Friday, May 8, 2015

मुक्तक ३९

हिजोका महलवाला लाई रातारात  सडकछाप पारिदियो
दिन दु:खिहरुलाई  दु:खमाथी अझै दु:ख थपथाप पारिदियो
भलै,जून चुहिने भए पनि एउटा सानो झुपडी थियो आफ्नो
साला,भुकम्प अचानक आयो र एकैछिनमा सखाप पारिदियो

Monday, March 23, 2015

साच्चै, अबुझ छन् मान्छेहरु !!

जसरि एउटा फूलको बोटले आफुलाई बचाएको जरा सुकेपछी स्वयम आफु पनि सुक्न बाध्य हुन्छ त्यसरि नै मर्न बाध्य हुदो रहेछ मान्छे - आफ्नो मनका सपनाहरु मरेपछी । होला, मान्छे हेर्दा स्वास फेरिरहेको, हिडिरहेको, कुदिरहेको, बोलिरहेको देखिएला तर मनका इच्छा, आकांक्षा, रहर र सपनाहरु मरिसकेपछी मान्छे बोल्नु हिड्नु र स्वास फेर्नुले मात्र ज्युदो नहुदो रहेछ । उसको अन्तर आत्मा मरिसक्छ र पनि नचाहेरै लतार्नु पर्ने यि पाइलाहरु फगत लतारिएका हुनेछन् । फेरिएको स्वास पनि फगत फेरिएको हुनेछ । साच्चै सबै कृयाकलापहरु फगत रुपमै गरिएका हुनेछन् । मनभरी पिडा हुन्छ, आँखाभरी आशु हुन्छ, मुटुभरी घाउँ हुन्छ अनि चाहर्याइ रहेको हुन्छ हृदय र पनि सबै भुलेर मानौ मलाई केहि भएकै छैन् झै गरेर मुसुक्क मुस्काइदिनु पर्ने यो दुनियाको सामु - अहो ! कती गाह्रो कुरो । फेरी यो समज पनि त त्यती साह्रो बुझकी कहाँ छ र ? आँखाभरी आशु छचल्किएक्को देख्न सक्दैन तर देख्छ ओठको मुस्कान । अचम्म छ केबल मुस्कान देख्छ समाज अह ! देख्दैन् मुस्कानमा लुकेको असिम पिडाका बहाबहरु । जहाँ सम्म लाग्छ - मलाई मात्र होईन् कोही कसैलाई पनि आफ्नो आँखाभरीको आशु अरुले देखोस् र कठै ! भनिदिओस् भन्ने चाहना हुँदैन् । म चाहान्छु - मेरो पिडाको एक अंश पनि नबुझोस् यो दुनियाले अझ चाहान्छु कत्ती पनि भ्यउ नपाओस् । पिडा दबाएरै भए पनि यो दुनियाको आँखामा मुसुक्क मुस्कान अवस्य छर्नेछु र कत्ती पनि बन्ने छैन् अरुको दयाको पात्र । चाहान्छु - हामी कोही पनि कसैको दयाको पात्र बन्नु नपरोस् । कहिल्यै पनि । कसैको पनि ।

Saturday, December 13, 2014

गजल ४८

जिन्दगीको हिसाब बिग्रीएपछी तनाबमा छु प्रिय
हो, अचेल आफ्नै सपनाहरुको दबाबमा छु प्रिय


पल्पल् छट्पटिन्छु दिनहुँ तड्पिन्छु वर्षिन्छु कतीकति
झन् उसैमाथी तिम्रा यादहरुको सराबमा छु प्रिय


तिम्रो तस्बिर छातिमा टासिदिन्छु र पोखिदिन्छु पिडा
बताउ म कसरी ?? चोटहरुको बहाबमा छु प्रिय

त्यही एउटा सपना छ जहाँ तिम्लाई भेट्न सक्छु म
अनिदा यि आँखाहरु निदाउने लगाबमा छु प्रिय

चाहान्न - दुनियाले मेरो मुहार पढोस् र कठै ! भनोस्
त्यसैले अधरका भावहरुको बद्लाबमा छु प्रिय

Wednesday, November 19, 2014

कवितासङ्ग्रह : च्याउको जङ्गल



“याम्बुरी बुक प्वाइन्ट” ले ०७१ बैशाख महिनामा मात्र बजारमा ल्याएको कबितासङ्ग्रह “च्याउको जङ्गल” मा केन्दृत रहेर केहि कुरा लेख्न खोजिरहेछु म यतिबेला ।

यस कवितासङ्ग्रहमा समावेशी छुट्टाछुट्टै शिर्षकका ५४ वटा कवितालाई ६ वटा खण्डमा विभाजन गरिएको छ । सबै खण्ड र खण्डभित्रका सबै कविताहरुले शिर्षकले दिन खोजेको भावलाई उजागर गरेका छन् । यस मानेमा कविताहरु अनुशासित सावित भएका छन् ।

पहिलो खण्ड 'त्यो आइमाई' भित्र जम्माजम्मी १० वटा कविताहरुले ठाउँ पाएका छन् । जहाँ महिलालाई मुख्य पात्रका रुपमा उभ्यायर कविताहरुले भावलाई मञ्चन गरेका छन् । 'डम्बरिको देश' नामक कविताले अझ आकर्षित गर्‍यो मलाई । जुन कविताको उठान यसरि भएको छ -

“यस धरतिको सबैभन्दा महङ्गो बजारमा
तिम्रो देशसँगै बिक्री हुन्छ तिम्रो गरीबि !”

Thursday, November 13, 2014

जिवनी : मलाला


पिता जियाउद्दिन युसुफजाई र माता तोर पेकी युसुफजाईको पहिलो सन्तानको रुपमा सन् १९९७ जुलाई १२ मा मलालाको जन्म भएको थियो । खुसहाल र अटल युसुफजाई मलालाका दुई भाइ हुन् । पाकिस्तानको स्वात उपत्यकाको मिङ्गोरा शहरमा जियाउद्दिनको आफ्नै स्कुल छ । त्यही खुसहाल स्कुलमा मलाला र मलालाका दुई भाइले पनि पढ्ने गर्दथे ।

सन् २००५ मा फजुल्लाहले स्वात उपत्यकामा 'रेडियो मुल्लाह' सञ्चालन गर्‍यो । त्यो रेडियो बिहान ८ बजेदेखी १० बजेसम्म र बेलुका ७ बजेदेखी ९ बजेसम्म प्रसारित हुन्थ्यो । २८ वर्षे फजुल्लाह पोलियो लागेका कारण खुट्टा खोच्याउदै हिड्थ्यो । उ पहिले गाउँको नदिमा तुइन चलाउने गर्थ्यो पछी धर्मशात्र पढाउने शिक्षक भएर निस्कियो । फजुल्लाहले शुरु शुरुमा रेडियोद्वारा कुरानका कुरा पढेर सुनाउथ्यो । मानिसहरु खुब चासो मानेर उसका कुरा सुन्थे । उसका तर्क सुनेर मानिसहरु उसप्रती श्रद्दा गर्थे । उसले रेडियो मार्फत खराब बानी छुटाउने अभ्यासहरुका बारेमा बताउथ्यो । असल मुसलमान हुनका लागी दाह्री पाल्न, चुरोट नपिउन, खैनी नखान उसले प्रोत्साहित गर्दथ्यो । कसरी अल्लाहसँग प्राथना गर्ने, हात कसरी धुने आदी सबै कुरा सिकाउदथ्यो । यस्ता कुराले उसको रेडियो निकै लिकप्रिय भयो । तर पछी त्यही लोकप्रियताको फाइदा उठाउदै रेडियो मार्फत टेलिभिजन नहेर्न उर्दी जारी गर्न थालियो । संगित नसुन्न र फिल्म नहेर्न मानिसहरुलाई मनसिक दबाब दिन थालियो । पाप कर्मकै कारण भुकम्प तथ बाढी पहिरो आउने कुरा जिकिर हुन्थ्यो ।

कुरान र हडिथ (मुस्लिमहरुको दोस्रो महत्वपुर्ण धार्मिक शास्त्र) का कुराहरुलाई उसले आफ्नै पाराले व्याख्या गर्न थाल्यो र गाउँगाउँका अशिक्षित मानिसहरुमाथी प्रभाव बढाउन थाल्यो । उसको कुरा सुनेर प्राय : पिछडिएका वर्गहरु निकै अशावादी हुन्थे ।