पुण्यप्रसाद
प्रसाई र “युद्धका डोबहरु”
एकछिन
त श्वास नफेरे पनि म बाच्न सक्छु । मलाई आफुमाथी विस्वास छ । म बाच्छु । म मर्दिन ।
यही सोच्यो मेरो मनले र गिलासको बिटमा गडेको मुख ननिकालिकन एकै श्वासमा पानी सिनित्तै
पारे झै मैले पनि युद्धका डोबहरुलाई सिनित्तै पारे । श्वासै नफेरी ।
जसले
आफुलाई विस्वास गर्छ उ कसरी हार्न सक्छ ? संसारले विस्वास गरोस वा नगरोस कोही आफुलाई
विस्वास गर्छ भने उसले अवश्य जित्छ । पक्कै पनि वर्तमान समयमा चलिरहेको आफै आफैसँगको विचार विचारको युद्ध र अविस्वासको व्दन्दका
सामु निकै सान्दर्भिक लाग्यो मलाई युद्धका डोबहरु । डोबहरुकै अंशमा समेटिएको छ -
"जुन साहित्यबाट पाठकमा प्रेरणा र उत्साह सन्चार हुँदैन त्यो मृत साहित्य हो ।"
साच्चै भन्नुपर्दा यस कृतिले मृत साहित्यलाई पाखा लागाउदै पुर्ण साहित्यको अबलम्बन
गरेको भेटेकि छु मैले । छोटा छोटा वाक्यमा अनुवन्धित डोबहरु पढ्न र बुझ्नको दृष्टिकोणले
पनि निकै सरल छ । साहित्यका अक्षरहरु छामेर पढ्नुपर्ने हामी जस्ता सिकारु वर्गहरुका
लागी झनै उत्साह जनक छ उपन्यास ।
हामी
सानो छदा चोर औंलाले अक्षर देखाउदै मिसले पढाउनु हुन्थ्यो - "उदेश्य के लिनु उडि
छुनु चन्द्र एक ।" यो त केबल किताबका पानाहरुमा मात्र सिमित राख्यौ हामिले अनि सिमित छाडिदियौ अन्तिम
परिक्षामा सोधिने वस्तुगत प्रश्नहरुको ४ अप्सनमध्य
यही एक अप्सनमा ठुलो गोलो-गोलो अण्डा पारेर
अनि बिषयगत प्रश्नको उत्तरमा उत्तरपुस्तिकाको एक हरफ भरी ठुलो अक्षरमा यसरि लेखिदिन्थेउ कि चालिसे लागेर आखाँ धिरमिर धिरमिर
भएका शिक्षकले पनि चस्मा नलगाइकन सजिलै पढ्न सक्नुहुन्थ्यो । यसैगरी उत्तरपुस्तिकामा
सिमित रहे हामिले पढेका चन्द्रमा छुने सपनाहरु ।
साहित्यको
फाटमा मात्र होइन वास्तविकताको जिवन भोगाइमा पनि हरेक तवरले हामी मध्यम वर्गिय नै छौ
। निम्न वर्गिय पनि छौ । तसर्थ हामी सपना देख्न डराउछौ । असाध्यै डराउछौ । सपना देख्न
पनि पैसा तिर्न पर्ने झै गरी कन्जुस्याइ गर्छौ हामी । अनि कसरी चड्न सक्छौ उच्च वर्गका
सिडिहरु ? पैसा भन्दा हजारौ हजार गुणा ठुलो
हो विकसित मस्तिष्क, जुन हामीसँग छ । तर यो मस्तिष्कमा सपनाको घर होइन सैतानको विशाल
महल खडा गरेका छौ हामिले । तसर्थ हामी पुस्तौ पुस्ता देखी नै हरेक तहमा निम्न वर्गिय नै रह्यौ । मध्यम वर्गिय नै रह्यौ
।
पछिल्लो
समयमा साहित्यमा कलम चलाउनेहरु प्रसस्तै भेटिन्छन र उसैगरी बर्गेल्ती भेटिन्छन उपन्यासका
ठेलिहरु पनि । टाडैबाट हेरेर पनि सजिलै देख्न सकिन्छ लेखन क्षेत्रमा चलिरहेको होडबाजी
। यही होडबाजिले उपन्यासकारहरुलाई पनि अछुतो राखेन । यसै क्रममा उपन्यासहरु यस्ता पनि
प्रकाशित भए - पाठकको त कुरा परै रह्यो स्वयम लेखकले पनि आफ्नै परिवारका सदस्यहरुको
सामु आफैले लेखेको उपन्यास पढ्न दिन लाज मान्नु पर्ने भयो । नाम नचलेको होइन । ति लेखकहरुको
पनि बेस्सरी नाम चल्यो । बजारका हरेक पुस्तक पसलहरुमा सबैभन्दा अगाडी झुण्ड्याएर बिक्रीमा
पनि राखिए ति उपन्यासहरु । सायद बिक्री पनि उत्तिकै भए होलान तर कृती बिक्री हुनु र
नाम चल्नु मात्र ठुलो कुरा मान्दिन मैले । तसर्थ
त्यस्ता कृती र लेखकहरुको लागी निकै ठुलो चुनौती र झटारो दुबै सम्झन्छु म युद्धका
डोबहरुलाई ।
लेखनी
केबल लेखकका लागी मात्र होइन यो कुरा सम्पुर्ण लेखकहरुले बुझ्नु जरुरी छ । जब कुनै
पनि पुस्तक पढिन्छ तब पढिसकेको पुस्तक फेरी एकपटक ओल्टाइपल्टाइ गरेर पाठक मुसुक्क मुस्काउनु
जरुरी छ । जब पाठकले हातमा समातिरहेको पुस्तक हेरेर मुसुक्क मुस्काउछ तब यो सम्झनु
कि उक्त पुस्तकले पाठकको मन जितेको छ । आज
सम्ममा जती पनि साहित्यका फाँटमा प्रकाशित कृतीहरु माथी नजर लगाए मैले तिनिहरु मध्यबाट
मेरो मनको बेस्ट अवार्ड जित्न सफल भएको छ उपन्यास - युद्धका डोबहरु । तर लेख्दा लेखकले
सानो भन्दा सानो कुरामा पनि बिशेष ख्याल पुर्याउनु पर्ने हुन्छ । तिनै साना कुराहरुले
गर्दा नै कृती फितलो बन्न कत्ती बेर लाग्दैन । यसै उपन्यासमा लेखिएको छ - "झुट
एउटा आकर्षण हो । एउटा धोकाधडि, जसलाई फेन्टासिमा सजाउन सकिन्छ । यसलाई रहस्यमय अवधारणाको
रङ्गिन पर्दामा राख्न सकिन्छ । सत्य अर्थात यथार्थ भावहिन र गम्भिर हुन्छ, जसलाई झेल्नु
निकै सुबिधाजनक हुँदैन । तर, झुट अचार जस्तो
स्वादिष्ट हुन्छ । कल्पनाको उडान बडो रङ्गिन हुन्छ । दुनियामा सबैभन्दा बेकामे लेखक
र बेकामे मान्छे त्यो हो, जसले सधै यथार्थ लेख्ने गर्छ र त्यसलाई साहित्य भन्छ ।"
यहाँनिर यथार्थ लेख्नु भनेको बेकामे लेखक र बेकामे मान्छे हो भनेर पढिरहदा यस्तो अनुभुत
भयो कि - सायद, युद्धका डोबहरुमा उतारिएका सपना र सफलताका कुराहरु पनि बेकम्मा रहेछन
। यो सपना र सफलताको बिचमा कुनै तालमेल नै रहेनछ । यो त केबल पुण्यप्रसाद प्रसाईको
झुट लेख हो र आफु झुट लेख्ने सफल लेखक । पाठकलाई अवस्यै थाहा छ - यस उपन्यासमा समेटिएका
सपना र सफलताका बिम्बहरुले यथार्थमा नै सफलताको शिखर चडाउन सक्नेछन । तर त्यसरि समावेश
गरियका शब्दहरुको भावले पाठकलाई नअल्मलाईदिओस - हामी सम्पुर्ण पाठकहरुको आकांक्षा हो
यो ।
हामी
पाठकहरु पुस्तक पढिरहदा निस्फिक्री सित बग्न चाहन्छौ तसर्थ तपाईं लेखकहरु सुन्दर नदी
बनिदिनुस । र बगाउनुस हामिलाई त्यही नदिमा ।
तपाईं
लेखकहरु लेख्नुस । लेखिरहनुस । तर लेख्नु पुर्व आफ्नो कृतिले पाउने पुरस्कारको सम्भावना
सम्झेर नलेख्नुस । सम्झनुस तर पाठकलाई सम्झिएर लेख्नुस । युद्धका डोबहरुलाई जसरि तयार
पारेको पाण्डुलिपी च्यातेर पुन: लेखियो । पाठकलाई सम्झिएर लेखियो । हो त्यसरि नै लेख्नुस
। यसको मतलब तयार पारिएका सबै पण्डुलिपी च्यातेर
लेखियोस यसो भन्न खोजेकी होइन । तपाईंको कृतिलाई सफल बनाउने सम्पुर्ण जिम्मा पाठकमा
निहित हुन्छ तसर्थ लेखिरहदा पाठकलाई मनले सम्झिएर लेखिदिनुस । तबमात्र तपाईंको कृती सफल हुनेछ अनि तपाईं सफल लेखक हुनुहुनेछ
। मेरो नजरमा युद्धका डोबहरु एउटा सफल कृती बनेकोछ अनि पुण्यप्रसाद प्रसाई सफल लेखक
अर्थात,
युद्धका
डोबहरु + सफल कृती = सफल लेखक(Punyaprasad prasai)