Monday, September 23, 2013

गजल २७


तिमीले बुझ्नुपर्थ्यो माया मार्नु अगाडि !!
पिरती को बसाइँ अन्तै सार्नु अगाडि !!

एक् बचन मलाई सोधेको भए हुन्थ्यो !!
दुइ नयन बाट आशु झार्नु अगाडि !!

आउँछौ कि भ'नी पर्खीरहे दोबाटोमा !!
तिमीसँग प्रेमको बाजी हार्नु अगाडि !!

दिलमा लेखेको नाम पढ्यौ या पढेनौ ?
यो मुटुलाई छिया - छिया पार्नु अगाडि !!

तिम्रो गोरेटोमा फूल बिछ्याउँदै थिए !!
मेरो बाटो काडेतार ले बार्नु अगाडि !!

उपन्यास - युद्धका डोबहरु



पुण्यप्रसाद प्रसाई र “युद्धका डोबहरु”

एकछिन त श्वास नफेरे पनि म बाच्न सक्छु । मलाई आफुमाथी विस्वास छ । म बाच्छु । म मर्दिन । यही सोच्यो मेरो मनले र गिलासको बिटमा गडेको मुख ननिकालिकन एकै श्वासमा पानी सिनित्तै पारे झै मैले पनि युद्धका डोबहरुलाई सिनित्तै पारे । श्वासै नफेरी ।
जसले आफुलाई विस्वास गर्छ उ कसरी हार्न सक्छ ? संसारले विस्वास गरोस वा नगरोस कोही आफुलाई विस्वास गर्छ भने उसले अवश्य जित्छ । पक्कै पनि वर्तमान समयमा चलिरहेको आफै  आफैसँगको विचार विचारको युद्ध र अविस्वासको व्दन्दका सामु निकै सान्दर्भिक लाग्यो मलाई युद्धका डोबहरु । डोबहरुकै अंशमा समेटिएको छ - "जुन साहित्यबाट पाठकमा प्रेरणा र उत्साह सन्चार हुँदैन त्यो मृत साहित्य हो ।" साच्चै भन्नुपर्दा यस कृतिले मृत साहित्यलाई पाखा लागाउदै पुर्ण साहित्यको अबलम्बन गरेको भेटेकि छु मैले । छोटा छोटा वाक्यमा अनुवन्धित डोबहरु पढ्न र बुझ्नको दृष्टिकोणले पनि निकै सरल छ । साहित्यका अक्षरहरु छामेर पढ्नुपर्ने हामी जस्ता सिकारु वर्गहरुका लागी झनै उत्साह जनक छ उपन्यास ।

हामी सानो छदा चोर औंलाले अक्षर देखाउदै मिसले पढाउनु हुन्थ्यो - "उदेश्य के लिनु उडि छुनु चन्द्र एक ।" यो त केबल किताबका पानाहरुमा  मात्र सिमित राख्यौ हामिले अनि सिमित छाडिदियौ अन्तिम परिक्षामा सोधिने  वस्तुगत प्रश्नहरुको ४ अप्सनमध्य यही एक अप्सनमा ठुलो गोलो-गोलो अण्डा  पारेर अनि बिषयगत प्रश्नको उत्तरमा उत्तरपुस्तिकाको एक हरफ भरी ठुलो अक्षरमा  यसरि लेखिदिन्थेउ कि चालिसे लागेर आखाँ धिरमिर धिरमिर भएका शिक्षकले पनि चस्मा नलगाइकन सजिलै पढ्न सक्नुहुन्थ्यो । यसैगरी उत्तरपुस्तिकामा सिमित रहे हामिले पढेका चन्द्रमा छुने सपनाहरु ।
साहित्यको फाटमा मात्र होइन वास्तविकताको जिवन भोगाइमा पनि हरेक तवरले हामी मध्यम वर्गिय नै छौ । निम्न वर्गिय पनि छौ । तसर्थ हामी सपना देख्न डराउछौ । असाध्यै डराउछौ । सपना देख्न पनि पैसा तिर्न पर्ने झै गरी कन्जुस्याइ गर्छौ हामी । अनि कसरी चड्न सक्छौ उच्च वर्गका सिडिहरु ? पैसा भन्दा हजारौ हजार गुणा  ठुलो हो विकसित मस्तिष्क, जुन हामीसँग छ । तर यो मस्तिष्कमा सपनाको घर होइन सैतानको विशाल महल खडा गरेका छौ हामिले । तसर्थ हामी पुस्तौ पुस्ता देखी नै हरेक तहमा  निम्न वर्गिय नै रह्यौ । मध्यम वर्गिय नै रह्यौ ।
पछिल्लो समयमा साहित्यमा कलम चलाउनेहरु प्रसस्तै भेटिन्छन र उसैगरी बर्गेल्ती भेटिन्छन उपन्यासका ठेलिहरु पनि । टाडैबाट हेरेर पनि सजिलै देख्न सकिन्छ लेखन क्षेत्रमा चलिरहेको होडबाजी । यही होडबाजिले उपन्यासकारहरुलाई पनि अछुतो राखेन । यसै क्रममा उपन्यासहरु यस्ता पनि प्रकाशित भए - पाठकको त कुरा परै रह्यो स्वयम लेखकले पनि आफ्नै परिवारका सदस्यहरुको सामु आफैले लेखेको उपन्यास पढ्न दिन लाज मान्नु पर्ने भयो । नाम नचलेको होइन । ति लेखकहरुको पनि बेस्सरी नाम चल्यो । बजारका हरेक पुस्तक पसलहरुमा सबैभन्दा अगाडी झुण्ड्याएर बिक्रीमा पनि राखिए ति उपन्यासहरु । सायद बिक्री पनि उत्तिकै भए होलान तर कृती बिक्री हुनु र नाम चल्नु मात्र ठुलो कुरा मान्दिन मैले । तसर्थ  त्यस्ता कृती र लेखकहरुको लागी निकै ठुलो चुनौती र झटारो दुबै सम्झन्छु म युद्धका डोबहरुलाई ।
लेखनी केबल लेखकका लागी मात्र होइन यो कुरा सम्पुर्ण लेखकहरुले बुझ्नु जरुरी छ । जब कुनै पनि पुस्तक पढिन्छ तब पढिसकेको पुस्तक फेरी एकपटक ओल्टाइपल्टाइ गरेर पाठक मुसुक्क मुस्काउनु जरुरी छ । जब पाठकले हातमा समातिरहेको पुस्तक हेरेर मुसुक्क मुस्काउछ तब यो सम्झनु कि उक्त  पुस्तकले पाठकको मन जितेको छ । आज सम्ममा जती पनि साहित्यका फाँटमा प्रकाशित कृतीहरु माथी नजर लगाए मैले तिनिहरु मध्यबाट मेरो मनको बेस्ट अवार्ड जित्न सफल भएको छ उपन्यास - युद्धका डोबहरु । तर लेख्दा लेखकले सानो भन्दा सानो कुरामा पनि बिशेष ख्याल पुर्याउनु पर्ने हुन्छ । तिनै साना कुराहरुले गर्दा नै कृती फितलो बन्न कत्ती बेर लाग्दैन । यसै उपन्यासमा लेखिएको छ - "झुट एउटा आकर्षण हो । एउटा धोकाधडि, जसलाई फेन्टासिमा सजाउन सकिन्छ । यसलाई रहस्यमय अवधारणाको रङ्गिन पर्दामा राख्न सकिन्छ । सत्य अर्थात यथार्थ भावहिन र गम्भिर हुन्छ, जसलाई झेल्नु निकै सुबिधाजनक  हुँदैन । तर, झुट अचार जस्तो स्वादिष्ट हुन्छ । कल्पनाको उडान बडो रङ्गिन हुन्छ । दुनियामा सबैभन्दा बेकामे लेखक र बेकामे मान्छे त्यो हो, जसले सधै यथार्थ लेख्ने गर्छ र त्यसलाई साहित्य भन्छ ।" यहाँनिर यथार्थ लेख्नु भनेको बेकामे लेखक र बेकामे मान्छे हो भनेर पढिरहदा यस्तो अनुभुत भयो कि - सायद, युद्धका डोबहरुमा उतारिएका सपना र सफलताका कुराहरु पनि बेकम्मा रहेछन । यो सपना र सफलताको बिचमा कुनै तालमेल नै रहेनछ । यो त केबल पुण्यप्रसाद प्रसाईको झुट लेख हो र आफु झुट लेख्ने सफल लेखक । पाठकलाई अवस्यै थाहा छ - यस उपन्यासमा समेटिएका सपना र सफलताका बिम्बहरुले यथार्थमा नै सफलताको शिखर चडाउन सक्नेछन । तर त्यसरि समावेश गरियका शब्दहरुको भावले पाठकलाई नअल्मलाईदिओस - हामी सम्पुर्ण पाठकहरुको आकांक्षा हो यो ।
हामी पाठकहरु पुस्तक पढिरहदा निस्फिक्री सित बग्न चाहन्छौ तसर्थ तपाईं लेखकहरु सुन्दर नदी बनिदिनुस । र बगाउनुस हामिलाई त्यही नदिमा ।
तपाईं लेखकहरु लेख्नुस । लेखिरहनुस । तर लेख्नु पुर्व आफ्नो कृतिले पाउने पुरस्कारको सम्भावना सम्झेर नलेख्नुस । सम्झनुस तर पाठकलाई सम्झिएर लेख्नुस । युद्धका डोबहरुलाई जसरि तयार पारेको पाण्डुलिपी च्यातेर पुन: लेखियो । पाठकलाई सम्झिएर लेखियो । हो त्यसरि नै लेख्नुस । यसको मतलब  तयार पारिएका सबै पण्डुलिपी च्यातेर लेखियोस यसो भन्न खोजेकी होइन । तपाईंको कृतिलाई सफल बनाउने सम्पुर्ण जिम्मा पाठकमा निहित हुन्छ तसर्थ लेखिरहदा पाठकलाई मनले सम्झिएर लेखिदिनुस । तबमात्र  तपाईंको कृती सफल हुनेछ अनि तपाईं सफल लेखक हुनुहुनेछ । मेरो नजरमा युद्धका डोबहरु एउटा सफल कृती बनेकोछ अनि पुण्यप्रसाद प्रसाई सफल लेखक अर्थात,
युद्धका डोबहरु + सफल कृती = सफल लेखक(Punyaprasad prasai)

Thursday, September 5, 2013

गजल २६


घरी पानीमा सलबलाउछु, घरी किनारमा छु एक्लै
मानौ म माछो यो ठुलो नदी तर संसारमा छु एक्लै

प्रेम हराएको जिन्दगीमा उफ्, यो उजाड मरुभुमि
प्यास बढ्दै छ पानीको या प्रेमको दोधारमा छु एक्लै

दम्किरहेछु, खरानी बन्दैछु या अंगार ? थाहा छैन
नदिसँगै बग्न मन छ, त्यसैले हतारमा छु एक्लै

अन्जान कोही "प्रिया" भनेर बोलाउदै थियो मलाई
फेरी भन्यो तिमी एक्लै म पनि घरबारमा छु एक्लै

अहो ! म अचम्म थिए माया गर्नेहरुको बजारमा
तर, माया गर्नेहरुको हजारौ हजारमा छु एक्लै

गजल २५



सहदा सहदै नसकेपछि पिए धेरथोर लाग्यो आमा
यो शहरमा पसिनाको मुल्य सुका र मोहोर लाग्यो आमा

आफ्नै तरिकाले जिन्दगीलाई सरलिकरण गर्दै थिय
जोडे,घटाय,गुणन गरे, भागफल बिजोर लाग्यो आमा

मुटु भरी माया छ, तर उसले निर्मोही बताएर गयो

मेरै प्रेमले मलाई दिएको सजाय कठोर लाग्यो आमा

एक बिस बसन्त भर्खर - भर्खर पार गरेकी छु मैले
खै किन-किन म हतास छु जिन्दगी घनघोर लाग्यो आमा

भनेकी थियौ - गन्तव्य सुन्दर छ, हिडेर त हेर छोरि
मैले हिडे नरोक्किएर हिडे हिड्दा हिड्दै बोर लाग्यो आमा