सुधीर शर्माको ‘प्रयोगशाला’ लाई सरसरती नियालेर हेर्दा
"हामी आफूखुशी कहिल्यै मिल्न नसक्ने
कसैले मिलाईदिनुपर्ने,
हामी आफूखुशी कहिल्यै छुट्टिन नसक्ने
कसैले छुट्याइदिनुपर्ने,
…पुरानो क्यारमबोर्डका गोटी हौ
एउटा मनोरन्जक खेलका सामाग्री
एउटा खेलाडी माथी आश्रीत
आफ्नो गती हराएका
एउटा स्ट्राइकर द्वारा सन्चालित
हो, हामी मानिस कम र गोटी वर्ता हौ "
कसैले मिलाईदिनुपर्ने,
हामी आफूखुशी कहिल्यै छुट्टिन नसक्ने
कसैले छुट्याइदिनुपर्ने,
…पुरानो क्यारमबोर्डका गोटी हौ
एउटा मनोरन्जक खेलका सामाग्री
एउटा खेलाडी माथी आश्रीत
आफ्नो गती हराएका
एउटा स्ट्राइकर द्वारा सन्चालित
हो, हामी मानिस कम र गोटी वर्ता हौ "
भूपी
शेरचनको "घुम्ने मेच माथी अन्धो मान्छे" को यसै कविताबाट 'प्रयोगशाला' को
सुभारम्भ गरिएको छ । जसरि यो कविताले एउटा स्पष्ट लय बोकेर बगेको छ ठिक त्यसरि नै बगेका
छन 'प्रयोगशाला' मा सुधीर शर्माका कलमहरु पनि । समग्रमा यो पुस्तकलाई राजनैतिक ठेली
भनौ या दिल्ली, दरबार र माओवादी बिचको सम्पुर्ण नालिबेली ? जे भने पनि जसरि बुझे पनि
आखिर कल्पनाको छायाँसम्म नपरेको यो एउटा यथार्थ गैर आख्यान कृती हो ।
फलको
पनि बोक्रा र गुदी बिच गहिरो सम्बन्ध हुनु जरुरी ठान्छु म उसैगरी कृतिको नाम र भित्र
कुदिएका अक्षरहरुले बोकेको आशयमा पनि मिजासिलो साइनो हुनुपर्छ । अन्यथा नाम र अक्षरहरुले
छुट्टाछुट्टै मानेमा बोकेर हिडे भने घर खान नसकेर माईतिमा बसेकी छोरिको कहाँनी जस्तो
फितलो हुन्छ पुस्तक । बेस्वादको हुन्छ तर 'प्रयोगशाला' त निकै स्वादिलो लाग्यो मलाई
। मह काट्नेले चाट्ने हात जस्तो । आवरणमा लेखिए अनुसार नै सङ्क्रमणमा दिल्ली, दरबार
र माओवादी बिचको कुराकानीबाट कही कतै तितरबितर भएको छैन यो आख्यान ।
प्रत्यक
घटनाक्रमलाई भिन्नाभिन्नै शिर्षकमा छुट्याएर लेखिएको छ जसले गर्दा कुन समयमा के भयो
? भनेर बुझ्न अझ सजिलो छ हामिलाई । माओवादी को जनयुद्धले नेपालीलाई दिएको शास्ती र
ज्याजतीका घटनाहरु खासै उल्लेख नगरिएता पनि उक्त युद्धकालमा भएका मुख्य-मुख्य राजनैतिक
घटनाहरुलाई नछुटाईकन समावेस गरिएको छ । क्रमैसँग । त्यही बिचमा समावेस गरिएको छ - राजदरबार
हत्याकाण्डको छोटो अंश पनि । शर्मा लेख्छन् – “प्रधानन्यायाधिस केशव प्रसाद उपाध्याय
र सभामुख तारानाथ रानाभाट रहेको उक्त छानबिन समितिले दीपेन्द्रलाई हत्याराको आरोप लगायो
तर त्यही सेरोफेरोमा रहेका कैयौ प्रश्नहरुको उत्तर दिन नसकेर नाजवाफ भयो समिती । अझ
मृतकहरुको “पोस्टमार्टम” नगरिनुले पनि शंका माथी शंका थप्ने काम गर्यो त्यतिबेला तर
विस्तारै सेलाउदै गयो सबुत पत्ता लगाउने प्रकृया पनि” । साच्चै नै यो हत्याकाण्ड रहस्यमय
बन्यो र रहस्यमा रहदा रहदै रहस्यको बिचबाटै
रहस्यमय तरिकाले नै सेलायो ।
हुन
त माओवादिले सर्त मुताबिक नै जनयुद्धको थालनी गरेको थियो तर पढ्दै जादा यस्तो लाग्यो
- जनयुद्धको पक्षमा स्वयम माओवादी नै थिएन । उनिहरुले केबल आफ्नो माग परिपुर्तिका लागी
धम्की दिएका थिए । आखिरिमा माग पुरा नभएपछी धम्किलाई कार्यन्वयन गर्नु रहर होइन बध्यता
आइपर्यो । जुन टार्न खोजेर पनि टार्न नसकिने थियो । यदी उनिहरु जनयुद्धकै पक्षमा थिए
भने निरन्तर रुपमा वार्ताको लागी पहल किन गर्थे ? युद्धबाट होइन वार्ताबाट मिलौ भनेर
किन भन्थे उनिहरु ? असल योद्धाहरु त जबसम्म
जित सुनुश्चित हुँदैन तबसम्म निरन्तर लडिरहन्छन । वार्ताबाट होइन उनिहरु युद्धबाट नै
जित हासिल गर्न चाहान्छन् । जसरि नेपोलियन बोनापाटले जिते, हिगो चावेज(भेनेजुयलाका
राष्ट्रपती) ले जिते, माओ त्सेतुङले जिते र जित्यो हिटलरले पनि ।
एउटै
कोखबाट जन्मिएका दाजुभाई बिचमा त मनमुटाव हुन्छ भने राजनैतिक विचारबाट एक भएका नेताद्वयहरु
बिचको तालमेल बेलाबखत बिग्रनु खासै ठुलो र नौलो कुरा होईन् । त्यस्ता खिचातानिहरु माओवादिका
विचमा पनि कैयौ आएको देखिन्छ । दुस्परिणाम : पार्टी नै दुइ चिरा भएको सबुत हाम्रो आखाँ
अगाडी नै छर्लङ्ग छ । सायद, त्यस्ता बेमेलहरु राजनैतिक आचारण नै हो कि ?
जसोतसो
भएपनी जनयुद्धलाई अगाडी बढाइरहदा यदी नेताद्वयहरु स्वयम आजित नभएको भए एमाले नेता माधवकुमार
नेपालसँग हिसिला यमीले “यिनिहरुको जनयुद्ध कही पार लाग्ने हैन, हामिलाई सिध्याउने भए,
बचाउनुहोस” भनेर याचना गर्दैन थिइन होला ? यही एक वाक्य बाट नै पुष्टी हुन्छ कि उनिहरु
युद्धदेखी कती आत्तिइसकेका थिए भनेर ।
सायद,
राजदरबार हत्याकाण नभैदिएको भए, २०६१ माघ १९ मा ज्ञानेन्द्र राजाले 'कू' नगरेको भए
र भारतले नेपाल माथी चालबाजी खेल नखेलेको भए शान्तीसम्झौता पहिले नै हुन सक्थ्यो अनि
न त माओवादिहरु थप आक्रामक हुने थिए न त नेपाली जनताले डर, त्रास, भए र अनेकौ ज्याजतीका
बिच दिन गुजार्नु पर्थ्यो । जेहोस ढिलै गरेर भएपनी २०६३ मङ्सिर ३ को विस्तृत शान्तीसम्झौताले
नेपालालाई नयाँ गोरेटोमा हिडाउने प्रयत्न गर्यो । शान्तीसम्झौता भए पश्चातको २०६२/०६३
को जनआन्दोलनबाट प्राप्त गरिएको लोकतान्त्रीक गणतन्त्र नेपाल र नेपाली दुबैको लागी
एउटा साहसिक कदम हो तर नेपाली नेताहरुमा झन्-झन् बढदै गएको परनिर्भरताले गर्दा सोचे
अनुरुप सफलता हासिल गर्न सकेन । नेपाल नितिको निर्माण र कार्यान्वयनको 'डाडु - पन्यूँ'
नै भारतिय निकाएलाई सुम्पनु सबैभन्दा ठुलो भूल भयो र बिडम्बना पनि । आफूलाई राष्ट्रवादी
नेता भन्न रुचाउने हाम्रा देशका नेताहरु केबल नामका मात्र नेता रहेछन् । राष्ट्रप्रेमी
नेतामा हुनुपर्ने गुणहरु कसैमा पनि रहेनछ । भूपी शेरचनले कवितामा भने झै हाम्रा नेताहरु
भारतका गोटी हुन् । भारतले जता चलायो उतै चल्ने । जसरि चलायो उसरि चल्ने । सायद, त्यसो
नभएको भए संविधान पहिले नै लेखिन्थ्यो कि ? भनेर आशंका गर्ने ठाउँ दिएका छन नेताहरुले
। सविधान लेखनका लागी चुनिएका ६०१ सभासदहरुलाई खुवाइएको लगभग ९ करोड बराबरको भत्ता
रकम बालुवामा पानी खन्याए सरह भयो । परिणामत: न त्यो काम लाग्यो न त काम लाग्ने छ कुनै
दिन ।
उसो
त माओवदिले जनयुद्ध र संविधान सभाको बाटोबाट प्राप्त गरेको देखिने उपलब्धी भनेको गणतन्त्र थियो तर के त्यसका लागी दशक लामो हिंसात्मक
द्वन्द आवश्यक थियो ? नि:शस्त्र जनसङ्घर्षका माध्यमबाट सम्भव थिएन ? यस्ता प्रश्नहरु
किन उठिरहेछन भने गणतन्त्रको प्राप्ती पनि मओवादिको एकल सामर्थ्यबाट सम्भव भएको थिएन
त्यसमा काङ्ग्रेस - एमाले जस्ता संसदिय अभ्यासमा रहेका दल र भारत समेतको सहकार्य जोडिएको
थियो भने दशक भन्दा बढी समयसम्म निर्दोष नेपालीले बगाएको रगतको खोलो के का लागी ? के
पाउँछौ भनेर आफ्नो ज्यानको बाजी राखेर युद्धमा होमिएका थिए नेपालीहरु ? कैयौ नेपाली
चेलीहरुको सिउँदो उजाडियो, कैयौ आमाहरुको काख रित्तो भयो, कैयौ नानिबाबुहरु टुहुरा
बने यो सब के का लागी गरियो ?
'प्रयोगशाला'
पढिसकेपछी यस्तो लाग्यो - यो कृतिमा नेपालका मओवादीलाई केन्द्रमा राखेर तत्कालिन राजतन्त्र
र भारतीय संस्थापनसँग उनिहरुको उतार - चढावपुर्ण सम्बन्ध केलाउन खोजिएको छ । यस अर्थमा
'प्रयोगशाला' नेपाली सङ्क्रमणमा दिल्ली, दरबार र माओवादी को भूमिकाको लेखाजोखा हो ।
सम्भवत:
आधुनिक नेपालको जन्म भएयता झन्डै अढाई सय वर्षको इतिहासमा दशक लामो माओवादी विद्रोह
सबभन्दा ठुलो आन्तरिक चुनौतिका रुपमा देखा परेको थियो । त्यही चुनौतिलाई आत्मसाथ गर्दै
सुधीर शर्माले राजनैतिक दल र भारतिय एजेन्सिहरुको बिचको सम्बन्धलाई थप चुनौती थपिदिएको
भान भएको छ मलाई ।
अक्षर-अक्षर
निफनेर केलाउदा पनि बियाको त कुरा परै रह्यो कनिका समेत भेट्न कठिन 'प्रयोगशाला' मा
प्रयोग गरिएको सरलतामा म जस्ता राजनितिको 'र' सम्म नबुझेको पाठकलाई पनि सहजै आकर्षित
गर्न सक्ने कलाले जो कोहीको पनि मन छुन सक्छ - भन्नेमा म विश्वस्त छु । लेखनकार्य आफैमा
कठिन कार्य हो उसैमाथी सत्य तथ्य घटनाहरुलाई कला र शिल्प को मालामा गास्नु अझ कठिन
बाटो हो जस्तो लाग्छ मलाई । यस मानेमा पनि यो कठिन बाटोलाई सहजै पार गर्न सफल भएका
छन् सुधीर शर्मा । यो सफलताले शर्मालाई हरहमेशा पछ्याइरहोस मेरो कामना साथै कृतिको
सफलताको शुभकामना पनि ।