Wednesday, November 19, 2014

कवितासङ्ग्रह : च्याउको जङ्गल



“याम्बुरी बुक प्वाइन्ट” ले ०७१ बैशाख महिनामा मात्र बजारमा ल्याएको कबितासङ्ग्रह “च्याउको जङ्गल” मा केन्दृत रहेर केहि कुरा लेख्न खोजिरहेछु म यतिबेला ।

यस कवितासङ्ग्रहमा समावेशी छुट्टाछुट्टै शिर्षकका ५४ वटा कवितालाई ६ वटा खण्डमा विभाजन गरिएको छ । सबै खण्ड र खण्डभित्रका सबै कविताहरुले शिर्षकले दिन खोजेको भावलाई उजागर गरेका छन् । यस मानेमा कविताहरु अनुशासित सावित भएका छन् ।

पहिलो खण्ड 'त्यो आइमाई' भित्र जम्माजम्मी १० वटा कविताहरुले ठाउँ पाएका छन् । जहाँ महिलालाई मुख्य पात्रका रुपमा उभ्यायर कविताहरुले भावलाई मञ्चन गरेका छन् । 'डम्बरिको देश' नामक कविताले अझ आकर्षित गर्‍यो मलाई । जुन कविताको उठान यसरि भएको छ -

“यस धरतिको सबैभन्दा महङ्गो बजारमा
तिम्रो देशसँगै बिक्री हुन्छ तिम्रो गरीबि !”

Thursday, November 13, 2014

जिवनी : मलाला


पिता जियाउद्दिन युसुफजाई र माता तोर पेकी युसुफजाईको पहिलो सन्तानको रुपमा सन् १९९७ जुलाई १२ मा मलालाको जन्म भएको थियो । खुसहाल र अटल युसुफजाई मलालाका दुई भाइ हुन् । पाकिस्तानको स्वात उपत्यकाको मिङ्गोरा शहरमा जियाउद्दिनको आफ्नै स्कुल छ । त्यही खुसहाल स्कुलमा मलाला र मलालाका दुई भाइले पनि पढ्ने गर्दथे ।

सन् २००५ मा फजुल्लाहले स्वात उपत्यकामा 'रेडियो मुल्लाह' सञ्चालन गर्‍यो । त्यो रेडियो बिहान ८ बजेदेखी १० बजेसम्म र बेलुका ७ बजेदेखी ९ बजेसम्म प्रसारित हुन्थ्यो । २८ वर्षे फजुल्लाह पोलियो लागेका कारण खुट्टा खोच्याउदै हिड्थ्यो । उ पहिले गाउँको नदिमा तुइन चलाउने गर्थ्यो पछी धर्मशात्र पढाउने शिक्षक भएर निस्कियो । फजुल्लाहले शुरु शुरुमा रेडियोद्वारा कुरानका कुरा पढेर सुनाउथ्यो । मानिसहरु खुब चासो मानेर उसका कुरा सुन्थे । उसका तर्क सुनेर मानिसहरु उसप्रती श्रद्दा गर्थे । उसले रेडियो मार्फत खराब बानी छुटाउने अभ्यासहरुका बारेमा बताउथ्यो । असल मुसलमान हुनका लागी दाह्री पाल्न, चुरोट नपिउन, खैनी नखान उसले प्रोत्साहित गर्दथ्यो । कसरी अल्लाहसँग प्राथना गर्ने, हात कसरी धुने आदी सबै कुरा सिकाउदथ्यो । यस्ता कुराले उसको रेडियो निकै लिकप्रिय भयो । तर पछी त्यही लोकप्रियताको फाइदा उठाउदै रेडियो मार्फत टेलिभिजन नहेर्न उर्दी जारी गर्न थालियो । संगित नसुन्न र फिल्म नहेर्न मानिसहरुलाई मनसिक दबाब दिन थालियो । पाप कर्मकै कारण भुकम्प तथ बाढी पहिरो आउने कुरा जिकिर हुन्थ्यो ।

कुरान र हडिथ (मुस्लिमहरुको दोस्रो महत्वपुर्ण धार्मिक शास्त्र) का कुराहरुलाई उसले आफ्नै पाराले व्याख्या गर्न थाल्यो र गाउँगाउँका अशिक्षित मानिसहरुमाथी प्रभाव बढाउन थाल्यो । उसको कुरा सुनेर प्राय : पिछडिएका वर्गहरु निकै अशावादी हुन्थे ।

Wednesday, November 12, 2014

गजल ४७

मलाई मन छ प्यारा केबल तिम्री हुन
छाडेर दुनिया सारा केबल तिम्री हुन

मनभित्र उर्लेकोछ मेची कोसी कर्णालि
पुछेर आँखाको रारा केबल तिम्री हुन

बस् भनिदेउन सानु तिमी मेरी हौ भ'नि
बस्छु भएर सहारा केबल तिम्री हुन

Monday, November 10, 2014

उपन्यास - ह्वाइट केन


ह्वाइट केन र मेरा नाङ्गा आँखाहरु :-




मलाई आँखा नदेख्नेहरुको बारेमा कत्ती पनि थाहा छैन भन्दा फरक नपर्ला । उनिहरु सेतो टल्कने लठ्ठिले छामछाम छुमछुम गर्दै हिडेको मात्र देखेकी थिए अनि देखेकी थिए अरु कसैले पखुरा समातेर डोर्याएर हिडालेको पनि तर बाहिरी दृष्टी गुमाएकाहरु मनको दृष्टिले देखेर यतीसम्म महान कार्य गर्न सक्छन् भन्ने कुरा ह्वाइट केन पढेपछी मात्रै बुझे मैले ।

उपन्यासको मुख्य पात्र भास्वत । उसलाई एक एक गरेर पढ्दै जादा खुब अनौठो भान भैरह्यो मलाई । साच्चै, दृष्टिबिहिन हरु पनि यती धेरै आत्मविस्वासी हुन्छन् है ?

यदाकदा हिडडुल गर्दा बाटोघाटोमा मात्र होइन गाडिहरुमा पनि मैले ज्योती गुमाएका मान्छेहरु नदेखेको होइन । देख्थे । जब देख्थे तब एकोहोरो हेरिरहन मन लाग्थ्यो अनि सोच्थे कहाँ हिडेका होलान यिनिहरु ? कोही साथमा नलिइ कन एक्लई कसरी हिड्न सकेका होलान ? कसरी पहिल्याएका होलान् गोरेटोहरु ? कसरी ठहर्याउदा हुन् आफ्नै घरसम्म पुग्ने गोरेटो या कोही आउदो हो लिन र छोड्न ? आदी आदी ।

Wednesday, November 5, 2014

२२. कविता : हामी छोरी


उफ् हामी छोरि
फगत जन्मिए झै लाग्छ
र लाग्छ - पुरुषवादिको प्यास मेटाउन जन्मिएका हौ हामि
यदी होइन भने किन लादिन्छन् -
उनिहरुको आदेश हामी माथि
उनिहरुको इच्छा हामी माथि
अनी उनिहरुकै मनपरी हामीमाथी
चुपचाप सहनु पर्ने रे हामि
प्रतिवाद गरे - पोथी बासेको सुहाउदैन् भन्छन्

हामी रहरले होइन बाध्यताले जान्मिन्छौ
आमा बाको शिरमा पिरको भारी बोकेर जन्मिन्छौ
अनी जन्मिन्छौ पराइ घरको वंश चलाउने दायित्व बोकेर

भित्र “‘च्या च्या” मैले पहिलो आवाज निकाल्दा
बाहिर पिडिमा बसेका बा’ले
पुर्पुरोमा हात लगाउछन्
र भन्छन् - पिरको भारी थपियो मेरो

२१. कविता : अस्तित्वको खोजि


हामी आफै ठगिएका होइनौ
'ठग' भनिनेहरुले ठगेका हुन् हामिलाई
म ति 'ठग' हरुलाई
कठ्घरामा उभ्याउन चाहान्छु
र, दिलाउन चाहान्छु - कडा भन्दा कडा सजाए

सबै जमानाको कुरा गर्छन् यहाँ
आधुनिक जमानाले दिएको सहजताको कुरा गर्छन्
तर मलाई यो जमाना
फिटिक्कै मन परिरहेको छैन्

श्रीमान् जमाना आधुनिक आयो त
खै ! के दियो हामिलाई ?
न न्याय दियो
न अधिकार दियो
न दियो सुरक्षा कतै
झनझन त्रास थपिइरहेछ बरु -
बाबुद्वारा छोरी डराउनु पर्ने
दाजुद्वारा बहिनी जोगिनुपर्ने
अनि, सचेत रहनुपर्ने सधै ससुराद्वारा बुहारी पनि