Wednesday, August 28, 2013

मुक्तक २५

सुचना सुचना सुचना जरुरी सुचना छ हजुर
बिर्सी जाने निष्ठुरिलाई सम्झना छ हजुर
चोखो जवानिको पुरापुर ख्याल गर्न सक्ने
सुरक्षागार्डको आवश्यकता एक जना छ हजुर

गजल २४



साच्चै फुलफुल ठोक्कियो भने के हुन्छ होला ?
मुटुको धड्कन रोक्कियो भने के हुन्छ होला ?

भमरा फुलको पनि झगडा हुन्छ यहाँ
जून आकाश झोक्कियो भने के हुन्छ होला ?

रविन्स मार्सलको विनिमय सिद्दान्तमा
गुलाफको मुल्य तोक्कियो भने के हुन्छ होला ?

अचम्म , यादले अघाए भन्छन मान्छेहरु
मदिरा झै याद धोक्कियो भने के हुन्छ होला ?

दाल भात झै प्यार खान मिल्छ हजुर ?
ऐया खादा जिब्रो टोक्कियो भने के हुन्छ होला ?

Thursday, August 22, 2013

शोककाव्य - अश्रुधारा



चुडामणी ओलिको शोककाव्य "अश्रुधारा"
  


मान्छे कोही पनि अजम्बरि हुँदैन । जन्मेपछी सबैले मर्नैपर्छ । आखिर यो प्राकृतिक रित नै हो । हामी सबैले यसलाई आत्मसाथ गर्नैपर्छ । नगरि सुखै छैन । यस नियमलाई उलङ्घन गरेर न कोही हिजो हिड्न सक्यो न आज हिड्न सकेको छ न त भोली नै हिड्न सक्नेछ । बस यो यसरि नै चलिरहन्छ । निरन्तर चलिरहन्छ र हामि पनि उसरी नै त्यही नियममा बाधिएर चाहे पनि नचाहे पनि चलिरहनुपर्छ । जब जो कोही मान्छेमा पनि खुशीको बहार आउछ तब यो सारा संसार स्वर्ग सरह लाग्छ अनि दुनिया नै उज्यालो देखिन्छ तर जब दु:खमा पिल्सिन्छ मान्छे, आशुमा डुबुल्की मार्छ मान्छे अनि पिडा र चोटले छट्पटिन्छ मान्छे तब जस्तै झिलिमिली बस्ती भएको शहर पनि अध्यारो लाग्छ । जून हराएको रात जस्तै । ज्योती बिनाको बत्ती जस्तै ।
शोक यसै पनि पिडादायी हुन्छ । त्यसलाई सहनु त्यती सजिलो हुँदैन । सामान्य मान्छेले रोएर, कराएर पिडा पोख्छ र मनलाई भुलाउने प्रयास गर्छ तर सृजनसिल कविको भावुक मन भने त्यतिले मात्र सन्तुष्ट नहुदो रहेछ । उ आफ्नो शोकलाई सृजनामा उतारेर सामान्यिकरण गर्ने र मनलाई शान्ती दिलाउने प्रयास गर्दछ । यसो गर्दा जसको शोकमा लेखिएको हो उसैको स्मृती चिर स्थाइ बन्छ ।
यस शोक काव्यका रचयिता "चुडामणी ओलि" ले पनि यस्तै प्रयास गर्नु भएको छ । उहाँले आफ्नो व्यक्तिगत शोकलाई व्यक्तिगत मात्र नभएर काव्यात्मक शोकका रुपमा काव्यको माध्यम व्दारा सार्वजनिक शोक बनाउनु भएको छ । सत्सठ्ठी वर्षको प्रौढावस्थामा पत्नी वियोग हुनु कम पिडादायी कुरा होइन । आफ्नि जिवन संगिनिको असामयिक निधनले मर्माहत बनाएको यस घडिमा उहाँले आत्माको चिरशान्तिको कामना सहित आफ्नो पिडालाई यस काव्यमा सम्मिलित गर्नु भएको छ । आफ्नि अनपढ जिवन संगिनिको सम्झना रचनाकारले यसरि शब्द उतार्नु भएको छ :-

त्यस्तो आपसको परीस्थिती हुँदा पढ्ने कुरै जानिनौ
बच्चा जन्म दिने बनी मिसिन नै चल्थ्यौ दुखै मानिनौ

जानेकी त थियौ यिनै सब कुरा आफु तिमीले पनि
देउ माफ सखे सबै कसुरमा आफ्नै सखा हो भनि

यस शोक काव्य पढ्दा पाठक स्वयम शोकार्द्र बन्छ र कवी प्रती सहानुभुतिको भावना पनि जागृत हुन्छ । यही नै यस काव्यको सफलता सम्झन्छु म । मुटुको रोगले शिथिल बनेकी आफ्नि प्रीय जिवन संगिनिले यो संसार छाडेर जाने बेलाको दु:खद समयलाई यस काव्यमा यसरि उतारिएको छ :-


केहि बेर वित्यो अतालिन पुगिन भो छट्पटी बेस्सरि
हेर्दै मैतिर नै गुहार उनको होला भने झै गरि

आखाँ नाक समेत दीपक बली झ्याप्पै निभे झै गरि
खुम्च्याएर झिपिक्क आकृती भयो प्राणान्त त्यै घरि

उसै गरी आफ्नि संगिनिलाई अन्तिम श्रद्दान्जली दिने क्रममा कवी शब्दव्दारा यसरि पोखिनु भएको छ :-

मैले नुतन वस्त्र जो अघी दिए त्यो सोह्र शृङ्गार हो
सेतो नुतन वस्त्र जो किनिदिए कात्रो बन्यो बस्त्र यो

पुजामा पहिले नयाँ किनिदिए त्यो पन्चपात्रो थियो
त्यै पात्रो प्रीय छेउ अर्पण गरे खोटो टिलो भैदियो

धार्नी सात रुइ कसेर डसना ओछ्याउदा भन्दथ्यौ
यो गाठो छ बिझाउने म कसरी सुत्ने तिमी कन्दथ्यौ

डोला काठ कसेर चाङ यसमै राखेर छोपे पनि
के ऐया पनि भन्दिनौ चुप बस्यौ त्यै खात शोलामुनि

आगो साथ डराउथ्यौ किन सखी सल्काउदा बोल्दिनौ
सल्के बस्त्र पराल मौन किन छौ आखाँ दुबै खोदिनौ

जब चाडपर्वहरु घर - आगनमा आइपुग्छन तब आफ्नि सखाको यादमा यसरि हराउदै हुनुहुन्छ कवि :-

कल्लाई म लगाउने हँ जमरा छैनौ तिमी साथमा
तिम्रो याद लिएर टास्नु कसरी खै अक्षता माथमा

बत्ती झल्मल यो तिहारभर छन दिपावली हारमा
मेरो दीप हिजै निभ्यो मइन के बालु म यो व्दारमा

आफ्नि संगिनीसँगको विछोडमा विछिप्त बन्नु भएका कवी काव्यको अन्तमा यसो भन्नुहुन्छ :-

फर्की आउन एकपल्ट घरमा मागी बिदा स्वर्गमा
पुरा लक्ष्य गरेर दिन्छु म बिदा गाह्रो परे मर्त्यमा

स्कुले जिवन देखी नै शिक्षक र विध्यार्थी को सम्बन्धमा गासिएका हामी मेरो आत्मिए गुरु र प्रेरणाको स्रोत हुनुहुन्छ उहाँ । आफैलाई अध्यापन गराउनु भएको आफ्नै सम्माननिय गुरुको कृती हात पर्दा एकातिर हर्षित पनि भए भने अर्कातिर कृतिभित्रका अक्षरहरुमा नजर डुलाउदै गर्दा कता कता भित्री हृदयमा नै चोट पुगेको आभास भएको छ यतिबेला । कता कता दुखिरहे झै अनि कता कता पोलिरहे झै भान भएको छ तर कता थाहा छैन । छाम्छु भेट्दिन र पनि पोलिरहेछ , दुखिरहेछ ।
गाह्रो छ । निकै गाह्रो छ । बिजुली नचम्की मुस्लो खसेको देखिन्न । मुस्लो नदेखिइ बज्र खसेको ठानिन्न । बज्रै नपरी त्यसको चोट जानिन्न । चोट बिना पिडाबोध हुन्न । बोध नभै यस्ता हृदयस्पर्शी काव्य पनि लेखिन्न । त्यसैले गाह्रो छ । फेरी स्पर्शी काव्य मस्तिष्कबाट लेखिन्न । हृदयमा नपुगी सही अनुभुती हुन्न । अनुभुती नभै हृदय पग्लिन्न । हृदय नपग्ली काव्यले मर्ममा छुदैन । फेरी गाह्रो छ । सबैमा कवी हृदय हुन्न र काव्य लेखिन्न । त्यसैले आज हामी त्यस्ता अमुल्य अनुभुतीका सबै काव्य पढ्नबाट बन्चित छौ जो लेखिदै लेखिन्नन । ति अभिलेख साहित्य भण्डारमा देखिदै देखिन्नन ।
यो करुण रस कल्पनाबाट अपुरो हुनेरहेछ । नक्कल गर्दा अधुरो हुनेरहेछ र रहरले लेख्दा मधुरो हुनेरहेछ । करुण काव्यलाई मुर्त रुप दिन चोट लाग्नै पर्ने रहेछ र तप्पतप्प हृदय पग्लेर शब्दमा खस्नुपर्ने रहेछ । ठिक त्यसरि नै हृदय पग्लेर खसेका श्रदय गुरु श्री चुडामणी ओलि ज्यु को काव्ययात्राले आगामी दिनमा थप प्रेरणादायक कृतिको जन्म दिन सफल रहोस । मेरो अन्तर हृदय देखी नै शुभकामना अर्पण गर्न चाहन्छु साथै शोकलाई धारण गर्ने सामर्थ्य पनि प्राप्त होस श्री पशुपतीनाथ सँग कामना छ मेरो ।


Monday, August 19, 2013

कार्यक्रम गजलका थुँगाहरु~१२

दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट सुन्न र डाउनलोड गर्न सकिने
अर्जुन दृष्टि पौडेलको  परिकल्पनामा 
कार्यक्रम:- "गजलका थुँगाहरु"  (गाईजात्रा विशेष)  
नमस्कार साथीहरु, आज मिति २०७०।5।4 गते मंगलवार  हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम  विशेष लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न 25 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा, गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरु 
कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु ।


Download Here :- Click Here

Thursday, August 15, 2013

१०. मैले रोपेका बिरुवाहरु .....!!!!


थरथर कापीरहेछन मेरा हात खुट्टाहरु
एकसय दुई रेक्टरको
भुकम्प जाला झै गरेर
धड्कीरहेछ मेरो मुटुको धड्कन
असारे झरिले उर्लिएको
खोला - नालाहरु सरि
बेतालसित
यताउता गरिरहेछन्
नसा नसामा रगतका थोपाहरु ….!!

यायावर झै
म हिडिरहेछु
एक्लै - एक्लै हिडिरहेछु
भरेसम्म कहां पुग्नुछ मलाई ? थाहा छैन
थाहा छैन, कहा पुगेर फर्किनुछ मलाई ?
केबल हिडिरहेछु, हिडिरहेछु ……..!!

बाहिर घाम लागिरहेछ
बादलका भुल्काहरु कहि कतै छैनन्
त्यो निलो आकाश
आहा ! कति सफा छ आाज
तर, म निथ्रुक्क भिजिरहेछु
पसिनाले या त आशुले ……??

उ कान्लामा बसेर हेरिरहेको थियो
प्यारका गह्राहरुमा
प्रेमिल सपनाका बिउहरु रोपिरहेकि थिए म
र, हामिले भनेका थियौ -
यसलाई फलाउनुपर्छ ….. !!

बिरुवाका जराहरुले
भर्खर माटो समात्न खोज्दै थिए
अकस्मात,
माहाकालिको भेल पस्यो मेरा खेतहरुमा
त्यसैले त,
मेरो छट्पटि झन् झन् बढिरहेछ
बढिरहेछ, मेरो मुटुको धड्कन
अनि बेहिसाबसित बढिरहेछ
धमनि र शिराका कम्पनहरु

आफ्नो बाटो नै बिर्सिएर
मेरा खेतहरुमा हुत्तिएको भेलले
आलि र खेतको निशानि नै
मेटाइदिएकोछ यतिबेला
र, मेटाइदिएकोछ
मेरा प्रेमिल गह्राहरुको पहिचान पनि
खेत र कान्लाको निशानि नै हराएको भेलमा
अब कसरी जोगाउ म
मैले रोपेका बिरुवाहरु..... ??
र, कसरी फलाउ म
प्रेमिल सपनाका बिउहरु ......??

Monday, August 12, 2013

कार्यक्रम गजलका थुँगाहरु ११

दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट सुन्न र डाउनलोड गर्न सकिने
अर्जुन दृष्टि पौडेलको  परिकल्पनामा 
कार्यक्रम:- "गजलका थुँगाहरु" 
नमस्कार साथीहरु, आज मिति २०७०।4।29 गते  मंगलवार  हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम  विशेष लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न 25 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा, गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरु लिएर कार्यक्रम प्रस्तोता उपस्थित फुच्ची जमुना  हुनुभैक्नुभएको छ ।
कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु ।

Download Here:- Click Here !

Monday, August 5, 2013

गजलसङ्ग्रह - संगि



“धनराज गिरी” को गजलसङ्ग्रह  “संगि”


गजलका शेरहरु पढिरहदा मलाई जस्तै तपाईं समस्त पाठकवर्गहरुलाई पनि एक किसिमको छुट्टै आनन्द प्राप्त अवस्य हुनेछ भन्नेमा पुर्णत: विश्वस्त छु म । किनकी यस सङ्ग्रहभित्र निराशाबादी गजलहरु समावेश भएका छैनन र पढ्दै जादा पढु-पढु लाग्ने शेरहरुले निकै उत्साहित बनाउछ अगाडी बढ्न । अझ यसरि बुझौ - गजलका शेरहरुले पाठकलाई आफुतर्फ आकर्शित गर्ने कला भरपुर बोकेका छन ।
धनराज सर कि "नानु" ले धेरै ठाउँ ओगटेकी छन यहाँ । उसो त "नानु" आफैमा सानी भएर पनि होला फुत्त फुत्त गजलका शेरहरुमा छिरेकी …. !!
नारी सम्मान माथी कृतिकारका कलमहरु गज्जबसित चलेका छन । नारी सम्मानका खातिर जुझारु ति कलमलाई यो मुहारपुस्तिका बाट नै सलाम छ मेरो ……..!!
उसैगरी, जातिय भेदभाव माथी पनि कैयौ प्रसंगहरुको उठान गरियको छ र देशप्रतिको प्रेम, मानविय प्रेम सँग सँगै आशवादी सोचका बिम्बहरु पनि प्रसस्तै भेट्न सकिन्छ यस कृतिभित्र तर एकै काफियाको प्रयोग अन्य गजलहरुमा पनि दोहोरियको हुनाले र नयाँ नयाँ काफियाहरुको प्रयोग खासै नभयको हुनाले नयाँ पनको स्वाद चखाउनsबाट बन्चित भएका छन गजलहरु तर पनि स्वभावैमा रमाइला मानिने धनराज गिरीको यस गजलसङ्ग्रह हरेक मान्छेहरुमा आशावादी सोचको बिउ छर्नको लागी निकै उपायोगी देखेकी छु मैले ।
लेखकव्दय धनराज गिरी को जिवनमा आएकी “संगी” ले चमत्कारी खेल खेलुन मेरो कामना अनि कृतिको सफलताको लागी हार्दिक शुभकामना पनि ……….!!!!