Wednesday, February 19, 2014

मुक्तक ३१


झन् झन् याद बनी आइरह्यौ रातभर
खै ! किन यसरि सताइरह्यौ रातभर
मुनामदन,रोमियो जुलियटको प्रेम गाथा
मैले सुनिरहे तिम्ले बताइरह्यौ रातभर

कान्तिपुर दैनिकका लागी ...


कान्तिपुर दैनिकका लागी मेरो (व्यक्तिगत) पाठकिय अभिव्यक्ति

सर्वप्रथम, २१औं बसन्त सफलताका साथ पार गरेको सुखद अवसरमा कान्तिपुर परिवारलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहान्छु र कामना गर्न चाहन्छु आगामी दिनहरुमा पनि अरु सन्चार माध्यमहरुको तुलनामा कान्तिपुरको भूमिका अग्रणी रहोस् ।

दोस्रो कुरा, कान्तिपुर दैनिकको म नियमित पाठक र शुभचिन्तक दुबै हुँ । आफ्नो वार्षिकोत्सवको अवसरमा कान्तिपुर दैनिकले निकालेको ४० पृष्ठको परीशिष्टाङ्क निकै सर्हानिय कार्य हो तर वर्तमान समयमा सन्चार माध्यम कै धरोहरको रुपमा प्रस्तुत हुँदै आइरहेको कान्तिपुर जस्तो मिडियाले 'वर्षका दश' उत्कृष्ट व्यक्तीहरु छनौट गर्न अवलम्वन गरेको माध्यम निकै अपरिपक्व महसुस भयो मलाई । उसो त आधुनिकताको प्रवेश सँगै कान्तिपुरले पनि आधुनिकताको माध्यम रोजेको हुनुपर्छ तर आधुनिकताको रोजाई सँग सँगै निष्पक्षता पनि खोज्नु जरुरी हुन्छ होला ? करोडौ नेपालिहरुको माझमा केबल २० लाखको हाराहारिमा नेपाली जनताले चलाउने फेसबुक देशकै प्रतीनिधी व्यक्तीहरु छनौटमा कसरी उचित भरपर्दो माध्यम बन्यो ? सोचनिय कुरा छ यो ।

उसो त यहाँ चयन हुनु भएका व्यक्तित्वहरुले पनि नेपाली समाजमा अगुवा भूमिका निर्वाह नगर्नु होला भन्न सकिन्न गर्नुहोला, गरिरहनु भएको पनि होला तर गर्नुहुन्छ नै भनेर तोक्न सकिदैन् । र अर्को कुरा, हुन त तत्काल प्रतिकृया प्राप्त गर्ने गतिलो माध्यम भनेको फेसबुक नै हो तर कुनै पनि क्षेत्रमा अग्रसर रहनुभएका अझ यहाँ चयन हुनु भएका र नहुनु भएका सबै अग्रज, अनुज तथा समकालिन व्यक्तीहरुले मनन गर्नु पर्ने महत्वपुर्ण कुरा यो छ कि - फेसबुकमा आएका लाईक र कमेन्टहरुले सबै बिषय र क्षेत्रमा निष्पक्ष निर्णय प्रदान गर्दैन् । तसर्थ मात्र फेसबुके लाईकको आधारमा निकालिएको नतिजाबाट चयन हुनुभएका व्यक्तित्वहरुलाई 'नेपाली समाजमा अगुवा भूमिका खेलिरहेका प्रतीनिधी पात्रहरु' भनेर ठहर्याउदा अन्य अग्रसर व्यक्तित्वहरु माथी अन्याय होला कि ? भन्ने मलाई लागिरहेछ ।
मिती : २०७० । ११ । ०७
(राष्ट्रीय प्रजातन्त्र दिवस ) 

गजल ३४

हाम्रो प्रेम अमर होस् भन्दै कसैले फूल बगाएर गए
कोही कोहिले भने त्यही फूल मन्दिरमा चढाएर गए

रातो गुलाफ बोकेर आउने यारहरुको लस्कर थियो
कैयौ यारहरु त मेरो श्रीङ्गार देखी लजाएर गए

जो सँग विवाह हुन लाग्दा पार्वती लुक्न गएको थिइन
उनै विष्णु आए र शिव पाउने उपाए बताएर गए

हिजोअस्तीसम्म आफुलाई गजलको माहिर ठान्नेहरु
एक् दुई दिन चुरिफुरी देखाए र आफै हराएर गए

मन् भित्रको प्रेमिले प्रेमिकालाई छुरा धसेर हिडेपछि
तीनै प्रेमिकाहरु आए र प्रेमिको तस्बिर जलाएर गए

Thursday, January 16, 2014

गजल ३३



आफ्नो निधारबाट पसिना बगाउन्जेलसम्म
हामी खुशी रहन्छौ दु:खमा रमाउन्जेलसम्म

बुढा-बाबा,आमा र घरको ख्याल राख्नुछ मैले
मेरो मदन मुग्लानबाट नआउन्जेलसम्म

पाइलै पिच्छे मेरो साथको खाचो छ तिमीलाई
हाम्रो शिरमा परेको ऋण नभ्याउन्जेलसम्म

तिज र दशैंमा नयाँ फरिया माग्दिन म प्रिय
गैरी खेतको बन्धकी फिर्ता नपाउन्जेलसम्म

दुबै मिलेर २/४ पैसा जोगाड गरौला हामि
खर फालेर टिनको छानो नछाउन्जेलसम्म

Wednesday, January 8, 2014

गजल ३२

कती बनौ कहिलेसम्म बनौ ? म यो धर्तिको लाटो
घरिघरी उडौ लाग्छ - चरि बनेर चरिको साटो

भर्खर खाडी पसेको छोरो आमालाई भन्दै थियो -
खुब याद आउछ - मेरो गाउँ र म हिडेको बाटो

४० डिग्रीको घामले पोल्दा मर्ने बाच्ने ठेगान हुन्न
त्यतिबेला झन् सम्झ्न्छु मेरी आमा र जन्मेको माटो

खै ! म कसरी भनु र भनु पनि कसलाई यहाँ ?
यो दिलभित्र घाउ लागेको छ र बसेको छ खाटो

जुन दिल भित्र जुन घाउको खाटो बसेको थियो
त्यही दिल् मा छ नदेखिने नमेटिने आशुको टाटो