Saturday, December 13, 2014

गजल ४८

जिन्दगीको हिसाब बिग्रीएपछी तनाबमा छु प्रिय
हो, अचेल आफ्नै सपनाहरुको दबाबमा छु प्रिय


पल्पल् छट्पटिन्छु दिनहुँ तड्पिन्छु वर्षिन्छु कतीकति
झन् उसैमाथी तिम्रा यादहरुको सराबमा छु प्रिय


तिम्रो तस्बिर छातिमा टासिदिन्छु र पोखिदिन्छु पिडा
बताउ म कसरी ?? चोटहरुको बहाबमा छु प्रिय

त्यही एउटा सपना छ जहाँ तिम्लाई भेट्न सक्छु म
अनिदा यि आँखाहरु निदाउने लगाबमा छु प्रिय

चाहान्न - दुनियाले मेरो मुहार पढोस् र कठै ! भनोस्
त्यसैले अधरका भावहरुको बद्लाबमा छु प्रिय