Thursday, December 17, 2015

मुक्तक ४२

आफ्नो जिवन आफैलाई धिक्कार लाग्छ कहिलेकाहि
बाकिँ चोला तर्न नसकिने जंघार लाग्छ कहिलेकाहि
आखिर,,,,, जन्मनेहरु सबैले मर्नु त छदै छ एक दिन
मान्छेको स्वभाव देख्दा दिग्दार लाग्छ कहिलेकाही

Sunday, December 13, 2015

केटी खुब कडा रैछ !

महिना मंसिरको छ। सामाजिक सञ्जालभरि छ्यापछ्याप्ती भेटिन्छन् नवविवाहित दम्पतिका फोटा। उसैगरी भेटिन्छन् म्यारिज एनिभर्सरी मनाउने पनि। हिजोआज मलाई फेसबुक खोल्नै मन लाग्दैन। मुहारपुस्तिकाको भित्ताभरि टाँसिएका नव दम्पतिका तस्बिरले आफैंलाई गिज्याएझैं लाग्छ।

एकदिन बेलुकापख आमाले फोन गर्नुभयो। मंसिरे गुनासो पोख्नुभयो। त्यस्ता गुनासा यस अगावै पनि कैयौं पटक स्पर्श गरिसकेका छन् मेरा कानले र गरेका छन् सुने नसुने झैं पनि।

'अस्ट्रेलियाबाट बिहेकै लागि आएको रे। कुलघरानको केटो। घर बुटवल। एक्लो छोरो। दिदी बहिनी २ वटी। घरजम भैसकेका। कुरो आको छ के गर्छेस्?' आमाले एकै श्वासमा भन्नुभयो। मैले उत्तर दिन नपाउँदै थप्नुभो -तैं एउटी छस् अब बाँकी। एउटाको जिम्मा लगाइदिन पाए ढुक्कहुन्थ्यो। हुन त तँ आफै बुझ्नेछस् त्यै पनि आमाको मन हो पिर लाग्दो रैछ। जमाना यस्ता छन् कसैले बात लगाइदिन्छ कि भन्ने डर हुँदो रैछ। तँलाई सम्झिदा सम्झिदै उजेलो हुन्छ कहिलेकाँही। कहिलेकाही सोच्दा सोच्दै अघाउँछु, खान मन लाग्दैन। राम्रो कुरो छ। एकपटक विचार गरेस्।

केहीबेर सन्नाटा छायो। सन्नाटालाई छिचोल्दै बोलें- बुझ्दैमा केही भएन क्यारे। मन परे ब्या गर्नी हो नत्र कसैको कर छैन। एकपटक मसँग कुरा गर्न भन्नु न त।
बालकृष्णले कुरो ल्याका हुन्। उनैलाई तेरो नम्बर दिन्छु। बोल्न जानेकी छस्। म नपढेकीले के सिकाउनुरु त्यैपनि अल्ली नरम भएर कुरा गरेस्-आमाले फोन राख्ने बेलामा भन्नुभयो।
शनिबार छुट्टिको दिन। अबेर उठें। लगभग बिहान ९ बजेको थियो। मोबाइलमा घण्टी बज्यो। यसो नम्बर हेरे ९८४७०९४....।

Sunday, December 6, 2015

२४. कविता : हाकिमहरू श्रम किन्छन् या यौन ?

भित्तामा झुण्डिएको छ
ह्वाइट कलरको ठूलो घडी
जुन घडीले
दश बजाउन चार मिनेट बाकिँ छँदा
बजाउँछन् गार्ड दाइले
कार्यालय सुचारुको घण्टि
टिनिनि.... टिनिनि...

सधैं हस्याङफस्याङ गर्दै
आइपुग्छिन् एउटी अधबैंसे महिला कर्मचारी
सोच्छु–
बिहान उठ्दी हुन्, दैलोकुचो गर्दी हुन्
चिया नास्ता, भात भान्सा सबै सक्दी हुन्
आफू खान्छिन् खादिनन् थाहा छैन
तर भर्खरै चार हातखुट्टाले हिँड्दै गरेको
छोरोलाई खुवाउँदी हुन्
र, आउँदी हुन् हतार हतार कार्यालयतिर

चुपचाप, चुपचाप
एकटकले नियालिरहन्छु
दिनभर जसो निकै व्यस्त रहन्छिन उनी
के मा व्यस्त रहन्छिन्? म बझ्दिन
 पालैपालो घरी मोबाइल घरी कम्प्युटर

Sunday, November 22, 2015

मुक्तक ४१

हास्नको लागी  बहाना  बनाइन्छ  केहि  न केहि
रुनको लागी पनि कारण चाहिन्छ केहि न केहि
बाचुञ्जेल मायाको भिख कती माग्नु साथी ?
मरेपछी समवेदना अवस्य पाइन्छ केहि न केहि

Sunday, November 1, 2015

शरद, "म तिमीलाई प्रेम गर्छु" !!


जिन्दगीले बसन्तहरु थुप्रै पार गर्‍यो तर हरेक बर्ष आउने जाने बसन्तहरु कुन बाटो आए र कुन बाटो हुँदै
फर्किए भनेर कहिल्यै भेउ पाइन मैले । जब बसन्तको स्वागतमा बोट बिरुवाहरुले पालुवा हाल्न थाल्छन् तब लाग्थ्यो अब बसन्तको आगमन हुने बेला भयो । लाग्थ्यो म पनि स्वागत गरु यसपाली तर मेरो मनको ढोकासम्म कहिल्यै आएन उ । अझ उसलाई खोज्दै म जहाँ पुग्थे त्यहाँदेखी भागेर पर जान्थ्यो । जहाँ मैले छुनै सक्दिन । जहाँ म पुग्नै सक्दिन त्यही पुगेर गिज्याउथ्यो मलाई । बिचरी म के गर्न सक्थे र ? टुलुटुलु हेर्थे, गहभरी आशु पार्थे र फरक्क फर्कन्थे ।                                                            

मैले प्रेम नगरेकी होईन, स्वार्थ राखेकी थिइन र थिइन लह लहैमा चाहना राखेको पनि । स्वच्छ हृदयले प्रेम गरे, निस्वार्थी मनले प्राप्तिको अपेक्षा राखे अनि राखे सोचेर बुझेर नजिक हुने चाहना पनि । थाहा छैन - खै के कमी भयो मबाट र टाडियो उ ? थाहा छैन - मैले के भुल गरे र समिप पर्नै चाहदैन उ ? अनि थाहा छैन - मैले कुन नकाम गरे र मेरो हुन मान्दैन उ ?
समय अगाडी बढ्दै गयो म पनि हुर्कदै गए । बढ्दै गए । तर पनि मेरो जिन्दगीमा बालापन देखी पक्षाइरहेको शरद यामले पक्षाउन छोडेको छैन । यही शरद सँगै रमाउन खोज्छु तर उ आफैमा उराठ लाग्दो उजाड छ मेरो उदास जिन्दगीमा हराभरा कसरी ल्याउन सक्दो हो र ? तर बिचरा, निर्दोष थियो उ ।
हामी दुईको बेदना मिल्थ्यो, अभाव मिल्थ्यो, कोपरियका घाउहरुको दर्द मिल्थ्यो र मिल्थ्यो बेमौसमी आशुका ढिकाहरुले गाउने सरगम पनि । आखिर मन मिलेपछी न हो प्रेम हुने । चाहे कुरुप होस्, चाहे कालो होस्, चाहे गोरो होस्, चाहे जस्तो होस् मन मिलेपछी संसारको सबैभन्दा राम्रो र सबैभन्दा सुन्दर उहि लाग्छ भन्छन प्रेमधारिहरु । सायद हो पनि । यदी कसैलाई कसैको सच्चा माया र अटुट साथको खाचो छ भने उसले रुप हेर्दैन, धन दौलत भन्दैन । उसले भन्छ त केबल प्रेमको पुजारी बनु म भन्छ । प्रेमको पुजा गरेरै जिन्दगी काटिदिउ भन्छ । हो यस्तै भन्छ उसले, जसले मनसँग प्रेम गर्छ । जसको जो सँग मन मिल्छ उसैका खातिर ।