Monday, March 23, 2015

साच्चै, अबुझ छन् मान्छेहरु !!

जसरि एउटा फूलको बोटले आफुलाई बचाएको जरा सुकेपछी स्वयम आफु पनि सुक्न बाध्य हुन्छ त्यसरि नै मर्न बाध्य हुदो रहेछ मान्छे - आफ्नो मनका सपनाहरु मरेपछी । होला, मान्छे हेर्दा स्वास फेरिरहेको, हिडिरहेको, कुदिरहेको, बोलिरहेको देखिएला तर मनका इच्छा, आकांक्षा, रहर र सपनाहरु मरिसकेपछी मान्छे बोल्नु हिड्नु र स्वास फेर्नुले मात्र ज्युदो नहुदो रहेछ । उसको अन्तर आत्मा मरिसक्छ र पनि नचाहेरै लतार्नु पर्ने यि पाइलाहरु फगत लतारिएका हुनेछन् । फेरिएको स्वास पनि फगत फेरिएको हुनेछ । साच्चै सबै कृयाकलापहरु फगत रुपमै गरिएका हुनेछन् । मनभरी पिडा हुन्छ, आँखाभरी आशु हुन्छ, मुटुभरी घाउँ हुन्छ अनि चाहर्याइ रहेको हुन्छ हृदय र पनि सबै भुलेर मानौ मलाई केहि भएकै छैन् झै गरेर मुसुक्क मुस्काइदिनु पर्ने यो दुनियाको सामु - अहो ! कती गाह्रो कुरो । फेरी यो समज पनि त त्यती साह्रो बुझकी कहाँ छ र ? आँखाभरी आशु छचल्किएक्को देख्न सक्दैन तर देख्छ ओठको मुस्कान । अचम्म छ केबल मुस्कान देख्छ समाज अह ! देख्दैन् मुस्कानमा लुकेको असिम पिडाका बहाबहरु । जहाँ सम्म लाग्छ - मलाई मात्र होईन् कोही कसैलाई पनि आफ्नो आँखाभरीको आशु अरुले देखोस् र कठै ! भनिदिओस् भन्ने चाहना हुँदैन् । म चाहान्छु - मेरो पिडाको एक अंश पनि नबुझोस् यो दुनियाले अझ चाहान्छु कत्ती पनि भ्यउ नपाओस् । पिडा दबाएरै भए पनि यो दुनियाको आँखामा मुसुक्क मुस्कान अवस्य छर्नेछु र कत्ती पनि बन्ने छैन् अरुको दयाको पात्र । चाहान्छु - हामी कोही पनि कसैको दयाको पात्र बन्नु नपरोस् । कहिल्यै पनि । कसैको पनि ।

समयको बेगसँगै दौडिने हामी अरबौ मान्छेहरु मध्य सबैको आ-आफ्नो धारणा होला त्यस्तै मेरो पनि आफ्नै धाराणा छ । जुन धारणा नभोग्नेहरुको मनसंग मेल नखान सक्छ अझ भनउ उनिहरुलाई पाच्य नहुन पनि सक्छ तर मेरो धारणा त नितान्त निजी हो तसर्थ अरुलाई पाच्य होस् या अपाच्य त्यसको कुनै प्रवाह नै छैन् मलाई । जब यहाँका अरबौ खरबौ मान्छेहरुलाई मेरो हासो खुशी पिडा या दर्द को कुनै वास्ता छैन् भने यो स्वार्थी दुनियाको वास्ता गरेर आफ्नो विचार पोख्न र राख्न डराउनु पर्ने कुनै कारण नै देख्दिन म । यसर्थ मैले भोगिरहेको यथार्थ दुनियामा म नितान्त एक्लई ज्युन खोजिरहेछु । एक्लई हास्न , एक्लई रुन अनि एक्लई एक्लई मन बहलाउन किनकी यहाँका मान्छेहरुले देखुन र कठै भनुन् भन्ने चाह नै छैन् मलाई र कहिल्यै नभनुन् पनि ।
जब म भोग्दा भोग्दै थाक्छु तब रुन्छु । बेस्सरी रुन्छु । सिरानिले मुख छोपेर रुन्छु, घोप्टो परेर रुन्छु, रुन्छु डाको छोडेरै रुन्छु तर डम्म फुलेका आँखा बोकेर बाहिर निस्कदा पनि मुसुक्क मुस्काइदिन्छु र देखाइदिन्छु देख्नेहरुलाई म खुशी छु । बिल्कुल खुशी छु । कत्ती छैन् यो मनमा पिडा र कत्ती छैन् आँखामा अभावका बाछिटाहरु पनि ।
हासो उठ्छ तब - जब मेरा फुलेका आँखा र मलिन मुहारबाट निस्किएको पिडा मिसृत हासो पनि खुट्याउन सक्दैनन् यि मान्छेहरु । आफुलाई निकै बुझकारी सम्झन्छन् तर साच्चै कती अबुझ छन् है यि मान्छेहरु ? ? कत्ती सोच्दैनन् कि पर्दा अगाडिका हरेक कुराहरु सत्य हुँदैनन् भनेर । म त चाहान्छु कि पर्दा अगाडी र पर्दा पछाडिको सत्य र असत्यको भेद कहिल्यै ठहर्याउन नसकुन यहाँका मान्छेहरुले । यसरि नै सधैभरी अबुझ नै रहिरहुन् । आँखा भएका अन्धा जसरि ।