Wednesday, February 22, 2017

पर्खालमा कला


कला आफैमा प्रसंसनिय कार्य हो । उसैमाथि उदाङ्गो रहेका भित्ताहरुमा कला भर्नु झनै सुन्दर कार्य हो । यही सुन्दर कार्य चितवनको माटोमा हुर्किरहेको साहित्यिक संस्था अक्षर समुह चितवनले गरेको छ । सरकारी कार्यालयको भित्ताहरू रंगहीन र कुरूप बन्दै गएपछि चितवनका सहित्यकारले सिर्जनशील चित्रहरू मार्फत रंगाउँदै आएका छन् । विज्ञापान र राजनीतिक नाराले भरिने पर्खालमा सन्देशमूलक सिर्जनाले भरिँदा सबैको आकर्षण बढेको छ । पर्खालमा कलाले सर्वजनिक कार्यालयका भित्तोलाई आकर्षण बनाउँदै कलाको महŒव फैलिँदै गएको देखिन्छ । कलाकर्मीले कानुनी शिक्षा, वातावरण र संरक्षणका विषयका चित्रलाई प्रथमिकता दिएर पर्खालमा कला भरेका छन् । जिल्ला विकास समिति र जिल्ला प्रहरी कार्यालय पुग्ने जोकोही सिर्जनात्मक कलाले एकै छिन लोभ्याउँछ । भित्तामा कोरिएको चित्र अगाडि बसेर तस्बिर लिनेहरू धेरै भेटिन्छन् । चितवनको भरतपुरबाट सुरु भएको पर्खालमा कला अभियान देशैभरि फैलाइने साहित्यकारले बताएका छन् । बालुवाबाट कला उतार्ने नेपालकै पहिलो चित्रकार प्रकाश थापा (प्रथा) र रत्ननगर वल्ड आर्ट लिंकका सञ्चालक एवं कलाकार योगेश खनालको अगुवाइमा नवकलाकारहरू सुरज अर्याल, सेवक श्रेष्ठ, कृष्ण थापा, प्रियंका चौधरी, विश्व श्रेष्ठ, हरिकृष्ण भट्ट र निश्चल श्रेष्ठको समूहले पर्खालमा कला भर्दै आएका छन् ।
अक्षर समूह चितवनको आयोजनामा ललितकला प्रतिष्ठान र जिल्ला विकास समितिको सहयोगमा जिल्लामा ‘पर्खालमा कला’ अभियान चलाइएको छ । मुख्य गरी महिला हिंसाविरुद्ध, बालअधिकार, महिलाअधिकार, प्रकृति र संस्कृति संरक्षण एवं विश्व शान्तिका लागि चेतना दिने सन्देशमूलक कला पर्खालमा कोरिएका छन् । सौन्दर्य प्रदान, जनचेतना, कलाको विकास र सफा सहर बनाउने अभियान यसले सहयोग पुग्ने सहित्यकारहरूले बताएका छन् । हेरौ , अक्षर समुहले पर्खालमा कुदेका केहि कलाहरु .....!!


मुक्तक ४८

तिम्रो आँसु मेरो घाउमा नुन बराबर !
तिम्रो मुस्कान मुरलीको धुन बराबर !!
एक बाछिटो खूशी लिएरआउ प्रिय !!!
त्यहि खुशी पुर्णिमाको जून बराबर !!!!