माइतीघरबाट अन्मिएको दोस्रो शिशिर पश्चात्
पाएथे मैले आमा हुनुको पहिलो सौभाग्य
जब आफू हजुरबा बनेको खबर सुनेथे ससुराले
तब खुम्च्याएथे ननिको गरि नाक
र, बनाएथे चुक जस्तै अनुहार
बुझ्दैछु -
परिवारको खुशीको अगाडि हाम्रो खुशी फिक्का रहेछ ।
उसैगरि, दोस्रो शिशिर आइपुग्दा नपुग्दै
बनेथिन् मेरी सासू दोस्रो सन्तानकी हजुरआमा
हजुरअामा बनेको खबर कानमा पर्दा नपर्दै
गुजुमुज्ज परेकोथ्यो सासुको निधार
र, परेकोथ्यो उस्तै गुजुमुज्ज मन
बुझ्दैछु -
अरुको मन खुसाउदा खुसाउदै बिर्सने रहेछौ हामी आफै हास्न ।
दोष न मेरो थियो न मेरा अबोध सन्तानको
तर, नबुझेझै गरि भन्नुभो श्रीमानले -
सुनिस् अब जाचेर सन्तान जन्माउनु पर्छ ।
मैले नसुनेझै गरेर भने -
सुन्नुभो हजुर, दुई सन्तान भैगए अब नियोजन गरौ ।
उहाँले नसुने झै नै गर्नुभो र निस्कनु फुत्त बाहिर
जानुभो तर थाहा छैन कहाँ जानुभो ?
न थाहा छ पुग्नु भो कहाँसम्म ?
बुझ्दैछु -
अरुमा सपर्पित हुदा हुदै सिद्दिने रहेछ हाम्रो जिन्दगी ।
जब दुई रातपछि घर फिरेका
लोग्नेका सुरुवालमा देखे अालो टाटो
तब, भुलेर दुई सन्तानको भविष्य
बिर्सिएर ज्यानको माया
थाती राखेर मनोकांक्षाहरु
हठात मलाई गर्भवती हुने मन भयो
बुझ्दैछु -
हाम्रा लागि सबैभन्दा ठुलो शिरको सिन्दुर रहेछ ।
ठुली छोरी बायाँ हातमा
सानी छोरी दायाँ हातमा
दुबै छोरीका स्कुले ब्याग दुई काधमा
अनि, मजेत्रोले छोपेर हिडेकीछु पुटुस्स उठेको पेट
थाहा छैन मजेत्रो छोपेको यो
जिन्दगीले दिन नसकेको खुशीको पोको हो ?
या हो भरोसाको पहाड ?
बुझ्दैछु -
हामी आफ्ना लागि कम र अरुका लागि बढी बाच्ने रहेछौ ।
हरेक बिहान स्कुलको गेट अगाडी उभिएर
कक्षाकोठाभित्र छिर्दै गरेका
फूल जस्ता छोरीहरुलाई देखेसी
बिना समाधानका तर्कनाहरु खेल्छन् मनमा -
एउटै छोराले बोकेर हिड्न सक्छ परिवारको खुशी
तर दुई छोरीले धान्न सक्दैनन् किन ??
अह ! बुझिन मैले -
साच्चै, छोराहरुमा के छ त्यस्तो अनौठो शक्ति
जुन छोरीहरुले बोध गर्न सकेनन् अाजसम्म पनि
र, परिरहे पछाडि सधै