खै ! यो कस्तो जिन्दगी ??
सुत्लो निमोठिएको मकैको बोट जस्तो,
नम्वर च्यात्तिएको कागजको नोट जस्तो,
नफूल्दै किरा लागेको तोरी जस्तो,
अझ भनौ भने -
गाउँ समाजमा हेपीएको कोरी जस्तो - जिन्दगी
खै ! यो कस्तो जिन्दगी ??
सुर्योदय नभएरै ढल्केको घाम जस्तो,
सरकारको काम जस्तो, राजधानीको जाम जस्तो,
स्टेरिङ भाचिएको तर टल्कने कार जस्तो
अझ भनौ भने -
मृत आमाको छातिमा गुञ्जिएको शिशुको गुहार जस्तो - जिन्दगी
खै ! यो कस्तो जिन्दगी ??
सँगै भएर पनि टाढा जस्तो,
अधिकार नपाए पनि हक साझा जस्तो,
ठेगाना मेटिएको चिठ्ठीको खाम जस्तो,
अझ भनौ भने -
बिना लालपुर्जा जमिनमा किसानले लेखेको नाम जस्तो - जिन्दगी
खै ! यो कस्तो जिन्दगी ??
अक्षरका फूलहरु....
( यो एउटा बगैचा हो । अक्षर फूल्ने बगैचा । जहाँ अक्षरहरुको माध्यमद्वारा फुलाउने प्रयत्न गर्नेछु म - थरी थरी फूलहरु । जुन फूलहरु साहित्यका विविध विधाहरुमा सोभायमान रहेका हुनेछन् । )
Saturday, November 11, 2017
Sunday, May 7, 2017
अनौठो शक्ति
माइतीघरबाट अन्मिएको दोस्रो शिशिर पश्चात्
पाएथे मैले आमा हुनुको पहिलो सौभाग्य
जब आफू हजुरबा बनेको खबर सुनेथे ससुराले
तब खुम्च्याएथे ननिको गरि नाक
र, बनाएथे चुक जस्तै अनुहार
बुझ्दैछु -
परिवारको खुशीको अगाडि हाम्रो खुशी फिक्का रहेछ ।
उसैगरि, दोस्रो शिशिर आइपुग्दा नपुग्दै
बनेथिन् मेरी सासू दोस्रो सन्तानकी हजुरआमा
हजुरअामा बनेको खबर कानमा पर्दा नपर्दै
गुजुमुज्ज परेकोथ्यो सासुको निधार
र, परेकोथ्यो उस्तै गुजुमुज्ज मन
बुझ्दैछु -
अरुको मन खुसाउदा खुसाउदै बिर्सने रहेछौ हामी आफै हास्न ।
दोष न मेरो थियो न मेरा अबोध सन्तानको
तर, नबुझेझै गरि भन्नुभो श्रीमानले -
सुनिस् अब जाचेर सन्तान जन्माउनु पर्छ ।
मैले नसुनेझै गरेर भने -
सुन्नुभो हजुर, दुई सन्तान भैगए अब नियोजन गरौ ।
उहाँले नसुने झै नै गर्नुभो र निस्कनु फुत्त बाहिर
जानुभो तर थाहा छैन कहाँ जानुभो ?
न थाहा छ पुग्नु भो कहाँसम्म ?
बुझ्दैछु -
अरुमा सपर्पित हुदा हुदै सिद्दिने रहेछ हाम्रो जिन्दगी ।
जब दुई रातपछि घर फिरेका
लोग्नेका सुरुवालमा देखे अालो टाटो
तब, भुलेर दुई सन्तानको भविष्य
बिर्सिएर ज्यानको माया
थाती राखेर मनोकांक्षाहरु
हठात मलाई गर्भवती हुने मन भयो
बुझ्दैछु -
हाम्रा लागि सबैभन्दा ठुलो शिरको सिन्दुर रहेछ ।
ठुली छोरी बायाँ हातमा
सानी छोरी दायाँ हातमा
दुबै छोरीका स्कुले ब्याग दुई काधमा
अनि, मजेत्रोले छोपेर हिडेकीछु पुटुस्स उठेको पेट
थाहा छैन मजेत्रो छोपेको यो
जिन्दगीले दिन नसकेको खुशीको पोको हो ?
या हो भरोसाको पहाड ?
बुझ्दैछु -
हामी आफ्ना लागि कम र अरुका लागि बढी बाच्ने रहेछौ ।
हरेक बिहान स्कुलको गेट अगाडी उभिएर
कक्षाकोठाभित्र छिर्दै गरेका
फूल जस्ता छोरीहरुलाई देखेसी
बिना समाधानका तर्कनाहरु खेल्छन् मनमा -
एउटै छोराले बोकेर हिड्न सक्छ परिवारको खुशी
तर दुई छोरीले धान्न सक्दैनन् किन ??
अह ! बुझिन मैले -
साच्चै, छोराहरुमा के छ त्यस्तो अनौठो शक्ति
जुन छोरीहरुले बोध गर्न सकेनन् अाजसम्म पनि
र, परिरहे पछाडि सधै
पाएथे मैले आमा हुनुको पहिलो सौभाग्य
जब आफू हजुरबा बनेको खबर सुनेथे ससुराले
तब खुम्च्याएथे ननिको गरि नाक
र, बनाएथे चुक जस्तै अनुहार
बुझ्दैछु -
परिवारको खुशीको अगाडि हाम्रो खुशी फिक्का रहेछ ।
उसैगरि, दोस्रो शिशिर आइपुग्दा नपुग्दै
बनेथिन् मेरी सासू दोस्रो सन्तानकी हजुरआमा
हजुरअामा बनेको खबर कानमा पर्दा नपर्दै
गुजुमुज्ज परेकोथ्यो सासुको निधार
र, परेकोथ्यो उस्तै गुजुमुज्ज मन
बुझ्दैछु -
अरुको मन खुसाउदा खुसाउदै बिर्सने रहेछौ हामी आफै हास्न ।
दोष न मेरो थियो न मेरा अबोध सन्तानको
तर, नबुझेझै गरि भन्नुभो श्रीमानले -
सुनिस् अब जाचेर सन्तान जन्माउनु पर्छ ।
मैले नसुनेझै गरेर भने -
सुन्नुभो हजुर, दुई सन्तान भैगए अब नियोजन गरौ ।
उहाँले नसुने झै नै गर्नुभो र निस्कनु फुत्त बाहिर
जानुभो तर थाहा छैन कहाँ जानुभो ?
न थाहा छ पुग्नु भो कहाँसम्म ?
बुझ्दैछु -
अरुमा सपर्पित हुदा हुदै सिद्दिने रहेछ हाम्रो जिन्दगी ।
जब दुई रातपछि घर फिरेका
लोग्नेका सुरुवालमा देखे अालो टाटो
तब, भुलेर दुई सन्तानको भविष्य
बिर्सिएर ज्यानको माया
थाती राखेर मनोकांक्षाहरु
हठात मलाई गर्भवती हुने मन भयो
बुझ्दैछु -
हाम्रा लागि सबैभन्दा ठुलो शिरको सिन्दुर रहेछ ।
ठुली छोरी बायाँ हातमा
सानी छोरी दायाँ हातमा
दुबै छोरीका स्कुले ब्याग दुई काधमा
अनि, मजेत्रोले छोपेर हिडेकीछु पुटुस्स उठेको पेट
थाहा छैन मजेत्रो छोपेको यो
जिन्दगीले दिन नसकेको खुशीको पोको हो ?
या हो भरोसाको पहाड ?
बुझ्दैछु -
हामी आफ्ना लागि कम र अरुका लागि बढी बाच्ने रहेछौ ।
हरेक बिहान स्कुलको गेट अगाडी उभिएर
कक्षाकोठाभित्र छिर्दै गरेका
फूल जस्ता छोरीहरुलाई देखेसी
बिना समाधानका तर्कनाहरु खेल्छन् मनमा -
एउटै छोराले बोकेर हिड्न सक्छ परिवारको खुशी
तर दुई छोरीले धान्न सक्दैनन् किन ??
अह ! बुझिन मैले -
साच्चै, छोराहरुमा के छ त्यस्तो अनौठो शक्ति
जुन छोरीहरुले बोध गर्न सकेनन् अाजसम्म पनि
र, परिरहे पछाडि सधै
Monday, April 24, 2017
कविता : रहे पो पृथ्वी बाचौला हामी
( विश्व अर्थ आवर अवसरमा सिर्जित कविता )
तिमी बिना न मेरो अस्तित्व छ
न म बिना तिम्रो अौचित्य छ
हामी एउटै कागजका दुई पाना हौ
तिम्रो जगेर्ना मेरो कर्तव्य
मेरो संरक्षण तिम्रो दायित्व
त्यसैले त,
जमिन, जंगल, जल, वायु इक्वल टु पृथ्वी
पृथ्वी इक्वल टु वातावरण
वातावरण इक्वल टु मानिस
पुर्ण वेवास्ताका साथ, वेविचारका साथ
रछ्यान पल्तिर गोप्य वस्त्रलाई आँखा चिम्लेर मिल्काएझै
एकआपसका अन्तरनिहित
सम्बन्धहरुलाई उ पर हुत्याएर
गड्याङगुडुङको सन्त्रास्तमा
अन्धो हुण्डरीबाट बचाउन
एक जोडी परेवाले छोपेझै आफ्ना चल्लाहरु
छपक्क छोपेर अात्मघाती व्यवस्था
हालेझै गरेर आफ्नै आँखामा छारो
वातावरण, वातावरणीय सम्पदा
जैव, जैविक विविधता
प्रकृति, प्राकृतिय सुन्दरता
समाज, सामाजिक विनम्रता
अनि प्रजातीय संशाधनलाई बेवास्ता गरि
हामी आफ्नै खुट्टामा बञ्चरो हानिरहेछौ
र बढाइरहेछौ जिवनका चुनौतीहरु
या घटाइरहेछौ अायु ??
बिशेषत लोकतन्त्रको खोल ओढेर
पुजीवादी व्यवस्थाको पुच्छर समात्दै
जीवन विरोधी, समाज विरोधी र भविष्य विरोधी
उपभोगवादी, मुनाफाखोर र लालची व्यवस्थापनको
पछिपछि दगुर्ने हामी
सोचेनौ , सोच्दैनौ पनि
तर अबुझ बनेर गरिरहन्छौ प्रश्न -
यो जलवायु परिवर्तन किन ??
भूमण्डलीय तापक्रमको वृद्धि किन ??
यतिविघ्न वायु प्रदुषण किन ??
किन दिनानुदिन घटिरहेछ कृषि उत्पादन ??
किन फेरिइरहेछ फल्ने, फूल्ने, पाक्ने याम ??
किन बढ्दैछ ब्याक्टेरियाको सङ्क्रमण ??
किन बढ्दैछ प्राकृतिय विनाश ??
अनि किन बढीरहेछ अापसमा अमानवियकरण ??
परिणामत: जसले लोक हैन
आफ्नै, हाम्रै सबथोक खोसिरहेछ एकएक गरि
भलै, नबुझे पनि नजाने पनि
महसुस जरुर गर्न सक्छौ हामी
हिजोकोभन्दा आजको जीवन चक्रले
सामना गर्दै गइरहेको - संकटको स्थिति
बढ्दै गइरहेको - वाधा व्यवधानको स्थिति
अनि महसुस गर्न सक्छौ हामी - प्रकोपको स्थिति
स्यार्र कोरेर फालेको एक काटी सलाई हो
तर उसैले जलाउने सामर्थ्य बोकेर हिड्छ दुनियाँ
उसै, गरेको गल्ती सानो हो
तर परिणाम निम्तिन्छ अकल्पनीय
र, पारिदिन्छ संकटमा जीवन
अन्ततोगत्वा पुर्याउछ पारिस्थितिक प्रणालीमै खलल
यसर्थ , सोचेर बेलैमा, दिएर तनमन
लगाएर जिउज्यान, बढाउँ पाइला अगाडि
जसको लागि ढक्ढक्याउनुछ सरकारी नितिको ढोका
बढाउनुछ विद्युतिय सर्वसुलभता
त्यसपछि अाफसेआफ हुनेछ दाउराको उपभोग कम
तत्पश्चात स्वत: कम कार्बनडाईअक्साइडको उत्पत्ति
र स्वत: न्युनिकरण हरितग्यासको उत्पादन
हामी पर्खिरहेछौ समय
समयले पर्खिरहेछ घाम
अब हुन्न यसैगरि खुम्चिएर हामी
उठौ, पहल थालौ -
रोकौ - वनजंगलको विनास
रोकौ - खनिजजन्य इन्धनको अधिकतम उपयोग
र, रोकौ - अौधोगीकीय प्रदुषण विस्तारै - विस्तारै
रहे पो पृथ्वी , रहला वातावरण
भए पो वातावरण , बाचौला हामी
तिमी बिना न मेरो अस्तित्व छ
न म बिना तिम्रो अौचित्य छ
हामी एउटै कागजका दुई पाना हौ
तिम्रो जगेर्ना मेरो कर्तव्य
मेरो संरक्षण तिम्रो दायित्व
त्यसैले त,
जमिन, जंगल, जल, वायु इक्वल टु पृथ्वी
पृथ्वी इक्वल टु वातावरण
वातावरण इक्वल टु मानिस
पुर्ण वेवास्ताका साथ, वेविचारका साथ
रछ्यान पल्तिर गोप्य वस्त्रलाई आँखा चिम्लेर मिल्काएझै
एकआपसका अन्तरनिहित
सम्बन्धहरुलाई उ पर हुत्याएर
गड्याङगुडुङको सन्त्रास्तमा
अन्धो हुण्डरीबाट बचाउन
एक जोडी परेवाले छोपेझै आफ्ना चल्लाहरु
छपक्क छोपेर अात्मघाती व्यवस्था
हालेझै गरेर आफ्नै आँखामा छारो
वातावरण, वातावरणीय सम्पदा
जैव, जैविक विविधता
प्रकृति, प्राकृतिय सुन्दरता
समाज, सामाजिक विनम्रता
अनि प्रजातीय संशाधनलाई बेवास्ता गरि
हामी आफ्नै खुट्टामा बञ्चरो हानिरहेछौ
र बढाइरहेछौ जिवनका चुनौतीहरु
या घटाइरहेछौ अायु ??
बिशेषत लोकतन्त्रको खोल ओढेर
पुजीवादी व्यवस्थाको पुच्छर समात्दै
जीवन विरोधी, समाज विरोधी र भविष्य विरोधी
उपभोगवादी, मुनाफाखोर र लालची व्यवस्थापनको
पछिपछि दगुर्ने हामी
सोचेनौ , सोच्दैनौ पनि
तर अबुझ बनेर गरिरहन्छौ प्रश्न -
यो जलवायु परिवर्तन किन ??
भूमण्डलीय तापक्रमको वृद्धि किन ??
यतिविघ्न वायु प्रदुषण किन ??
किन दिनानुदिन घटिरहेछ कृषि उत्पादन ??
किन फेरिइरहेछ फल्ने, फूल्ने, पाक्ने याम ??
किन बढ्दैछ ब्याक्टेरियाको सङ्क्रमण ??
किन बढ्दैछ प्राकृतिय विनाश ??
अनि किन बढीरहेछ अापसमा अमानवियकरण ??
परिणामत: जसले लोक हैन
आफ्नै, हाम्रै सबथोक खोसिरहेछ एकएक गरि
भलै, नबुझे पनि नजाने पनि
महसुस जरुर गर्न सक्छौ हामी
हिजोकोभन्दा आजको जीवन चक्रले
सामना गर्दै गइरहेको - संकटको स्थिति
बढ्दै गइरहेको - वाधा व्यवधानको स्थिति
अनि महसुस गर्न सक्छौ हामी - प्रकोपको स्थिति
स्यार्र कोरेर फालेको एक काटी सलाई हो
तर उसैले जलाउने सामर्थ्य बोकेर हिड्छ दुनियाँ
उसै, गरेको गल्ती सानो हो
तर परिणाम निम्तिन्छ अकल्पनीय
र, पारिदिन्छ संकटमा जीवन
अन्ततोगत्वा पुर्याउछ पारिस्थितिक प्रणालीमै खलल
यसर्थ , सोचेर बेलैमा, दिएर तनमन
लगाएर जिउज्यान, बढाउँ पाइला अगाडि
जसको लागि ढक्ढक्याउनुछ सरकारी नितिको ढोका
बढाउनुछ विद्युतिय सर्वसुलभता
त्यसपछि अाफसेआफ हुनेछ दाउराको उपभोग कम
तत्पश्चात स्वत: कम कार्बनडाईअक्साइडको उत्पत्ति
र स्वत: न्युनिकरण हरितग्यासको उत्पादन
हामी पर्खिरहेछौ समय
समयले पर्खिरहेछ घाम
अब हुन्न यसैगरि खुम्चिएर हामी
उठौ, पहल थालौ -
रोकौ - वनजंगलको विनास
रोकौ - खनिजजन्य इन्धनको अधिकतम उपयोग
र, रोकौ - अौधोगीकीय प्रदुषण विस्तारै - विस्तारै
रहे पो पृथ्वी , रहला वातावरण
भए पो वातावरण , बाचौला हामी
Wednesday, March 15, 2017
मुक्तक ५०
१.
भन के गर्छौ पाउँमा शरण परे भने म
तिम्रै यादमा तड्पी तड्पी मरे भने म
लासमाथि चढाइदिनु एक थुङ्गो फूल
यदि , नसकेरै अात्महत्या गरे भने म
२.
तिम्लाई पो हासीखुशी अनि रमाइलो होला त्यहाँ
हुनुपर्नेभन्दा बेहद रुपमा मैलाई छ'नि पीडा यहाँ
बनायौ तस्बिर छोएर रुने,नपरोस् दुख्न तिम्लाई
यहि चाहान्छु म त --- तिमी जहाँ भए'नि म जहाँ
३.
तिमीले देखेका एकएक बैध सपना पनि मिठा
तिमीले देखेका हरेक अबैध विपना पनि मिठा
आफ्नो हुदाँ प्यारो, पराईको भएसी झनै प्यारो
प्यारो मान्छेका यौवना मिठा,बचपना पनि मिठा
४.
मलाई डाह हुन्छ-घुरेर तिम्लाई एकोहोरो कसैले हेर्यो भने
मलाई अझै डाह हुन्छ -- नजिकै कोहि बसेको देख्यो भने
म चाहान्छु - छाइरहनु यी आँखामा र बसिरहनु साथै सधै
नत्र , अौडाहा हुन्छ लुकिछिपी कसैले तिम्लाई भेट्यो भने
भन के गर्छौ पाउँमा शरण परे भने म
तिम्रै यादमा तड्पी तड्पी मरे भने म
लासमाथि चढाइदिनु एक थुङ्गो फूल
यदि , नसकेरै अात्महत्या गरे भने म
२.
तिम्लाई पो हासीखुशी अनि रमाइलो होला त्यहाँ
हुनुपर्नेभन्दा बेहद रुपमा मैलाई छ'नि पीडा यहाँ
बनायौ तस्बिर छोएर रुने,नपरोस् दुख्न तिम्लाई
यहि चाहान्छु म त --- तिमी जहाँ भए'नि म जहाँ
३.
तिमीले देखेका एकएक बैध सपना पनि मिठा
तिमीले देखेका हरेक अबैध विपना पनि मिठा
आफ्नो हुदाँ प्यारो, पराईको भएसी झनै प्यारो
प्यारो मान्छेका यौवना मिठा,बचपना पनि मिठा
४.
मलाई डाह हुन्छ-घुरेर तिम्लाई एकोहोरो कसैले हेर्यो भने
मलाई अझै डाह हुन्छ -- नजिकै कोहि बसेको देख्यो भने
म चाहान्छु - छाइरहनु यी आँखामा र बसिरहनु साथै सधै
नत्र , अौडाहा हुन्छ लुकिछिपी कसैले तिम्लाई भेट्यो भने
Wednesday, March 8, 2017
मुक्तक ४९
भन के गर्छौ पाउँमा शरण परे भने म
तिम्रै यादमा तड्पी तड्पी मरे भने म
लासमाथि चढाइदिनु एक थुङ्गो फूल
यदि , नसकेरै अात्महत्या गरे भने म
तिम्रै यादमा तड्पी तड्पी मरे भने म
लासमाथि चढाइदिनु एक थुङ्गो फूल
यदि , नसकेरै अात्महत्या गरे भने म
Subscribe to:
Posts (Atom)