भन्नेहरुले
–
“जती सुकै
प्रतिशतका कुरा किन नगरुन
तर हामी
छोरिको जिवन भनेको
हारेको
जुनि हो …. !!!”
कस्तो बनायो
दैवले नियम पनि -
पराई मान्छेलाई
आफ्नो सम्झेर
जन्मदिने
घर परिवार छोडेर
आफ्ना रहरहरुसँग
सम्झौता गरेर
उही पराईका
खुशीहरुलाई
आफ्नो खुशी
सम्झेर
रमाउने
पर्ने रे हामि
अनि बिताउने
पर्ने रे जिवन…. !!!
हो साथी
नियम यस्तै छ
यो नियम
न हामिले फेर्न सक्छौ
न त नाघेर
हिड्न नै
केबल सक्छौ
हामि
त्यही घेरा
भित्र बेरिएर बस्न
र सक्छौ
सकी नसकी भए पनि
बस्नु पर्ने
बाध्यतालाई झेल्न …. !!!
आखाँभरी
छचल्किएको आशुलाई
आखाँको
डिलले अडाइराख्नु
र खस्न
नदिनु पराइको सामु
बरु मुसुक्क
मुस्काई दिनु
ओठभरी मुस्कानी
फुलहरु छरेर … !!!
मनको पिडालाई
मनैमा लुकाएर राख्नु
र हरहमेसा
फिजाउनु पराइको सामु
खुशीका
लहरहरु… !!!
भन्छन
-
मुटुभरी
पिडा जती भए पनि
पराई घरलाई
खुशी दिनु नै
वैवहिक
जिवन सफल हुनु हो रे…. !!!
त्यसैले
साथी,
मुटुको
चोटलाई मुटुभित्रै दबाएर
पराई मान्छे
र पराई घरलाई
खुशी दिनु
मेरो शुभकामना
अनी लाखौ
लाख शुभकामना
तिम्रो
वैवाहिक जिवन सफल होस… !!!