Monday, May 27, 2013

७. त्यतिबेला म १५ दिनकी हुदी हुँ ….. !!!



वर्षायामको खडेरिले
धाजा फाटेका खेतहरु झैं
पट्ट-पट्ट फुटेका
मेरी आमाका कुर्कुच्चाहरु
अनि,
तप्प तप्प चुहिएका
रगतका थोपाहरु
कठै ! ठेस लाग्दा कती अमिलो हुदो हो मन …… !!

मध्यान्हको चर्को घाम
तातो तातो ज्वानोको रस
पिउने आशामा
पटुकिले ढाकेको भोको पेट
सकी नसकि
असिन पसिन हुँदै
मेरी आमाले पिठ्युमा बोकेको
बडेमानको घासको भारि
या त दु:खको भारी ?

गरीबिको रापले
दन्दनि बलेको थियो
मेरी आमाको मन
तर,
दिनहुँ जसो पुत्ताउथे
चिसा खयरका दाउराहरु
आमाले नठोसेर हो
या त आमालाई नटेरेर हो ?
लामो स्वासले फुँ-फुँ गर्दा
आधा स्वास निख्रीए झै हुदो हो
अनि, हुदो हो
काखकी नानी नहुर्किदै
भगवानको प्यारो हुन्छु कि झै
कहिले काही त
हुन पाए पनि हुदो हो झै लाग्दो हो …… !!

चिल्लो चाप्लो, माछामासु, …………
गन्ध सम्म पनि परेन रे
मेरी आमाको नाकमा
अनी, आतँ कहाँबाट भरिन्थ्यो ?
मेथी झ्वाइँ पारेको तेल
न तालुले महसुस  गर्‍यो 
न त मेरा अन्य अंगहरुले नै
उसैमाथी
एकछिन चुस्न नपाउदै
आमाको छाती रितीन्थ्यो
मलाई न अघाए झै हुदो हो
त्यसपछी म रुदी हुँ
उताको भोको पेट
यताको रुवाइ
कठै ! कती झिज्याहट लाग्दो हो …. !!

हरेक दिन जसो
उही थालमा भात पस्कन्थिन
थालको बिटमा नुन राख्थिन
आखाँबाट तप्प तप्प
आशुका ढिका खसाल्थिन
अनी त्यही आशुले भात मुसेर
बिटको नुन चाड्दै
भोक मेटाउथिन मेरी आमा ….. !!

अगेनापारी सुतेकी म
टुलुटुलु हेर्थे
घरी देखे झै गरी हेर्थे
घरी नदेखे झै गरी हेर्थे
बस् हेरिरहन्थे
केहि बोल्दिन थिए ।
अनी म बोलु कसरी ?
मेरी आमाको आलो सुत्केरी घाउ चाहर्याउदा
म केबल १५ दिनकी हुदी हुँ …..  !!
बस् १५ दिनकी मात्र …… !!



Wednesday, May 22, 2013

गजल २१



 
असिना झै भाग्यले नै चुटेर गयो
आफ्नै मुटु आफैसङ्ग छुटेर गयो

हरेक रात हेरिबस्थे अधेरिमा
अनायासै मेरो जून टुटेर गयो

हरपल तिम्रै समिप हुन्छु भन्थ्यो
अगेनामा राखी मन भुटेर गयो

खोसियो या पोखिय आफै ?
सिसासरि झर्याम झुरुम फुटेर गयो

Wednesday, May 8, 2013

गजल २०

आफ्नो मान्छे आफैसङ्ग टाडियोस, रहर कसलाई हुन्छ ?
शिरमाथीको सिन्दुर बाडियोस, रहर कसलाई हुन्छ ?

नारी धरती हो सहन सक्छे दु:ख,पिडा,दर्दहरु सबै
नारिबाटै जिवन उजाडियोस, रहर कसलाई हुन्छ ?

आइपरे जती व्यहोर्न तयार हुन्छिन् उनि सौता बाहेक
उ आओस, घरबार भाडियोस, रहर कसलाई हुन्छ ?

जानाजान नै खोसी दिन्छन किन नारिले नै नारिको खुशी
ओठभरिको मुस्कान फाडियोस, रहर कसलाई हुन्छ ?

जहाँन,बच्चा,घर परिवार केहि वास्तै नगरेर बस्यो
पर नारिसङ्ग लोग्ने नाडियोस, रहर कसलाई हुन्छ ?

Thursday, May 2, 2013

गजलका थुँगाहरु श्रृंखला– ७ (हास्यव्याङ्य विशेष, हास्यकालाकार सुरज भिरखैरेको साथमा )

दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट सुन्न र डाउनलोड गर्न सकिने
कार्यक्रम:- "गजलका थुँगाहरु" 
अर्जुन पौडेलको परिकल्पनामा 

गजलका थुँगाहरु श्रृंखला– ७ (हास्यव्याङ्य विशेष, हास्यकालाकार सुरज भिरखैरेको साथमा )  
मितिः– 2070।1।20 Firday  Facebook Page

गजलका थुँगाहरु श्रृंखला– ७ (हास्यव्याङ्य विशेष, हास्यकालाकार सुरज भिरखैरेको साथमा )  नमस्कार साथीहरु, आज मिति २०७०।१।९ गते सोमवार  हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम  विशेष लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न 25 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरु लिएर कार्यक्रम प्रस्तोता उपस्थित हास्यकालाकार सुरज भिरखैरेको हुनुभैक्नुभएको छ ।

कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु ।
Listen & Download 


 Download Here

Wednesday, May 1, 2013

गजल १९


गासिएको मन टुटाएर, टुट्छ त्यसै कहाँ
झर्याम झुरुम फुटाएर, फुट्छ त्यसै कहाँ

चाहे आओस आँधि तुफान, चाहे यो दुनिया
मन मिलेपछि छुटायर, छुट्छ त्यसै कहाँ

तिम्रै नामले म बदनामी, भए पनि यहाँ
पिरतीको कुवा सुकायर, सुक्छ त्यसै कहाँ

तिम्रो यादले पागल गरायो, र त रुन्थे एक्लै
पिडा यो मनको लुकायर, लुक्छ त्यसै कहाँ

डाह गर्यो समयले मेरो, प्रेम कहानीमा
दुख्यो छाती नत्र दुखायर, दुख्छ त्यसै कहाँ

गजल १८


सबुत प्रमाण बोकी,प्रेमको अदालतमा छु म
जितै जित भन्छन् सबै,हारको वकालतमा छु म

पुर्वको सिमाना देखि,निवेदन परेछ जहिले
हत्कडी लाग्यो हातमा,प्रहरी हिरासतमा छु म

नाम फुकिएछ मेरो,भेट्नेलाई उपहार पनि
पिरती लिफाफाभित्र,कैदीको हिफाजतमा छु म

कट्घरामा उभाइयो,निसङ्कोच उभिए म पनि
गिता छोएर भन्दैछु,सच्चाई इजाजतमा छु म

मेधावी बन्न पुगेछु,कानुनी इजलासका सामु
हारेर जित भयो,अनौठो हविगतमा छु म