खै! किन
फल्दै गरेको बोट ढलाएर गयौ
बोट ढलायौ
र बाकिँ जरा हल्लाएर गयौ
आशु पिएर
भएपनी ज्युदो बाचेकी थिए
स्वास छदै
चिता चढायौ र जलाएर गयौ
रातमा जून
थियो दिनमा एक्लै रमाउथे
शान्त थियो
मन आयौ र चलायर गयौ
रहरहरु
सपनी सँगै सजाएर राख्थे
सपनिमै
आयौ र मलाई छलाएर गयौ
प्रेम बाटिकामा
प्रेम पुष्प फुलाएर राखे
फूल निमोठ्यौ
र स्वार्थी फल फलाएर गयौ