Wednesday, March 15, 2017

मुक्तक ५०

१.
भन के गर्छौ पाउँमा शरण परे भने म
तिम्रै यादमा तड्पी तड्पी मरे भने म
लासमाथि चढाइदिनु एक थुङ्गो फूल
यदि , नसकेरै अात्महत्या गरे भने म

२.
तिम्लाई पो हासीखुशी अनि रमाइलो होला त्यहाँ
हुनुपर्नेभन्दा बेहद रुपमा मैलाई छ'नि पीडा यहाँ
बनायौ तस्बिर छोएर रुने,नपरोस् दुख्न तिम्लाई
यहि चाहान्छु म त --- तिमी जहाँ भए'नि म जहाँ

३.
तिमीले देखेका एकएक बैध सपना पनि मिठा
तिमीले देखेका हरेक अबैध विपना पनि मिठा
आफ्नो हुदाँ प्यारो, पराईको भएसी झनै प्यारो
प्यारो मान्छेका यौवना मिठा,बचपना पनि मिठा

४.
मलाई डाह हुन्छ-घुरेर तिम्लाई एकोहोरो कसैले हेर्यो भने
मलाई अझै डाह हुन्छ -- नजिकै कोहि बसेको देख्यो भने
म चाहान्छु - छाइरहनु यी आँखामा र बसिरहनु साथै सधै
नत्र , अौडाहा हुन्छ लुकिछिपी कसैले तिम्लाई भेट्यो भने

Wednesday, March 8, 2017

मुक्तक ४९

भन के गर्छौ पाउँमा शरण परे भने म
तिम्रै यादमा तड्पी तड्पी मरे भने म
लासमाथि चढाइदिनु एक थुङ्गो फूल
यदि , नसकेरै अात्महत्या गरे भने म