“मलाया
एक्सप्रेस” माथी मेरो पाठकिय विचार
साच्चै जिन्दगी अफसोच हो । जहाँ सोच्दै नसोचेका
घटनाहरु घटिदिन्छन । जुन समयको समयको कलपना नै गरिएको हुँदैन त्यही समयले निम्त्याउछ
अपत्यारिला घटनाहरु र हामी हिडिरहनु पर्ने हुन्छ त्यही बाटो हुँदै । खण्ड - खण्ड गरी
जम्माजम्मी ३२ वटा खण्डमा उपन्यास टुङ्याइएको छ । प्रत्यक खण्डहरु उत्तिकै चाखलाग्दा छन, उत्तिक्कै मिठा छन,
उत्तिकै स्वादिला छन र छन पाठकको मन जित्न सफल पनि । जितबहादुर, प्रिया र आमा भगवतीको
समग्र जिवनमा आइपरेका उतारचढावमा केन्द्रीत छ 'मलाया एक्सप्रेस' । जितबहादुर जसरि युद्धमा
होमिएर रित्तो हात फर्कने युवाहरु कैयौ छ । ति गनी साध्य छैनन । जितबहादुरले जसरि बिनाकसुर
सजाए भोग्ने हरुको जमात पनि उत्तिकै छन । हितबहादुरले जसरि अनाहकमा युद्धको सिकार बनेका
कैयौ छन । हितबहादुर जसरि नै मृत्युमा परेका कैयौ युवाहरु वेवारिसे र पत्ता लाग्न नसकेका,
वेपत्ता परिएका लासहरु उसैगरी अनगिन्ती छन । कती लासहरु जंगली जनावरका आहारा बने होलान्,
कती यसै कुहिएर गए होलान्, कती मुख्य समाचार बनेर फुकिए होलान अनि कती लासहरु लडाकु
मारिएको प्रमुख समाचार बनेर छापिए होलान । जमुना जस्तै कैयौ बहिनिहरु/छोरिहरु युद्धको
सिकार बनेका छन र घर परिवार प्रत्यक्षदर्शी । जनयुद्धको समयमा त्यस्ता घटनाहरु कती
भए कती । जितबहादुरको जिवनमा घटेको भन्दा पनि कैयौ गुणाले बढी कारुणिक घटनाहरु घटेका
छन त्यतिबेला । ति घटनाहरुको अगाडी जितबहादुरको जिवनमा युद्धकालले घटाएको घटना सामान्य
हो तर यस उपन्यासमा यही घटना नै काफी सम्झन्छु म ।