछे फेरि, उसैको यार हो उ

११. कुर्कुच्चामा फाटेका धाजाहरु

अभावका खुट्किलाहरु टेकेर
घरी उकाली चढ्दै
घरी ओराली झर्दै
घरी दायाँ घुम्तितिर
घरी बायाँ घुम्तितिर
उफ्, उसैगरि
घरी सिधा गोरेटो हुँदै
हिडिरहेका एकजोडी खुट्टाहरु....!!
कैयौ देखी नियालीरहेछु म -
उसका धाजा फाटेका कुर्कुच्चाहरु
लाग्छ - ति धाजाहरु
गरीबिका निसानी हुन ।
सायद, आजसम्म वर्षा लागेकै छैन
त्यसैले त,
कहिल्यै पुरिएनन
ति कुर्कुच्चामा फाटेका धाजाहरु ...!!

Monday, September 23, 2013

गजल २७


तिमीले बुझ्नुपर्थ्यो माया मार्नु अगाडि !!
पिरती को बसाइँ अन्तै सार्नु अगाडि !!

एक् बचन मलाई सोधेको भए हुन्थ्यो !!
दुइ नयन बाट आशु झार्नु अगाडि !!

आउँछौ कि भ'नी पर्खीरहे दोबाटोमा !!
तिमीसँग प्रेमको बाजी हार्नु अगाडि !!

दिलमा लेखेको नाम पढ्यौ या पढेनौ ?
यो मुटुलाई छिया - छिया पार्नु अगाडि !!

तिम्रो गोरेटोमा फूल बिछ्याउँदै थिए !!
मेरो बाटो काडेतार ले बार्नु अगाडि !!