Thursday, May 29, 2014

गजल ४२


जती - जती सपनाहरु अधुरा हुनेछन्
सोच्दैछु एकदिन त पक्कै पुरा हुनेछन्

जब,धर्ती छोडेर आमा आकाशमा जान्छिन्
तब, सबै सन्तानहरु टुहुरा हुनेछन्

आमा मरेसी बाले अर्की आमा भित्र्याउछन्
तत्पश्चात्, गाउँभरी मर्दका कुरा हुनेछन्

उफ् बा मरेसी आमाले श्रीङ्गार गरिन् भने
तीनै गाउँलेहरुका कुरा छुरा हुनेछन्

अब त्यसरि सहदैनन् सहनै चाहान्नन्
हो, जमाना सँगै नारिहरु सुरा हुँदैछन्

Wednesday, May 28, 2014

आख्यान - पानीको घाम


“पानीको घाम” माथी छरिएका मेरा पाठकिए नजरहरु :


अमर न्यौपाने व्दारा लिखित आख्यान कृती "पानीको घाम" माथी सयर गर्न खोजिरहेकी छु म यतिबेला । छुट्टाछुट्टै १९ वटा शिर्षकमा अनुबन्धित छ यो आख्यान । आख्यानको स्थान नेपालगन्ज र पात्रहरु नेपालगन्ज बासिलाई उतारिएको छ । स्थलगत अवलोकन व्दारा लेखिएको हुनाले आख्यान काल्पनिकताको धरातलबाट मुक्त छ ।

समाजमा सुरुप नारिहरु असुरक्षित छन् तर कुरुप नारिहरु सुरक्षित छन् । उनिहरुलाई कसैको सुरक्षाको जरुरत पर्दैन् । एउटी युवतिलाई बा, आमा, दाजुभाइ, लोग्ने, प्रेमि, प्रसासन , सेना- प्रहरी , भागवान कसैले पनि दिन नसकेको सुरक्षा कुरुपताले दिन्छ भन्ने भाव व्यक्त गरिएको आख्यान शिर्षक 'उ असुरक्षा मान्छे' ले निकै मन तान्यो मेरो । आखिर सुन्दर हुन रहर कसलाई पो हुँदैन र ? तर आफ्नो ज्यान र जवानिको सुरक्षाका खातिर कुरुप हुनु भनेको बरदान सावित हुनु जस्तै हो किनकी खुला आकाश मुनी निवस्त्र उत्तानो परेर सुतुरहेकी 'सुन्दरि' (पात्रको नाम ) को छेउमा ब्युझिदा भुस्याहा कुकुर टासिएर सुतुरहेको हुन्छ तर लोग्ने मान्छेको नजरसम्म पनि परेको हुँदैन् ।

Tuesday, May 27, 2014

उपन्यास - कर्णाली ब्लुज


बुद्धिसागर को “कर्णाली ब्लुज” माथीको पाठकिए टिप्पणी :

जुन कुनै कृती पढिसकेपछी अगाडिको पेजमा रातो पेनले साइन गर्ने गर्छु म । पढी सकेपछी ठिकै लाग्यो भने एउटा साइन, राम्रो लाग्यो भने दुइ वटा साइन र उत्कृष्ट लाग्यो भने तीन वटा साइन ।

यो उपन्यास हर्षबहादुरको जिवन वरिपरी रहेर लेखिएको छ । उसको बालापन देखी युवावस्थासम्मको समग्र जिन्दगीलाई निकै मसिनो गरी केलाईएको छ । हर्षबहादुर - वृषबहादुर को छोरो । एक्लो छोरो । आमा, बा, दिदी र भाई गरी जम्मा चार जनाको सानो र सुखी परिवार छ उनिहरुको । जहाँ हर्षबहादुरका बा डाक्टर हुनुहुन्छ । उनिहरुको परिवारमा ममता दिदिको ममताले निकै सर्हानिय भूमिका खेलेको छ । उनि पर्वतिकी साथी हुन् र पनि पारिवारिक सदस्य भन्दा कम थिइनन् तर यो आत्मियता रहनुले पनि स्पष्टै थाहा हुन्छ कि उनिहरुको परिवार कती मिलनसार र मायावी छ भनेर । आफ्नो जिन्दगीदेखी थकित छिन ममता । आफ्नै जन्मदाताले गरेको अपहेलनाले उनको कालीलो मस्तिष्कमा नराम्रो प्रभाव परेको छ ।

पैसा पाएको दिन ममता दिदी हाम्रा बालाई रातो रिबन ल्याइदिनु भन्थिन् । बाले चुपचाप ल्याइदिनु हुन्थ्यो । "क्यार्छेउ दिदि, यत्तिका रिबन ?" म सोध्थे ।
"एकदिन यिनैमा झुन्डेर म र्छु " भनेर एकछिन चुप लाग्थिन् ।

यो वाक्यांशबाट नै थाहा हुन्छ कि ममता दिदिको जिवन र ज्युनुसँगको समग्र दृष्टिकोण । आखिर, उनले भने झै नै उनि चाडै नै मर्छिन तर रिबनमा झुन्डिएर हैन ज्वरोले थला पारेर । आमा बाले औषधोपचार नगरेर ।

यहाँनिरको यो प्रसंगले मेरो मुटु हल्लिएको थियो जहाँनिर मगर मामाले भन्नु भो - ममताले खाल्डोमा पुर्ने बेला श्वास फेरेकी थिइन् ।

हर्षबहादुर पढ्नमा लद्दु छ तर चकचक गर्न खुब तेजस्वी छ । पढ्दापढ्दै दिदी पार्वती पोइला जान्छिन । यस घटनाले बा आमाको मनमा पहिरो जान्छ । त्यसपछी हर्षबहादुरको परिवार कालिकोट बसाइ सर्छ । कालिकोटबाटै उसले एस एल सि पास गर्छ र उ काठामाण्डौ पढ्न जान्छ । काठमाण्डौ बाटै +२ पास गर्छ र ब्याचलर दोस्रो वर्षमा पढ्दै छ उ अहिले । यही बेला उसको हातमा एउटा चिट पर्छ । जहाँ लेखिएको हुन्छ -'तुरुन्त कोहलपुर टिचिङ हस्पिटल जाने । ड्याडी बिरामी हुनुहुन्छ । २:३० मा फोन आएको थियो ।' उ तुरुन्त हस्पिटल पुग्छ । बा बिरामी हुनुहुन्छ । बेडमा सुतिरहनु भएको हुन्छ । बा'को पिरले आमा बिरामी झै हुनुहुन्छ । बा लाई सन्चो नहुने थाहा पाएपछी मनको घिट्किसो नातिको मुख हेर्ने रहर पुरा गरिदिन सुर्खेत लईजादै गर्दा बाले बाटोमै अन्तिम हिक्का छोड्नुहुन्छ ।

गजल ४१


मलाई थाहा छैन् कस्तो हुनेछ सफर जिन्दगीमा
न थाहा छ प्रेमले कस्तो पार्छ असर जिन्दगीमा

जस्लाई विस्वास गर्‍यो उसैले घात गर्छ आखिर
कसैको पर्न हुँदैन् यहाँ पुर्णत : भर जिन्दगीमा

कहिले उकालो चढ्नुछ, कहिले झर्नुछ ओरालो
हिड्दाहिड्दै कती खानुपर्नेछ ठक्कर जिन्दगीमा

यो भगवान नै निठुर छ या त भाग्य नै उस्तै हो
खुशी दिदैन् पलपल दु:खको लहर जिन्दगीमा

जन्म घर छाड्नुछ र जानुछ पराइ घर भोलि
मेरो लागी मन्दिर हुनेछ त्यही घर जिन्दगीमा

निबन्ध - धोविघाट एक्सप्रेस


रोशन शेरचनको "धोबिघाट एक्सप्रेस" मा यात्रा गरिसकेपछिको यात्रा संमरण :




"धोबिघाट एक्सप्रेस" नाम सुन्नासाथै मैले लख काटे - पक्कै पनि जनयुद्धको बेला माओवादिका डा. बाबुराम भट्टराई र डा. मोहन बैद्द किरणले गरेको धोबिघाट सम्झौतामा केन्द्रीत होला भनेर तर जनयुद्धको प्रभाव त रत्तिभर पनि परेको रहएनछ यस एक्सप्रेसमा । यातायात व्यवसायिले गरेको उपत्यका बन्दको दिनमा चलेको धोबिघाट एक्सप्रेसलाई जस्तै । आफ्नै गतिमा कुदिरहेको यो पनि ।

गजल ४०


गाजल बनाइ दुइ आखाँमा लगाए भने तिमीलाई
भन के गर्छौ प्यारा आखाँभित्रै बसाए भने तिमीलाई

जनम जनम साथै हुन्छु भुलिरहन्छु तिम्रै प्यारमा
म त रानी हुनेछु मैले राजा बनाए भने तिमीलाई

थाहा छैन तिमी मेरै हौ या त बन्धकी छौ अरु कसैको
मेरै हुनेछौ, प्यारमा विस्वास दिलाए भने तिमीलाई

हार्न चाहान्नथे तर प्यारको खातिर हार्न राजी भए म
जित्यौ, दु:खी नहुनु अर्कोपाली हराए भने तिमीलाई

चौरासी व्यन्जन किन चाहियो ? आटो,ढिडो मिठो हुनेछ
हो, मिठो मान्नेछौ, यिनै हातले खुवाए भने तिमीलाई

Monday, May 26, 2014

मुक्तक ३२

हाम्रो सम्बन्ध किटान हुन बाकिँ छ अझै
मेरो मनले तिम्रो मन छुन बाकिँ छ अझै
फराकिलो तिम्रो छातिमाथी शिर अड्याएर
आशुले मनभरिको पिडा धुन बाकिँ छ अझै

यो संसारमा मेरी आमा जस्तो दु:खी अरु कोही छैन् ! (खण्ड 'ख')


कुरो त्यो बेलाको हो जुन बेला मेरो एस एल सि परिक्षा चलिरहेकी थियो । फलामे ढोका भनिएको परिक्षा । सानै देखी पढ्नमा तेज थिए म तसर्थ सरहरु सबैको नजर म माथि पर्नु नौलो कुरा भएन र सबैले गरेको म प्रतिको आशालाई मृगतृष्णा हुन दिन मलाई पनि मेरो मनले अनुमती दिदैन्थ्यो तसर्थ म पढ्न चाहान्थे । धेरै पढ्न चाहान्थे र चाहान्छु अझै पनि । भोली परिक्षाको पहिलो दिन । अङ्ग्रेजी बिषयको परिक्षा थियो ।

समय गहुँ काट्ने बेलाको थियो । आमा र दिदी खेतमा गहुँ काट्दै हुनुहुन्थ्यो म घरमा पढ्दै थिए टुकिको सहायताले । बुवा खै ! कता जानु भएको थियो थाहा भएन । करिब ८:०० बजेतिर लडबडिएका खुट्टा र लरबरीएको बोली परै थाहा पाए मैले । त्यस्को केहि वास्तै गरिन र गर्न जरुरी पनि ठानिन किनकी भोली एक्जाम छ मेरो । त्यसैले पढिरहे । दाया बाया ध्यान कतै नफिजारेर । बुवा सरासर मैले पढिरहेको खाटनेर आउनु भयो र सोध्नु भयो - आमा खै ? मैले भने - गहुँ काट्न खेतमा । एकछिन सुनसान भयो । बुवा पनि बोल्नु भएन म पनि बोलिन ।

Thursday, May 22, 2014

यो संसारमा मेरी आमा जस्तो दु:खी अरु कोही छैन् ! (खण्ड 'क' )


नौ महिनासम्म आफ्नो कोखमा राखेर जन्माइन आमाले । थाहा छैन् - कतिपटक मरिन् र कतिपटक बाचिन होली उनि - प्रसव पिडाले छटपटिएर ! अरु कसले दिन सक्छ - आमाले आफ्नो पेटमा पटुकी कसेर सन्तानलाई खुवाएको खाना, आफुले आशु पिएर सन्तानलाई दिएको खुशी अनि कहिल्यै स्वार्थी बन्न नसक्ने त्यो ममता !

म स्कुल जान्थे । कपी सकिन्थ्यो कलम सकिन्थ्यो । बुवालाई भन्न डराउथे । आमाले मेलामा गएर ल्याएको पैसाले नुन किन्नुहुनुन्थ्यो, तेल किन्नुहुन्थ्यो, घरमा चाहिएको सबै ल्याउनुहुन्थ्यो र केहि बचाएर ल्याइदिनुहुन्थ्यो मलाई कपी र कलम पनि । आफु मेलाबाट फर्कदा पटुकिमा पोको पारेर ल्याइदिनुहुन्थ्यो एकमुठी चिउरा र आधा मुठी दालमोट पनि ।

१९. कविता : कमाउनुछ धेरै पैसा !


बेचेर आफ्नो इमान होईन्
बचाएर मेरो स्वाभिमान
जानुछ
टाडा, धेरै टाडा
सात समुन्द्रपारिको देश

कमाउनुछ
धेरै कमाउनुछ
तर,
बनाउनु छैन मलाई - ठुलो घर
, राख्नु छैन् -
मनग्य बैङ्क ब्यालेन्स पनि

जानुछ
धेरै पैसा कमाउनुछ
त्यसपछी किन्नु -
विगत ५२ वर्षदेखि
मेरी आमालाई सताइरहेको - दमको ओखति
, निको पार्नुछ मैले -
कैयौ वर्षदेखी दुखिरहेको
मेरी आमाको दाहिने गोडा

गजल ३९



cefjn] ubf{ dg\ xtf; lyof] jiff}{b]lv
d x]l//x]5' p pbf; lyof] jiff}{b]lv

a]R5g\ of a]lrG5g\ l;dfgf s6]sf r]nLx?
/x/ xf]Og\ afWotf vf; lyof] jiff}{b]lv

ul/aLn] olt;Dd lsg lu/fpF5 dfG5]
p;sf] klg cfkm\g} ldhf; lyof] jiff}{b]lv

;fx'n] cGgafnL nufPsf] Tolx 7fpFdf
lgd'vfx?sf] a;f]af; lyof] jiff}{b]lv

;8sdf k'Ug' cufj} p;n] a'em\g'kYof]{
ufpFsf] lgd'vf abdf; lyof] jiff}{b]lv