Tuesday, April 30, 2013

मुक्तक १९


घण्टहरु हल्लाउदैमा धर्म हुँदैन आमा
फुलपाती चढाउदैमा धर्म हुँदैन आमा
पण्डितलाई गाइ दान जती गरे गर
र पुराण सुनाउदैमा धर्म हुँदैन आमा

गजल १७


तिम्ले डोली अन्माउदा म घाटमा भए हुन्थ्यो
म जल्दा तिमी सुहागको खाटमा भए हुन्थ्यो

कुन जन्मको सजाय हो सोध्नुछ दैब सङ्ग
की म अपराधी हु कि त ढाटमा भए हुन्थ्यो

भन्न त भनेकै थिय नि भाग्य खोटी छ मेरो
नौमती बज्दा, म टारिको फाटमा भए हुन्थ्यो

हर्षोल्लासमा रम्दा तिमी खै म त कहाँ हुन्छु ?
तिमी रम्दा म अन्त्यष्टिको टाटमा भए हुन्थ्यो

दिनेले सोध्छन सजिलै पिडा कस्तो हुन्छ र ?
किनबेच हुनि भा' मन हाटमा भए हुन्थ्यो

मुक्तक १८


गलत नसोच्नु यो अपमान हुँदै होईन
सत्य त्यो ढुङ्गा भगवान हुँदै होईन
देख्नेहरु जे देखुन तर आमा भन्नुहुन्थ्यो
हामी गरीब भएको जानाजान हुँदै होईन

Tuesday, April 23, 2013

छेस्का

आउ प्रिय तिम्रो र मेरो प्रेमको फ्युजन गरायर
मायाको एटम बम बनाउ ।

छेस्का

प्रिय, उता हेर त धुवा उडिरहेको
कतै तिम्रो दिल त जलेन ?

मुक्तक १७


माया गर्दिन भन्छु मनले झन कर लाउछ
त्यसैले होला सबैभन्दा तिम्रो भर लाउछ
हुन त लगनशिल छौ विवेकि छौ तिमी
त्यै पनि गलत बाटो हिड्छौ कि डर लाउछ

गजल १६



आफ्नै इज्जत लुटाउन रहर कसलाई हुन्छ र ?
यो ठाडो शिर झुकाउन रहर कसलाई हुन्छ र ?

कती सपना सजयकी थियौ त्यो कोमल मनभित्र
फुलेको आश चुडाउन रहर कसलाई हुन्छ र ?

आफु मराणासन्न बहेर धर्तिमा ल्याइन जसले
उनैको मन दुखाउन रहर कसलाई हुन्छ र ?

पापिले सम्झेन त्यतिबेला आफ्नि दिदी बहिनिलाई
कठै ! सर्वस्व गुमाउन रहर कसलाई हुन्छ र ?

खसे पछी खस्यो खस्यो फर्कन्न फेरी नारिको इज्जत
जिन्दगीमा पछुताउन रहर कसलाई हुन्छ र ?

Monday, April 22, 2013

गजलका थुँगाहरु श्रृंखला– छैठौं (सवाल जवाफ विशेष)



दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट सुन्न र डाउनलोड गर्न सकिने
कार्यक्रम:- "गजलका थुँगाहरु" 
अर्जुन पौडेलको परिकल्पनामा 
 गजलका थुँगाहरु श्रृंखला– छैठौं (सवाल जवाफ विशेष)
 कार्यक्रम प्रस्तोता दोय :- रामकृष्ण अनायास र फुच्ची जमुना
 मितिः– 2070।१।9 Monday  Facebook Page
नमस्कार साथीहरु, आज मिति २०७०।१।९ गते सोमवार  हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम गजलका थुँगाहरुको छैठौं  श्रृंखला सवाल– जवाफ विशेष लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न द्दछ ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरुको छैठौं  श्रृंखला लिएर कार्यक्रम प्रस्तोता दोय गजलकारहरु रामकृण अनायास र फुच्ची जमुना उपस्थित हुनुभैक्नुभएको छ ।
कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु ।

Friday, April 19, 2013

गजल १५


तप्प तप्प चुहिएको केशको पानी मन पर्‍यो
भन्थ्यौ अरे चितवनकी 'फुच्ची' नानी मन पर्‍यो

लजाइन देखेर मलाई लज्जावती झार झै
गुलाबी ओठ टोकी मुस्काउने बानी मन पर्‍यो

म पनि त सानै छु क्यारे पाच फिट दुइ इन्च
ठिक्क मेरो कुमसम्म आउने सानी मन पर्‍यो

म रिसाइदिन्छु माया गरी फकाउछिन उनि
साच्चै सागरमा झै पिरतिको खानी मन पर्‍यो

सोच्दैछु कती भाग्यमानी म उनिलाई पाउने
बानी छ उनको सधै मन्दिर जानी मन पर्‍यो

Wednesday, April 17, 2013

मुक्तक १६


तिम्रो सामु कोही बस्यो भने डाह लाग्छ
तिमीलाई छोइ बस्यो भने डाह लाग्छ
म मात्र सधै लुटुपुटु गर्ने त्यो काखमा
अरु कोही रोइ बस्यो भने डाह लाग्छ

Friday, April 12, 2013

गजल १४

कति बे-सरमी छ मान्छे
यहाँ त हरामी छ मान्छे

दिउसै ठाडो घाटी पानॅ
हेदॉ त भलाद्मी छ मान्छे

बुद्दी छोटो छ नेपालीको
जवानी सलामी छ मान्छे

वास्ता गनॅ फुसॅद कहाँ
मनको फलामी छ मान्छे

हिसाब किताब चुक्ता भो
अचेल विरामी छ मान्छे

न फुल भो न काडा बाँकी
लस्कर मलामी छ मान्छे

गजल १३

अन्जुली बाधे तलाउ सुकेको रहेछ
छामे मुटु कता कता दुखेको रहेछ

सानो नानि भित्र अटाएको मन
खस्यो, टिपी हेर्दा फुटेको रहेछ

कुर्दा कुर्दै त्यही निदाएछु दोबाटोमा
ब्युझिदा गन्तव्य गाडी छुटेको रहेछ

गजल १२


हिजो,आज र भोलिमा फरक पक्कै छ
कुलो,नहर,खोलिमा फरक पक्कै छ

तिमि भन्दैछौ मलाई नबुझे झै गरि
तर भोटो र चोलिमा फरक पक्कै छ

कतै टुटेको छ कतै फुटेको यो मन
आशु र रङ्ग होलिमा फरक पक्कै छ

मन रेट्न छुरा नै किन पो चाहियो र ?
हतियार र बोलिमा फरक पक्कै छ

ज्यूदै मरेर पनि बाच्ने धेरै छन् यहाँ
बारुद,बम,गोलिमा फरक पक्कै छ

Tuesday, April 9, 2013

गजलका थुँगाहरु श्रृंखला -4

दर्जनौ ब्लगहरुमार्फत एकैपल्ट 
GAZALKA THUNGAHARU 
"अर्जुन पौडेलको परिकल्पनामा" 
गजलका थुँगाहरु श्रृंखला -4
कार्यक्रम प्रस्तोता दोय : 
रामकृष्ण अनायास र फुच्ची जमुना 
मिति : (2069-12-28)
नमस्कार साथीहरु, आज मिति 2069-12-28 हामी गजलमनहरुको यौटा भिन्दै कार्यक्रम गजलका थुँगाहरुको चौथो श्रृंखला लिएर उपस्थित भएका छौं । गजलकार अर्जुन पौडेलको परिकल्पना र उत्पादनमा एकै पल्ट विभिन्न सत्र 25 ब्लगहरु तथा वेबसाइटहरु मार्फत एकै पल्ट प्रसारण हुने नेपाली साहित्य जगतमा एउटा अनुपम प्रयास, तपाई हाम्रा मिलन विछोडका कुरा, कतै मन दुखेका कुरा त कतै माया र प्रेम साटेका कुरा , गजल मार्फत अभिव्यत गर्ने साझा चौतारी कार्यक्रम गजलका थुँगाहरुको चौथो श्रृंखला लिएर कार्यक्रम प्रस्तोता दोय गजलकारहरु रामकृण अनायास र फुच्ची जमुना उपस्थित हुनुभैक्नुभएको छ ।  
कार्यक्रममा अनायासका पानाहरु फेसबुक पेज र गजलका थुँगाहरुमा पोष्ट भएका गजलहरु तथा तपाइहरुलेनै मेलमा पठाउनुभएको गजलहरु लिएर आएका छौं । आजको श्रृङ्खला कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिकृया दिन नभुल्नुहोला । आउनुस् हामी पनि सुनौ गजलका थुँगाहरु ।

६. लौन ! हजुर सहयोग गर्नुपर्यो

हेर्दाखेरी रोग नलागेको भए पनि
लागे झै देखिएको
शरिरमा आजसम्म पनि नै नपरे जस्तो
धुलोले कुर्कुच्चा पट् पट् फुटेका
तल माथीका पुरै दातमा जिरी बसेका
झट्ट हेर्दा अधबैसे जस्तो देखियको
त्यस युवकले आफु जस्तै मैलो
एउटा पाना म तिर इकित गर्दै भन्यो –
खाने बस्ने ठेगान छैन हजुर
खेतबारी पनि केहि छैन्
बेलुका घर जादा रित्तो हात
फर्कने हो भने त
मेरा जहाँनहरुले टिक्न दिदैनन्
लौन! हजुर सहयोग गर्नुपर्यो
मैले सोधे - कतो वटी छन जहाँनहरु ?
रुजेको बिरालो झै लुत्रुक्क पर्दै
भुइतिर हेर्दै उसले भन्यो -
धेरै त के भन्नु र हजुर
जम्मा तीन वटी छन्
अनी तीन वटी जहाँनका १३ जना लालाबाला
लौन! हजुर यो दुखिलाई सहयोग गर्नुपर्यो

गजल ११



की त उसकी आमा मरेको हुनुपर्छ
हैन भने अन्तै बिहे गरेको हुनुपर्छ

भाविले लेख्यो होला "ठुलो मान्छे बन्नेछ"
निधारको भाग्य अन्तै सरेको हुनुपर्छ

हातको ठेला फुट्दा कठै ! कती चाहर्याउदो हो
आखाबाट रगतको आशु झरेको हुनुपर्छ

ती कालीला पैतालामा काडा कती बिझे कति
घाउको खाटोले पाउ भरेको हुनुपर्छ

बाबाले कान्छिआमा भित्र्याएका होलान ?
अनि उनैले गर्दा गिट्टी कुट्न परेको हुनुपर्छ

मुक्तक १५


बरु गरिबको कोख बाझो जाति हुन्छ
किन दु:ख मात्र टुहुराको साथि हुन्छ
आङको सरो लुगा फेर्न दशै कुर्नुपर्छ
भरेको छाक पिठूको दाउरा माथि हुन्छ

मुक्तक १४


हास्दा हास्दै रोएकिछु कैयौ चोटि
रुजेको मन धोएकिछु कैयौ चोटि
टाडा हुनेको यादले झन सताउछ
अनि तस्बिर छोएकिछु कैयो चोटि

Thursday, April 4, 2013

गजल १०


मेरो धड्कन खै कता छ म एक्लै छु यहाँ
मेरो तड्पन खै कता छ म एक्लै छु यहाँ

घरी घरी चुस्स छुन तिम्लाई चाह लाग्छ्
मेरो क्रन्दन खै कता छ म एक्लै छु यहाँ

किनाराहरु छुट्टिय सरि बाडियौ हामि
मेरो बन्धन खि कता छ म एक्लै छु यहाँ

उदाङगो मेरो सगर उस्तै शुन्य छ आज
मेरो स्पन्दन खै कता छ म एक्लै छु यहाँ

ज्युदो वाग सङ्गैको वाटिका कल्पदै छु म
मेरो बच््पन खै कता छ म एक्लै छु यहाँ

५. फुल र तिलहरी


ए "फुल" साच्चै कती सुन्दर तिमि
हेर त, भमराहरु झुम्मिइरहेछन्
भरिएको जवानी देखि
सायद ति पनि लालायित भए
र त तछाड मछाड छ उनिहरु बिच
अनी फुल तिमी मुस्काइरहिछौ
उनिहरु कै स्वागतको लागि
मैले भनेकी थिए -
'तिमी त्यसरी नमुस्कानु'
तिमिले भनेकी थियौ -
'कती लोभिनी तिमि'
सम्झ त एकचोटी
हिजो घर छाड्ने बेलामा
शिरमाथी हात राखेर
आमाले के आशिर्वाद दिनुभएको थियो ?
हुन त यो झिलिमिली शहर
र यो शहरिया लगाइ खबाइमा
त्यो गाउकी पाखे आमालाइ
बिर्सियौ होली तिमिले
तर, अस्ती गाउ पुगेकी थिए
र आज मात्रै फर्केकी म
आमा भन्दै हुनुहुन्थ्यो -
"शहरमा त पढाइ खर्च चर्को छ रे
किनमेल पनि उस्तै छ भन्ने सुन्छु
मेरी फुल बिचरा बालखा छे
के कसरी जोहो गरेकी होली ?
पैसाको नाउमा सुको कौडी छैन्
नानि, यो लगेर दिनु है "
यी यता हेर त
तिम्री आमाले पढाइ खर्च
भनेर पठाइदिनु भएको "तिलहरि"

मुक्तक १३

झुक्किएर कहिले काही अघाउछ गरीबको पेटले
हासि-हासी मर्नु न बाच्नु बनाउछ गरीबको पेटले
बाबा, के हामिले आखाभरी सपना देख्नै हुँदैन र ?
आशा देखाउछ अनि किन छलाउछ गरीबको पेटले