Thursday, November 13, 2014

जिवनी : मलाला


पिता जियाउद्दिन युसुफजाई र माता तोर पेकी युसुफजाईको पहिलो सन्तानको रुपमा सन् १९९७ जुलाई १२ मा मलालाको जन्म भएको थियो । खुसहाल र अटल युसुफजाई मलालाका दुई भाइ हुन् । पाकिस्तानको स्वात उपत्यकाको मिङ्गोरा शहरमा जियाउद्दिनको आफ्नै स्कुल छ । त्यही खुसहाल स्कुलमा मलाला र मलालाका दुई भाइले पनि पढ्ने गर्दथे ।

सन् २००५ मा फजुल्लाहले स्वात उपत्यकामा 'रेडियो मुल्लाह' सञ्चालन गर्‍यो । त्यो रेडियो बिहान ८ बजेदेखी १० बजेसम्म र बेलुका ७ बजेदेखी ९ बजेसम्म प्रसारित हुन्थ्यो । २८ वर्षे फजुल्लाह पोलियो लागेका कारण खुट्टा खोच्याउदै हिड्थ्यो । उ पहिले गाउँको नदिमा तुइन चलाउने गर्थ्यो पछी धर्मशात्र पढाउने शिक्षक भएर निस्कियो । फजुल्लाहले शुरु शुरुमा रेडियोद्वारा कुरानका कुरा पढेर सुनाउथ्यो । मानिसहरु खुब चासो मानेर उसका कुरा सुन्थे । उसका तर्क सुनेर मानिसहरु उसप्रती श्रद्दा गर्थे । उसले रेडियो मार्फत खराब बानी छुटाउने अभ्यासहरुका बारेमा बताउथ्यो । असल मुसलमान हुनका लागी दाह्री पाल्न, चुरोट नपिउन, खैनी नखान उसले प्रोत्साहित गर्दथ्यो । कसरी अल्लाहसँग प्राथना गर्ने, हात कसरी धुने आदी सबै कुरा सिकाउदथ्यो । यस्ता कुराले उसको रेडियो निकै लिकप्रिय भयो । तर पछी त्यही लोकप्रियताको फाइदा उठाउदै रेडियो मार्फत टेलिभिजन नहेर्न उर्दी जारी गर्न थालियो । संगित नसुन्न र फिल्म नहेर्न मानिसहरुलाई मनसिक दबाब दिन थालियो । पाप कर्मकै कारण भुकम्प तथ बाढी पहिरो आउने कुरा जिकिर हुन्थ्यो ।

कुरान र हडिथ (मुस्लिमहरुको दोस्रो महत्वपुर्ण धार्मिक शास्त्र) का कुराहरुलाई उसले आफ्नै पाराले व्याख्या गर्न थाल्यो र गाउँगाउँका अशिक्षित मानिसहरुमाथी प्रभाव बढाउन थाल्यो । उसको कुरा सुनेर प्राय : पिछडिएका वर्गहरु निकै अशावादी हुन्थे ।


छ महिनाभित्रै फजुल्लाहको प्रभावमा त्यहाँका टिभिहरु फुटाइए, डिभिडिहरु, सिडिहरु बिच सडकमा जलाईए । सयौ सिडी तथा डिभिडी पसलहरु स्व:स्फुर्त बन्द भए । फजुल्लाहलाई बलिउडका फिल्म र संगितप्रती घृणा थियो । फजुल्लाहले रेडियो मात्र सञ्चालन गर्न ठिक भएको प्रतिक्रीय दिन्थ्यो र उसको रेडियोबाट कि त धार्मिक प्रवचन सुनाइन्थ्यो कि त तालिबानिहरुले रचेका धार्मिक गित बजाइन्थ्यो ।

फजुल्लाह गाउँगाउँमा निकै लोकप्रिय थियो किनभने उ संलग्न संस्थाले २००५ सालमा गएको ठुलो भुकम्पका बेलामा गाउँगाउँमा सहयोग गरेको थियो ।

कहिलेकाही फजुल्लाहले महिला विशेष कार्यक्रम चलाउथ्यो । कहिलेकाही फलाना गाउँका फलानाले यस्तो गर्न छोड्नु भएकोमा धन्यवाद भन्दै नाम सहित घोषणा कार्यक्रम चलाउथ्यो भने कहिलेकाही दाह्री पाल्न सुरु गर्नु भएकोमा फलानालाई बधाई भन्दै शुभकामना दिने गर्द्थ्यो । रेडियोमा आफ्नो नाम सुन्न पाएकोमा गाउँलेहरु त्यसै मख्ख पर्थे ।

फजुल्लाह छोटो समयमा नै यती लोकप्रिय हुन थाल्यो कि गाउँदेखी शहरसम्मका महिलाहरुले रेडियो सञ्चालनका लागी आफुले जम्मा पारी राखेको पैसा लगायत गहना गुरिया नै दिन थाले । उनिहरुलाई विस्वास थियो - फजुल्लाहलाई दिएको पैसाले ईस्वर खुशी हुनेछन् । त्यो पैसाले फजुल्लाहले आफ्नो गाउँमा पक्की घर बनायो र त्यहाँ म दरसा चलाउन थाल्यो अनि त्यही मस्जिद पनि बनायो । फजुल्लाहले सिधा भनेर नमा न्नेहरुलाई धाक धम्की देखाउदै मदरसामा विद्दार्थी र शिक्षक जम्मा पार्न थाल्यो । अझ खास गरी बालिका विद्दार्थिहरुलाई मदरसामा ल्याउने प्रयत्न थाल्यो उसले । यसै बिचमा शहरमा बिक्रीमा राखिएका महिला सुन्दरताका सम्पुर्ण सामनाहरुलाई नष्ट गर्ने तथा पसलहरुलाई बन्द गर्ने उर्दी जारी गर्‍यो । साथै महिलाहरुलाई बुर्का लगाउने आदेश दिदै हिड्न थाल्यो । गाउँदेखी शहरसम्मका जनताले गरेको पुर्ण विस्वासको फाइदा बिस्तारै बिस्तारै गर्दै असुल्न थाल्यो उसले ।

फजुल्लाहले दिन प्रतिदिन आतङ्क मच्चाउदै जान थाल्यो । फजुल्लाहको नजरमा कुनै पनि किसिमको मुर्ती र चित्र हराम हुन् । ति पाप हुन् । त्यसैले तीनलाई ध्वस्त पार्नुपर्छ भन्ने थियो र त्यसरि नै पुरातात्विक महत्व बोकेका मुर्तीहरु एक एक गर्दै फुटाल्दै हिड्न थाल्यो । तालिबानिहरुले पुरानो ध्वस्त पार्थे र नयाँ कुरुप चिज किन्थे । जस्तो कि नजिकैको पहाड कब्जा गरेर त्यहाँको बहुमुल्य धातु निकाल्दै बेच्थे र त्यही पैसाले बन्दुक किन्थे । तिनै बन्दुकहरुद्वारा उनिहरुले सर्वसाधारण देखी लिएर सेना प्रहरिलाई पनि मार्दै हिड्न थाले । यसले गर्दा गाउँमा मात्र होईन् शहर मै पनि प्रहरी देखिन छाडे । त्यसको साटो फजुल्लाहको पार्टिको झण्डा फहराउन थाल्यो , प्रहरी स्टेसनमा । जताततै हाहाकार मच्चियो तर फजुल्लाहको विरोधमा कोही पनि बोल्न सकेन । सबै डराउथे उसँग । तालिबानिहरुले राजनितिक नेता , सांसद , प्रहरी कसैलाई बाकी छोडेनन् । सर्वसाधारणहरुमा बुर्का लगाउनु पर्ने, लामो दाह्री पाल्नु पर्ने र सलवार कमिज लगाउनु पर्नेमा दबाद दिन्थे ।

२००७ डिसेम्बर २६ मा बेनेजिर भुट्टोको बुलेट्प्रुफ टोयोटा ल्याण्ड क्रुजरमा आत्माघाती बम पड्कियो । गाडी ध्वस्त भयो । बेनेजिर सहिद भइन । त्यसपछी पाकिस्तानमा झन सन्सनी मच्चिन थाल्यो । तालिबानिहरु अझ सक्रीय भए र बालिका शिक्षाको लागी प्रतिबन्ध लगाउन थाले । चेतावनी त पहिलेदेखी नै दिदै आएका थिए तर बेनेजिरको हत्यापछी उनिहरुले बालिका शिक्षाको लागी कडाइका साथ प्रतिबन्ध लगाउन थाले । बालिकाहरुले पढ्ने कैयौ स्कुल तथा कलेजहरुमा बम पड्काइदिए र ध्वस्त बनाइदिए । तालिबानिहरु शिक्षिका मन पराउथे, नारी चिकित्सक मन पराउथे तर बालिका शिक्षा मन पराउदैन थिए । महिलाहरुले नाचेको गाएको सुन्न हेर्न मन पराउथे तर हेरेर बाहिर निस्केपछी त्यही महिलामाथी आक्रमण गर्थे या चेतावनी दिने गर्थे । उनिहरु यती क्रुर थिए कि - एउटी निम्न वर्गकी केटिले नाचेको निहुँमा बाहिर चोकमा ल्याएर निर्ममताका साथ मुखमा गोली पड्काएर मारिदिए । रमिता देखाए र अन्त्यमा भने नाच्ने केटिहरुको हालत यस्तै हुन्छ । यदी यसलाइ छोयौ भने छुनेको हालता पनि यस्तै बनाइदिन्छौ ।

आफ्नो पेशा व्यवसाय सञ्चाल्न गर्न नपाएपछी कैयौ पाकिस्तानीहरु बसाइ सरेर गए । बसाइ सरेर जाने ठाउँ नभएकाहरु डराइ डराइ त्यही बस्न बाध्य भए । तालिबानिहरुले केही सानो निहु पाउने बित्तिकै मान्छे मारिहाल्थे । खसी बोका काटे झै छिनालिदिन्थे । उनिहरुलाइ कसैको पनि न दया थियो न माया थियो । त्यो अत्याचार अधिक हुदै गएपछी बिबिसी उर्द्दुमा मलाले डायरी लेखेर पठाउन थालिन । उसले लेखेका डायरिहरु बिबिसिको वेवसाइटमा छापिन्थ्यो र रेडियोमा पनि प्रसारण हुन्थ्यो । त्यतिबेला मलाला मात्र १२ वर्षकी थिइन् । तसर्थ उनलाइ लेख्नमा बिबिसी कै पत्रकार अब्दुल है काकडले सहयोग गर्दथे । उनिको सानै उमेर भएको हुनाले तालिबानिहरुबाट कुनै खतरा नहोस् भन्नको लागी उनै पत्रकारले सुझ्याए सक्कली नाउँ भन्दा बनावटी अर्को कुनै नाउँ राख्नु उचित हुन्छ । मलालालाइ पनि सुझाव ठिकै लाग्यो । यसै अनुरुप मलालाको हप्ते डायरी 'गुल मकई' अर्थात 'मकैको फूल" नाउँमा प्रसारण हुन थाल्यो । उसको डायरी यती लोकप्रिय भयो कि कैयौ अखबारहरुले खोजी खोजी त्यही डायरी छाप्न थाले । त्यो लोकप्रियताका कारण विस्तारै मलालालाई रेडियो तथा टेलिभिजनमा अन्तर्वार्ताको लागी बोलाईन थाल्यो र उनि जान थालिन् ।

फजुल्लाहले २००९ सालमा पाकिस्तानमा नारी शिक्षा बन्द गर्ने चेतावनी दिएपछी मलालाको खुसहाल स्कुल पनि केहि महिनाको लागी बन्द भयो । त्यो बन्द हुने दिन मालाला खुब रोएकी थिइन् । चेतावनी अटेर गरेको आरोपमा कैयौ स्कुलहरुमाथी बम पड्काइएका थिए तसर्थ पनि स्कुल बन्द गर्नु जियाउद्दिनको मजबुरी थियो ।

सन् २००९ मा नै तालिबान र प्रान्तिय सरकारबिच शान्ती वार्ता भयो त्यसपछी सरकारले स्वात उपत्यकाभरी सारीया कानुन लागु गर्ने भयो । यसको साटो लडाकुले सरकारी मानिस र सर्वसाधारणलाई नमार्ने कुरामा सहमत भयो तर यो सम्झौता धेरै समय टिकेन । तालिबानिहरुले फेरी पनि सम्झौताको उल्लङ्घन गर्दै काधमा बन्दुक भिरेर हिडे । पहिले जसरि नै सर्वसाधारणलाई सिध्याउन थाले अझ उनिहरु विरुद्ध बोल्ने जो कसैलाई पनि बाकिँ राखेनन् उनिहरुले । जब सरकार र तालिबानी बिच शान्ती सम्झौता भएको थियो तत्पश्चात बिबिसी उर्द्दुमा पत्रकार काकड कै सुझावमा मलालाले डायरी लेख्न बन्द गरिन् ।

मलालाका पिता जियाउद्दिन ग्लोबल पिस काउन्सिलको अध्यक्ष, बुढापाका काउन्सिलका प्रवक्ता, स्वात उपत्यकाका निजी स्कुल संघका अध्यक्ष अनि आफ्नै खुसहाल स्कुलका सञ्चालक पनि थिए तसर्थ उनि दिनहु जसो मिटिङ्ग तथा विभिन्न कार्यक्रमहरुमा गैरहन्थे । तालिबानिहरुले आतंक मच्चाइरहेको बेलामा पनि उनले तालिबानिको विरुद्धमा बोलिरहन्थे , बोलिरहे । उनिसँगै मलाला पनि बोल्दै आईन् । पत्रपत्रीका, रेडियो, टेलिभिजनमा अन्तर्वार्ता दिदा जियाउद्दिन मलालालाई बोल्न लगाउथे । यसर्थ पनि बाबुछोरी संघर्षमा होमिएका थिए । यसरि तालिबानिहरुले रोक लगाउन चेतावनी दिएको बिषय नारी शिक्षाको लागी जियाउद्दिन र मलाला निरन्तर रुपमा बोलिरहे बोलिरहे । यसै बिचमा जियाउद्दिनलाई तालिबानिले धम्किपत्र पठाए तर पनि उनि डराएनन् र स्कुल सञ्चालन गरिरहे । बालिकाहरुलाई पढाइरहे । त्यस धम्कीपत्रको केहि समयपछी मलालाको नाउँमा फतवा जारी गरे । जतिबेला मलाला , अब्बा र अम्मी कराँची घुम्न गएका थिए । त्यस फतवा पत्रले जियाउद्दिन निकै चिन्तित भए तर मलालामा त्यसको असार रत्तीभर पनि परेन । त्यस पत्रले मलालालाई र उसका नारी शिक्षा सम्बन्धी का जोशिला विचारहरुलाई कत्ती पनि हल्लाउन सकेनन् । उनि निडर रहिन आफ्नो उद्देश्यमा ।

मलाला पढ्नमा निकै तेज थिइन् । प्राय सधै प्रथम नै हुने गर्थिन तर सँगै पढ्ने साथी मलिका ए नुर सँग उनको प्रतिस्पर्धा हुने गर्थ्यो । कराँचिबाट फर्के लगत्तै परिक्षा सुरु हुने हुनाले उनले तन मन लगाएर पढ्न थालिन् । परिक्षा सुरु भयो । २०१२ अक्टोबर ८ को दिनमा फिजिक्सको परिक्षा भयो । ९ अक्टोबरको दिन पाकिस्तानको इतिहासको परिक्षा थियो । परिक्षा दिनको लागी घरबाट निस्किएकी मलालाले बाटोमा स्कुलको गाडी कुरेर बसेकी थिइन् । एकैछिनमा गाडी पनी आयो । मलाला र मलालाकी साथी मोनिबा सँगै बसे । उनिहरु त्यो टोयोटाको पिकअप भ्यानलाई डाइना भन्दथे । डाइना अघी बढ्दै जादा सेनाको चेक प्वाइन्ट भन्दा अलि अगाडी दुई जना केटाले गाडी रोके । त्यहाँ उभिएका केटाहरुले आफ्नो नाक छोपेका थिए । एउटा युवकले केटिहरुलाई हेर्दै सोध्यो -"मलाला भनेको को हो ?" गाडिमा भएका सबैले मलालातिर हेरे । मलाला जुरुक्क उठिन् । उनि उठेकी मात्र के थिइन् ड्याम ड्याम ड्याम तीन पटक बन्दुक पड्कियो र गोली वर्षियो । गोली हानेर ति केटाहरु खै ! कता लुके कसैलाई वास्ता भएन तर गाडी चालक उस्मानले भ्यानलाई तिव्र गतिमा दौडाउदै जिल्ला अस्पताल पुर्याय । मलालाको खोपडिमा गोली लागेको थियो भने सँगै भ्यानमा बसेका साथी साजिया र कयानातलाई पाखुरामा लागेको थियो । मलालाको स्वास्थ्य स्थिती चिन्ताजनक भएकोले जिल्ला अस्पतालबाट सेनाको हेलिप्याडमा पेशावरको कम्बाइन्ड मिलिटरी हस्पिटल लागियो । मलालाको उपचारका लागी डा. जुनैद खटिए । मलालाको मस्तिष्कको गोली छिरेर दाहिने पातामा पुगेको रहेछ । पाँच घण्टाको सफल अप्रेसनद्वारा त्यस गोलीलाई निकालियो । अझै पनि अवस्था उस्तै चिन्ताजनक नै थियो । यसै अवस्थामा राजनितिज्ञ देखी लियर पत्रकार, व्यवसायी, सर्वसाधारण सबैले मलालाको स्वास्थ्यलाभको लागी प्राथना गरिरहे देशभरी नै ।

मलालालाई गोली हानिएको समाचार सर्वत्र फैलियपछी तालिबानिहरुले त्यो घटनालाई स्विकार गर्दै भनेका थिए - 'मलालालाई गोली हामिले नै हानेका हौ । उसलाई गोली हान्नुको कारण एउटै छ - जियाउद्दिनलाई चुप लगाउनु ।'

चेक जाचका लागी बेलायतबाट आएकी डा. फियोनाको जिम्मामा गोली लागेको एक सातापछी १६ अक्टोबरमा विर्मिङ्घम स्थित क्विन एलिजाबेथ हस्पिटलमा मलालालाई थप उपचारको लागी लगियो । बेलायतको अस्पतालमा उपचार गराइरहदा स्वास्थ्यलाभको कामना सहित कैयौ फूल, कार्ड, चक्लेटका बण्डल तथा टेड्डी बियरका विभिन्न साइजहरु पठाइएका थिए तर उनलाई सबैभन्दा मन परेको चाही बेनजिर भुट्टोका छोराहरु बिलावल र बख्तावर ले पठाएको उपहार थियो । त्यसमा दुइ वटा सलहरु थिए । ति दुई सल बेनजिर भुट्टोले नै लगाउने गर्थिन् । जुन सल २०१३ जुलाई १२ मा संयुक्त राष्ट्रसंघमा भाषण गर्दा मलालाले ओढेकी थिइन् ।

यता मलालालाई गोली हान्ने अताउल्लाह खान थियो भन्ने पुष्टी भयो । जसले जहाँजेब कलेजमा फिजिक्समा स्नाकोत्तर पढिरहेको थियो तर उसलाई पक्राउ गरिएन र कुनै कारबाही पनि गरिएन तर स्कुल भ्यान चलाउने चालक उस्मानलाई संकास्पद भन्दै जेल चलान गराइएको थियो ।

उनि बिस्तारै ठिक हुँदै गइन् तसर्थ सन् २०१३ को मार्च १९ गतेदेखी बेलायतको विर्मिङ्घममा रहेको युवतीहरु मात्र पढ्ने स्कुल एडबास्टन हाइस्कुलमा नौ कक्षामा भर्ना भएर पढ्न सुरु गरिन ।

बालिका शिक्षाको लागी डटेर लागी परेका कारण छोटो अवधिमा नै मलालालाई कैयौ महत्वपुर्ण पुरस्कार तथ सम्मानहरु प्रदान गरिएका छन् साथै नोबेल शान्ती पुरस्कारको लागी पनि मलालाको नाउँ नामाङ्कित गरिएको थियो । नोबेल पुरस्कारको लागी नामाङ्कित हुनेमा सबैभन्दा सानो उमेरकी उनले विस्व किर्तिमान नै बनाएकी छन् साथै पाकिस्तानी सरकारद्वारा नोभेम्बर १० को दिनलाई “मलाला दिवस” मनाउने घोषणा पनि गरियको छ ।
केहि तस्बिरहरु :-