ब्लगको सिमा विस्तृत भएको हुँदा विषयवस्तु पनि विस्तृत नै हुन्छ जस्तो लाग्छ :फुच्ची जमुना
फुच्ची जमुना भनेर चिनिने उनको वास्तविक नाम जमुना न्यौपाने हो। स्थायी घर चितवन मेघौली भएकी जमुनाको साहित्यमा विशेष रुचि छ । जमुनालाई ब्लगहरु
पढ्न र लेख्नमा पनि उतिकै रुची छ । मेरो रिपोर्टको साप्ताहिक स्तम्भ
साताका ब्लगरमा आज हामीले उनै जमुना न्यौपानेसँग कुराकानी गरेका छौ।
प्रस्तुत छ उनीसँग गरिएको कुराकानी :
बुवा आमाकी कान्छी छोरी, दाजु र दिदिहरुकी
कान्छी बहिनी, साहित्यमा फुच्ची जमुना , झट्ट हेर्दा सानी नै छु यसर्थ पनि
सबैकी प्यारी छु जस्तो लाग्छ । प्यारी भएको फाइदा उठाउदै अरुको हृदयमा बस्न
मन पराउने मान्छे म ।
ब्लगिङ किन र कसरी शुरु गर्नुभयो ?
'भावनामा उपन्यासको ठेली तयार छ' भन्नेहरु
बर्गेल्ती भए झै मेरो पनि मथिङ्गलमा आख्यानात्मक पाण्डुलिपिहरु थुरै तयार
भए जुन पाण्डुलिपिलाई काला अक्षरमा उतारेर बेलाबखत पढिरहन मन लाग्यो । कुरा
आयो उतार्ने कहाँ ? झट्ट उपाय निस्कियो 'ब्लग' र फ्याट्ट तयार भयो ।
केका लागि ब्लगिङ गर्नुहुन्छ ?
केका लागि ब्लगिङ गर्नुहुन्छ ?
उसो त म कुनै प्रख्यात लेखक होइन तर पनि मनका
भावना लगायत यदाकदा हिड्दा, कसैसँग कुरा गर्दा, कसैको बारेमा सुन्दा या
कुनै पनि घटनाले मनमा चसक्क छोयो भने ब्लग लेख्छु ।
ब्लगिङका लागि विषयवस्तु कसरी छान्नुहुन्छ ?
ब्लगको सिमा विस्तृत भएको हुँदा विषयवस्तु
पनि विस्तृत नै हुन्छ जस्तो लाग्छ यसर्थ त्यही फराकिलो घेराभित्र दाँई
मार्दा जताको भित्तामा ठोक्किन्छ उतैपट्टी फर्केर लेख्ने गर्छु ।
तपाईले http://aksharkafoolaharu.blogspot.com/ बाहेक अरु पनि चलाउनु हुन्छ ?
आधिकारिक ब्लग भनेको यत्ती एउटा हो मेरो ।
ब्लगिङ गर्न कतिको सजिलो छ ?
कसैले किन लेखिस् यस्तो ? भनेर वादविवाद
गर्दैन, यो किन समेटिनस् पनि भन्दैन, यस्तो लेख् भनेर अर्डर दिने नि कोही
हुन्नन् , यो डिलिट गर भनेर धम्की दिने आँट नि कसैले गर्दैनन् । सरसर्ती
हेर्दा चाही आफुलाई कम्प्युटरको किबोर्ड चलाउन कत्तिको सजिलो / अप्ठेरो
लाग्छ त्यसैमा निर्भर हुने रहेछ ब्लगको सरलता र जटिलता पनि ।
तपाईको ब्लग पढेर पाठकले कस्तो प्रतिक्रिया दिनुहुन्छ ?
तपाईको ब्लग पढेर पाठकले कस्तो प्रतिक्रिया दिनुहुन्छ ?
वास्तविकताले मान्छेलाई छिटो छुन्छ ।
प्रत्यक्ष देखेका, सुनेका र भोगाइका छालहरुलाई सलल बगाउदै लेख्न मन पराउँछु
। यसर्थ पनि मन लगाएर पढ्ने मनहरुको प्रतिकृया सकारात्मक नै आईरहेकाछन् ।
ब्लगिङ बाहेक तपाईको रुचिका विषय के के हुन् ?
ब्लगिङको अलावा छोटा, मिठा लेखहरु लेख्न र पत्रपत्रीका तथा अनलाईन मिडियाहरुमा प्रकाशित गर्न विशेष रुची लाग्छ ।
अनि आफ्नो रुचिको विषयलाई ब्लगमा कतिको समाबेश गर्नु भएको छ ?
अनि आफ्नो रुचिको विषयलाई ब्लगमा कतिको समाबेश गर्नु भएको छ ?
धेरै । आफ्नो रुचिको निस्वार्थ भावले स्वागत र कदर गर्ने भनेकै ब्लगले हो ।
ब्लगमा समेटिएका सामाग्रीसँग जोडिएका कुनै रमाईला प्रसङ्ग भए बताई दिनुहोस न ।
खासै त्यस्तो बताउनै लायकको रमाइलो प्रसङ्ग त
छैन भन्दा पनि हुन्छ । किन पनि भने म धेरै भावुक हुन्छु । खुशीमा पनि र
विस्मात पनि । भावुक पक्ष हावी भैईदिदा हरेक रमाईला प्रसङ्गहरु ओझेलमा
पर्ने गरेका छन् मेरा ।
केहीले ब्लगिङलाई नागरिक पत्रकारिता पनि भन्ने गरेको पाईन्छ के ब्लगिङ नागरिक पत्रकारिता नै हो त ?
केहीले ब्लगिङलाई नागरिक पत्रकारिता पनि भन्ने गरेको पाईन्छ के ब्लगिङ नागरिक पत्रकारिता नै हो त ?
हो पनि हैन पनि । हो किन भने ब्लगले कुनैपनी
व्यक्तिका कुनैपनि विषयवस्तुमा आधारित स्वतन्त्र विचारलाई पदार्पण गर्ने
काम गर्छ । हैन किन भने केहि ब्लगहरु यस्ता पनि हुन्छन् जसले विचार भन्दा
पनि अफवाह बढी फैलाउछन् । त्यस्ता ब्लगरु हेर्दा ब्लगको नै दुरुपायोग भए
जस्तो लाग्छ ।
अन्त्यमा,
अन्त्यमा,
'मेरो रिपोर्ट' प्रती कृतज्ञ छु । साथै, घर
दैलोमै आइपुगेको विजया दशमिको पावन अवसरमा देश तथा विदेशमा रहनु भएका समस्त
नेपाली मनहरुलाई हार्दिक मंगलमय शुभकामना ।
Link : http://meroreport.net/page/bow-fuchchi-jamuna