Wednesday, March 20, 2013

गजल ९

गजल
मेरो गगन उदास छ आजभोली
भन्दैन किन निराश छ आजभोली

हेरेर छायाँ कैयौ रात ढलेका छन्
म देख्छु जुन हतास छ आजभोली

औसी साचि छ तस्विर छातिमा टास्दा
बेरङ्गिन छाति खास छ आजभोली

वास्ना नफैलिएको पनि निकै भयो
बगैचा भरि पलास छ आजभोली

हराउन खोज्छु तिम्रो सगर भित्र
र त प्रेमिल बतास छ आजभोली

मुक्तक १२


आउनेहरु आउछन पछि फर्किएर जान्छन
२/४ दिन मिठो बोल्छन अनि झर्किएर जान्छन
मेरो मुटु, मेरो धड्कन भन्छन संसार तिमी
खै! के झोक चल्छ अनि आफै तर्किएर जान्छन

मुक्तक ११


पिरति सगरमा हराउन त्यति सजिलो कहाँ छ र
एक्लै बस्ति बसाउन त्यति सजिलो कहाँ छ र
कोहि आउछ सुटुक्क दिलमा हलचल मच्चाउछ
कसैलाइ मन पराउन त्यति सजिलो कहाँ छ र

मुक्तक १०


इतिहास रचेका कथाहरु सुनाउनु हुन्थ्यो आमा
उ त्यो छुनुपर्छ भन्दै जुन देखाउनु हुन्थ्यो आमा
पुर्खाको मान सम्मानमा आँच नपुर्याउनु छोरी
भन्दै मलाई बालापन देखि सिकाउनु हुन्थ्यो आमा

४ . चिनिकाफलको रुख

करेसा छेउको
चिनिकाफलको रुख
देखाउदै आमा भन्नु हुन्थ्यो
"म मरेपछी पनि
यस बोटमा पानी
हाल्न नभुल्नु है"

बाक्लो हुस्सु
मन्द मन्द चलेको
चिसो बतास
अनि,
कठ्याङ्रीदो जाडो
त्यसबेला पनि
पसिनाले
निथ्रुक्क थियो शरिर

बा, घरमा हुनुहुन्न थियो
खर्चको कामले
मेला जानुभा'को थियो
अरुलाई भन्न लाज लाग्यो
यसैको फेदिमा टुक्रुस्स बसे
पिडाले छट्पटिदा छट्पटिदै
यसैको फेदिमा त जन्मिइस

चिनिकाफलको फेदिमा
जन्मिएकी म
त्यसैले होला
उस्तै मिठी छु रे
आमाले भन्नुभा'को