Tuesday, May 26, 2015

मुक्तक ४०

महिनौदेखी गासँ, बासँ र कपास टुटाएपछि
भुकम्पिय विपत्तिले मलाई टुहुरो बनाएपछि
झनझन पिडाले आहात भएकिछु म आमा
हुरि-वतासले जून छेकेको त्रीपाल उडाएपछी

Saturday, May 23, 2015

भूकम्प, म र सानो बाबु


जिन्दगी एउटा भुल भुलैया हो । कहिले दु:खको भुल भुलैया त कहिले सुखको भुल भुलैया । दु:खै दु:खको भुमरिमा रुमल्लिदा रुमल्लिदै कुनबेला झुलुक्क झुल्किन आइपुग्छन् खुशीहरु र उसैगरी कुनबेला बिलय भैदिन्छन् भन्ने केहि पत्तो हुँदैन । आखिर, त्यस्तै न हो दु:ख पनि । एकाध खुशीको बिचमा दु:खै दु:खको पहाड आएर तेर्सिदिन्छ अनि रोकिदिन्छ हिड्दा हिड्दैको बाटो । जहाँको त्यही ।

जाजरकोटमा एकाएक "स्वाइन फ्लु" को महामारी फैलियो । कैयौ मान्छेका घरहरु रित्तिए, कैयौका काख रित्तिए, कैयौका पुछिए सिउदो त कैयौ भए टुहुरा पनि । उता एउटा विपत्ती साम्य पार्न सरकारी टोलिले सकृयता देखाउदै थियो यता अचानक सिंगो देशलाई मर्माहत पार्न भुकम्प आइदियो । भनिन्छ - विपत्ती बाजा बजाएर आउँदैन । आखिर भयो नै त्यस्तै । न कसैले आकंलन गरेको न भविष्यवाणी नै । सोच्दै नसोचेको भुकम्म अचानक आइदियो र पारिदियो सारा देशवासिलाई घरवार विहिन । यो भूकम्पले निम्त्याएको विपत्तिको वर्णन गर्न म असमर्थ छु यतिबेला । किनकी यहाँ भत्किएका लाखौ घरहरु मेरै घर हुन्, टुहुरा बनेका नानिबाबुहरु मेरा भाइबहिनी हुन्, श्रींगार उजाडिएकी अबला नारी मेरी दिदी हुन्, काख रित्तो पारेर बसेकी बुढी आमा मेरी आमा हुन्, पुरै घर रित्तिएको परिवार मेरो परिवार हो र यहाँ जती जती मान्छेहरु न गास न बास ले बिचल्लित परेका छन् ति सबै सबै मेरो घरभित्रका सदस्य हुन । हो, यो सिङ्गो नेपाल मेरो घर हो अनि यो घरभित्रका सबै मन्छेहरु मेरो परिवार हुन् । अब तपाईं आफै भन्नुस् - मेरो घरभित्र परेको यो अस्वभाविक घटनाको बयान म कसरी गर्न सक्छु ? अह ! सक्दिन । कदापी सक्दिन तर स्मरण गर्न खोजिरहेकी छु त्यो कालो दिनमा मैले गरेको जिन्दगीको पहिलो र अनौठो अनुभव । चाहान्छु - यही अनुभव मेरो जिन्दगीको पहिलो र अन्तिम दुबै होस् ।

Friday, May 8, 2015

मुक्तक ३९

हिजोका महलवाला लाई रातारात  सडकछाप पारिदियो
दिन दु:खिहरुलाई  दु:खमाथी अझै दु:ख थपथाप पारिदियो
भलै,जून चुहिने भए पनि एउटा सानो झुपडी थियो आफ्नो
साला,भुकम्प अचानक आयो र एकैछिनमा सखाप पारिदियो

Monday, March 23, 2015

साच्चै, अबुझ छन् मान्छेहरु !!

जसरि एउटा फूलको बोटले आफुलाई बचाएको जरा सुकेपछी स्वयम आफु पनि सुक्न बाध्य हुन्छ त्यसरि नै मर्न बाध्य हुदो रहेछ मान्छे - आफ्नो मनका सपनाहरु मरेपछी । होला, मान्छे हेर्दा स्वास फेरिरहेको, हिडिरहेको, कुदिरहेको, बोलिरहेको देखिएला तर मनका इच्छा, आकांक्षा, रहर र सपनाहरु मरिसकेपछी मान्छे बोल्नु हिड्नु र स्वास फेर्नुले मात्र ज्युदो नहुदो रहेछ । उसको अन्तर आत्मा मरिसक्छ र पनि नचाहेरै लतार्नु पर्ने यि पाइलाहरु फगत लतारिएका हुनेछन् । फेरिएको स्वास पनि फगत फेरिएको हुनेछ । साच्चै सबै कृयाकलापहरु फगत रुपमै गरिएका हुनेछन् । मनभरी पिडा हुन्छ, आँखाभरी आशु हुन्छ, मुटुभरी घाउँ हुन्छ अनि चाहर्याइ रहेको हुन्छ हृदय र पनि सबै भुलेर मानौ मलाई केहि भएकै छैन् झै गरेर मुसुक्क मुस्काइदिनु पर्ने यो दुनियाको सामु - अहो ! कती गाह्रो कुरो । फेरी यो समज पनि त त्यती साह्रो बुझकी कहाँ छ र ? आँखाभरी आशु छचल्किएक्को देख्न सक्दैन तर देख्छ ओठको मुस्कान । अचम्म छ केबल मुस्कान देख्छ समाज अह ! देख्दैन् मुस्कानमा लुकेको असिम पिडाका बहाबहरु । जहाँ सम्म लाग्छ - मलाई मात्र होईन् कोही कसैलाई पनि आफ्नो आँखाभरीको आशु अरुले देखोस् र कठै ! भनिदिओस् भन्ने चाहना हुँदैन् । म चाहान्छु - मेरो पिडाको एक अंश पनि नबुझोस् यो दुनियाले अझ चाहान्छु कत्ती पनि भ्यउ नपाओस् । पिडा दबाएरै भए पनि यो दुनियाको आँखामा मुसुक्क मुस्कान अवस्य छर्नेछु र कत्ती पनि बन्ने छैन् अरुको दयाको पात्र । चाहान्छु - हामी कोही पनि कसैको दयाको पात्र बन्नु नपरोस् । कहिल्यै पनि । कसैको पनि ।

Saturday, December 13, 2014

गजल ४८

जिन्दगीको हिसाब बिग्रीएपछी तनाबमा छु प्रिय
हो, अचेल आफ्नै सपनाहरुको दबाबमा छु प्रिय


पल्पल् छट्पटिन्छु दिनहुँ तड्पिन्छु वर्षिन्छु कतीकति
झन् उसैमाथी तिम्रा यादहरुको सराबमा छु प्रिय


तिम्रो तस्बिर छातिमा टासिदिन्छु र पोखिदिन्छु पिडा
बताउ म कसरी ?? चोटहरुको बहाबमा छु प्रिय

त्यही एउटा सपना छ जहाँ तिम्लाई भेट्न सक्छु म
अनिदा यि आँखाहरु निदाउने लगाबमा छु प्रिय

चाहान्न - दुनियाले मेरो मुहार पढोस् र कठै ! भनोस्
त्यसैले अधरका भावहरुको बद्लाबमा छु प्रिय