Wednesday, December 25, 2013

मुक्तक ३०

म आफैलाई थाहा छैन कहाँ, के खोजिरहेकी छु
तर,यत्ती थाहा छ मुटुभरी पिडा बोकिरहेकी छु
मलाई मात्र रुझाउन झरी परिरहन्छ हरेक साझ
खै ! किन परिरहेछ यो झरी म सोचिरहेकी छु

Wednesday, December 18, 2013

१६. यस्तै जिन्दगी भोगिरहेछु म …..!!!


जग्यमा बसेकी नवविवाहित दुलही झै
सपनाको रङ्गिन घुम्टो ओढेर
प्रतिक्षाको आतुर मन
गोरेटोभरी ओछ्याउदै
धमिला यि आखाँहरुले
केहि खोजिरहेछन्
सायद, जिवनको उज्यालो रङ
खोजिरहेछन्
क्याटबरी ओठबाट
अपहरित मुस्कानका बाछिटाहरु …. !!!

Tuesday, December 17, 2013

१५. मेरो शुभकामना



भन्नेहरुले –
“जती सुकै प्रतिशतका कुरा किन नगरुन
तर हामी छोरिको जिवन भनेको
हारेको जुनि हो …. !!!”

कस्तो बनायो दैवले नियम पनि -
पराई मान्छेलाई आफ्नो सम्झेर
जन्मदिने घर परिवार छोडेर
आफ्ना रहरहरुसँग सम्झौता गरेर
उही पराईका खुशीहरुलाई
आफ्नो खुशी सम्झेर
रमाउने पर्ने रे हामि
अनि बिताउने पर्ने रे जिवन…. !!!

हो साथी नियम यस्तै छ
यो नियम न हामिले फेर्न सक्छौ
न त नाघेर हिड्न नै
केबल सक्छौ हामि
त्यही घेरा भित्र बेरिएर बस्न
र सक्छौ सकी नसकी भए पनि
बस्नु पर्ने बाध्यतालाई झेल्न …. !!!

आखाँभरी छचल्किएको आशुलाई
आखाँको डिलले अडाइराख्नु
र खस्न नदिनु पराइको सामु
बरु मुसुक्क मुस्काई दिनु
ओठभरी मुस्कानी फुलहरु छरेर … !!!

मनको पिडालाई मनैमा लुकाएर राख्नु
र हरहमेसा फिजाउनु पराइको सामु
खुशीका लहरहरु… !!!

भन्छन -
मुटुभरी पिडा जती भए पनि
पराई घरलाई खुशी दिनु नै
वैवहिक जिवन सफल हुनु हो रे…. !!!

त्यसैले साथी,
मुटुको चोटलाई मुटुभित्रै दबाएर
पराई मान्छे र पराई घरलाई
खुशी दिनु मेरो शुभकामना
अनी लाखौ लाख शुभकामना
तिम्रो वैवाहिक जिवन सफल होस… !!!

गजल ३१




खै! किन फल्दै गरेको बोट ढलाएर गयौ
बोट ढलायौ र बाकिँ जरा हल्लाएर गयौ

आशु पिएर भएपनी ज्युदो बाचेकी थिए
स्वास छदै चिता चढायौ र जलाएर गयौ

रातमा जून थियो दिनमा एक्लै रमाउथे
शान्त थियो मन आयौ र चलायर गयौ

रहरहरु सपनी सँगै सजाएर राख्थे
सपनिमै आयौ र मलाई छलाएर गयौ

प्रेम बाटिकामा प्रेम पुष्प फुलाएर राखे
फूल निमोठ्यौ र स्वार्थी फल फलाएर गयौ

गजल ३०



नाफा नोक्सानको हिसाब गरेर गयो उ
घाटा परेर होला, डेरा सरेर गयो उ

पक्कै पनि उस्ले प्यार गरेको हुनुपर्छ
हैन भने मनमा चोट परेर गयो उ

सायद, प्रियसिको चेहरा देख्नै मन छैन्
त्यसैले त सात समुन्द्र तरेर गयो उ

निष्टुरिले दिएको चोट बिर्सन कै लागि
मुटुभरी आमाको माया भरेर गयो उ

जतन साथ राखेका ति प्रेम पत्रहरु
कुल्च्यो,च्यात्यो र बाटोभरी छरेर गयो उ