Wednesday, November 12, 2014

गजल ४७

मलाई मन छ प्यारा केबल तिम्री हुन
छाडेर दुनिया सारा केबल तिम्री हुन

मनभित्र उर्लेकोछ मेची कोसी कर्णालि
पुछेर आँखाको रारा केबल तिम्री हुन

बस् भनिदेउन सानु तिमी मेरी हौ भ'नि
बस्छु भएर सहारा केबल तिम्री हुन

Monday, November 10, 2014

उपन्यास - ह्वाइट केन


ह्वाइट केन र मेरा नाङ्गा आँखाहरु :-




मलाई आँखा नदेख्नेहरुको बारेमा कत्ती पनि थाहा छैन भन्दा फरक नपर्ला । उनिहरु सेतो टल्कने लठ्ठिले छामछाम छुमछुम गर्दै हिडेको मात्र देखेकी थिए अनि देखेकी थिए अरु कसैले पखुरा समातेर डोर्याएर हिडालेको पनि तर बाहिरी दृष्टी गुमाएकाहरु मनको दृष्टिले देखेर यतीसम्म महान कार्य गर्न सक्छन् भन्ने कुरा ह्वाइट केन पढेपछी मात्रै बुझे मैले ।

उपन्यासको मुख्य पात्र भास्वत । उसलाई एक एक गरेर पढ्दै जादा खुब अनौठो भान भैरह्यो मलाई । साच्चै, दृष्टिबिहिन हरु पनि यती धेरै आत्मविस्वासी हुन्छन् है ?

यदाकदा हिडडुल गर्दा बाटोघाटोमा मात्र होइन गाडिहरुमा पनि मैले ज्योती गुमाएका मान्छेहरु नदेखेको होइन । देख्थे । जब देख्थे तब एकोहोरो हेरिरहन मन लाग्थ्यो अनि सोच्थे कहाँ हिडेका होलान यिनिहरु ? कोही साथमा नलिइ कन एक्लई कसरी हिड्न सकेका होलान ? कसरी पहिल्याएका होलान् गोरेटोहरु ? कसरी ठहर्याउदा हुन् आफ्नै घरसम्म पुग्ने गोरेटो या कोही आउदो हो लिन र छोड्न ? आदी आदी ।

Wednesday, November 5, 2014

२२. कविता : हामी छोरी


उफ् हामी छोरि
फगत जन्मिए झै लाग्छ
र लाग्छ - पुरुषवादिको प्यास मेटाउन जन्मिएका हौ हामि
यदी होइन भने किन लादिन्छन् -
उनिहरुको आदेश हामी माथि
उनिहरुको इच्छा हामी माथि
अनी उनिहरुकै मनपरी हामीमाथी
चुपचाप सहनु पर्ने रे हामि
प्रतिवाद गरे - पोथी बासेको सुहाउदैन् भन्छन्

हामी रहरले होइन बाध्यताले जान्मिन्छौ
आमा बाको शिरमा पिरको भारी बोकेर जन्मिन्छौ
अनी जन्मिन्छौ पराइ घरको वंश चलाउने दायित्व बोकेर

भित्र “‘च्या च्या” मैले पहिलो आवाज निकाल्दा
बाहिर पिडिमा बसेका बा’ले
पुर्पुरोमा हात लगाउछन्
र भन्छन् - पिरको भारी थपियो मेरो

२१. कविता : अस्तित्वको खोजि


हामी आफै ठगिएका होइनौ
'ठग' भनिनेहरुले ठगेका हुन् हामिलाई
म ति 'ठग' हरुलाई
कठ्घरामा उभ्याउन चाहान्छु
र, दिलाउन चाहान्छु - कडा भन्दा कडा सजाए

सबै जमानाको कुरा गर्छन् यहाँ
आधुनिक जमानाले दिएको सहजताको कुरा गर्छन्
तर मलाई यो जमाना
फिटिक्कै मन परिरहेको छैन्

श्रीमान् जमाना आधुनिक आयो त
खै ! के दियो हामिलाई ?
न न्याय दियो
न अधिकार दियो
न दियो सुरक्षा कतै
झनझन त्रास थपिइरहेछ बरु -
बाबुद्वारा छोरी डराउनु पर्ने
दाजुद्वारा बहिनी जोगिनुपर्ने
अनि, सचेत रहनुपर्ने सधै ससुराद्वारा बुहारी पनि

Sunday, August 17, 2014

गजल ४६

जो कोहिले दिएको उपहार स्विकार गरेको मन पर्दैन्
र, मेरो हजुरलाई प्रेमको व्यापार गरेको मन पर्दैन्

रावणले हरेकै कारण रामले सिता त्याग गरिदिए
उसै झै चोखो प्यारमा शंका र विचार गरेको मन पर्दैन्

मेरो चञ्चले बानी देखी आजित परेसी उहाँ भनुहुन्छ -
प्रिया, मलाई एउटै गल्ती बारम्बार गरेको मन पर्दैन्