Wednesday, July 31, 2013

९. छिट्टै फर्कने छु म…..!!

अहो !!
कस्तो सपना देखे हिजो …….!!
सिउँदोमा सिन्दुर थियो तिम्रो
छिन् छिन् चुरा बजेका थिए
छम् छम् पाउजु बजेका थिए
अनी रातो गुन्यो चोलिमा सजिएकी थियौ तिमी
आमा, कतै अनर्थ त हुने होइन ??

म डराइरहेछु
सपनी मै चिच्याइरहेछु
आज फेरी अमलाको रुख ढलेको देखे मैले
आमा, तिमीलाई दमले त समातेको छैन नि है ??


यदी त्यो दिन नआइदिएको भए
यतिबेला तिम्रो काखमा नाती नातीना हुँदा हुन्
भाउजु भान्सामा हुदी हुन्
दाजु परदेशमा हुँदा हुन्
र बाबा गोठमा कुँडो,पानी गर्दै हुन्थे होलान्
अनी पिँडिबाटै मलाई अह्राउदी हौ तिमीले -
“कान्छी, एक डोको घास काटेर ल्या है …!!”


कस्तो बिडम्बना,
तिमीलाई ज्वरो आउँदा
पानी पट्टी लगाइदिन पाउदिन मैले
आफ्नै हातले ओखती ख्वाउन पाउदिन मैले
अनी पाउदिन मैले
आखाँको डिल नाघेर गहभरी झरेका
तिम्रा आशुका ढिका पुछिदिन
तर, आमा सुर्ता नगर्नु
म छिट्टै फर्कनेछु
यो उँटहरुको देशबाट
उपहारै उपहारले भरिएको
सुटकेश भिरेर हैन
तिम्रो दमको ओखती लिएर
हो आमा, तिम्रो दमको ओखती लिएर
छिट्टै फर्कने छु म…..!!




आख्यान - सकस



जगदिश घिमिरे र "सकस"
 उसो त २/४ शब्दहहरुको माध्यमबाट जगदिश घिमिरेको लेखन शक्तिलाई बयान गर्न त म सक्दिन तर पनि केबल घिमिरेको आख्यान कृती "सकस" माथी नितान्त व्यक्तिगत विचार अभिव्यक्त गर्न खोजिरहेकी छु यतिबेला ।


झट्ट हेर्दा जगदिश घिमिरेको पर्यावाची सकस र सकस को पर्यावाची जगदिश घिमिरे हुन कि जस्तो लाग्यो मलाई । "सकस" एउटा डायरी हो । शरदको डायरी । यस कृतिभित्र शरद र कुमारी ले मुख्य पात्रको भूमिका निर्वाह गरेका छन । यिनै दुइ पात्रको जिवनको रफ्तार सँग सँगै  लेखकका कलमहरु कुदेका छन ।

मुक्तक २४


तिम्रो तस्बिरले मेरो मन जितेको थाहै भएन
तस्बिर हेर्दा हेर्दै आधा रात बितेको थाहै भएन
प्रेमिल यादहरुले पनि सताइरहन्छन मलाई
कोल्टो फेर्दा फेर्दै सिरानी भिजेको थाहै भएन

गजल २३



किसानिकी छोरी हुँ किसान हुँ म
अधेरी हटाउने बिहान हुँ म

बाझो फोरेर अन्न झुलाउन सक्छु
माटोको लागी अमृत पान हुँ म

म रमाउँछु र त माटो मै खेल्छु
सधै लागिरहन्छ अन्जान हुँ म

मुठी रोपेर मुरी उब्जाउन सक्छु
खै, किन लाग्दैन बलवान हुँ म

उ भन्दै थियो-वाह जमुना तिमी
सोच्दैछु पुर्खाको स्वाभिमान हुँ म

८ . मान्छे


मान्छे हेरेर होइन भोगेर बाच्न सिक
मान्छे खुशीको आनन्द पलमा होइन
दु:खको आशु पिएर बाच्न सिक
मान्छे खुशीको आनन्द पलमा होइन
दु:खको आशु पिएर हेर त -
कैयौ मान्छेहरु कसरी छट्पटिदा रहेछन ……??

भोकले लल्याकलुलुक भएका हात खुट्टा
अनी, आहाराको खोजिमा
सडक-सडक र गल्ली-गल्ली
भौतारिएका भोका पेटहरु -
फुटपाथका प्लास्टिक टिपेर गुजारा गरिरहेछन् ।
राम्ररी नियाल्दै जाउ त –
एकमुठि स्वास घाटिमा राखेर
अर्धमृत अवस्थामा कसरी बाचिरहेछन मान्छे
मान्छे नामकै प्रजातिहरु ……. !!!!

दु:ख, दु:ख, दुख
खाली आफ्नो दु:खलाई पहाड ठान्ने मान्छेहरु
एकपटक त्रीशुली किनारमा पुगेर हेर त –
सुनौलो बिहानीको पर्खाइमा
टोलाईरहेका
आफ्ना दुइ आखाँबाट
तप्प तप्प मोतिका दाना खसालेर
भक्कानो छुटेको मन
र,
छुटेको आशु भेललाई
आफ्नै मनले बाँध लगायर
दु:खको सारङ्गी रेट्दै
बेदनाको गीत गुन्गुनाउँदै
जाडोले थरर काप्दै गरेका हातहरुले
ती बुढी हजुरआमाले
सुस्त सुस्त गिट्टी कुटिरहेकी छिन ।
मान्छे, के यही हो लोकतन्त्र ?
यही हो गणतन्त्र ?
ज्युदै मरेर बाच्नु पर्ने कस्तो शासन हो यो जिन्दगीको ?
मनभरी पिडा बोकेर हास्नु पर्ने
कस्तो लडाइ हो यो जिन्दगीको ?

छी ! सुन्दा पनि घिन लाग्ने
कस्तो कुकृतिमा हुर्कियछौ हगी हामी ….??
आखिर, तिमी पनि त
बुद्ध जन्मिएकै देशमा जन्मिएका थियौ नि होइन ?
यदी होइन भन्छौ भने
नानातरहका प्रमाण पेस गरि
नेपाली नागरिक बन्ने अधिकार छैन तिमीलाई
अह ! छैन ।
कदापी छैन ।

नेपाली तिमी जस्तो १२/२७ कुरौटे होईन ।
तिमी जस्तो विद्रोहि, हिंस्रक र मांसहारी होईन ।
अनी, तिमी जस्तो
आफ्नै परिवारका सदस्यको हत्या गरी
रगत चुसी मासु खाने पण्डित पनि होइन ।

नेपाली त बुद्धका अनुयायी हुन्
बुद्ध जस्तै शान्त रहन्छन्
सहिद जस्तै त्यागी हुन्छन्
तिमी त रावण रहेछौ
जो सुकै होस मार्न नडराउने दानव रहेछौ
यदी होइन भन्छौ भने
भर्खर बाहिर एक्लो सडकको सुनसान रातमा
त्यो निर्दोष बालकको घाटी निमोठ्ने तिमी नै थियौ
मान्छे तिमी नै थियौ ।
हो, मान्छे तिमी नै थियौ ।

रचनागर्व – २०६६/०९/१७