Wednesday, January 20, 2016

अशरफ फयादको नाउँमा

ashraffayadh
यतिबेला हरेक सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा एक कविको नाम अग्रपंतिमा छ - "प्यालेस्टिनी कवि अशरफ फयाद" र उस्तै प्रख्यात भएको छ #FreeAshraf  ह्याट्कट्याग पनि ।  उनले बटुलेको यो चर्चा देशव्यापी मात्र नभै विश्वव्यापी रुपमा छ । निकै छोटो समयमा यती ठुलो ख्याती कमाएका फयादलाई बधाईका शब्दहरु भन्दा बेशी जिवनदानको माग गरिरहेछन् लाखौ लाख साहित्यकारहरु । अरुबखत लुछाचुडी र तँ तँ मँ मँ गर्ने जनताहरु जब संकत पर्छ तब एक हुन्छन् । नेपालका मात्र होइन हरेक देशका । विश्वभरिका । यतिबेला त्यसरि नै एकजुट भएका छन् जनताहरु । केबल नेपालका मात्र होइन देशभरिका जनता । कवितालाई माया गर्ने जनताहरु । कविता लेखेकै कारण साउदी सरकारले मृत्युदण्डको सजाय सुनाएपछि नेपाल लगायत विश्वका विभिन्न मुलुकका कवि, लेखक, कलाकारहरुले उनको बचाउका लागि आवाज उठाइरहेका छन् । 
फयादलाई लागेका आरोपमध्ये धर्मत्याग पनि एक हो । कला र कवितासम्बन्धी विभिन्न संगठनमा बसेर महत्त्वपूर्ण काम गर्दै आएका प्यालेष्टिनी मूलका कवि फयादको जन्म सन् १९८० मा साउदी अरेबियामा भएको हो भने उनी त्यहाँ शरणार्थीको रुपमा बस्दै आएका हुन् । एकदिन एक साथीसित वादविवाद भएको थियो र, त्यसैको निहुँमा उनी सन् २०१३ अगष्ट ६ मा पक्राउ परेका थिए । तर त्यसको भोलिपल्टै उनी जमानतमा छाडिएका थिए । पछि २०१४ जनवरी १ मा पुन: पक्राउ गरेर उनलाई कठघरामा उभ्याइयो र त्यहाँ ४ वर्षको जेल सजाय साथै ८०० कोर्राको सजाय सुनाइयो जुन सजाय हल्का भएको निर्क्योल निकालेर सो मुद्दालाई पुन: ब्युँताइयो । यसै सिलसिलामा पुनरावेदन अदालतले उनलाई तल्लो अदालतमा पठायो जहाँ २०१५ नोभेम्बर १७ का दिन फयादको मुद्दा हेर्न नियुक्ति पाएका नयाँ न्यायाधीशले उनलाई सिधै मृत्युदण्डको सजाय सुनाए ।

त्यसबखत उनको पक्षमा बहस गर्ने कुनै वकिल राख्ने अनुमति दिइएन र सबैभन्दा आश्चर्यको कुरा, न्यायाधीशले उनीसँग बोल्दा पनि नबोली मृत्युदण्डजस्तो सजाय सुनाएका थिए । यस घटनाले वास्तवमै अन्तर्राष्ट्रिय कानुनको उपहास गरेको देखिन्छ तर साउदी सरकार भने यसबारे मौन बसेको छ ।

फयादको सन् २००८ मा ‘Instructions Within’ र्शीषकमा कविताकृति प्रकाशित भएको थियो जुन पुस्तकमा सङ्ग्रहित कविताले धर्म (इस्लाम)माथि प्रश्नचिन्ह खडा गर्दै नास्तिकताको सन्देश प्रवाह गरेको भनिएको छ । र त्यही नै उनको दोषको रुपमा अघि सारिएको छ ।

साथै , उनलाई साइबर क्राइमसम्बन्धी आरोप पनि लागेको छ । उनको फोनमा एक महिलासित खिचेको फोटो फेला परेपछि उनलाई साइबर क्राइमसम्बन्धी मुद्दा लागेको हो, जो उनकै कलाकार साथी थिए । लामो कपाल पालेको, महिलासित अवैध सम्बन्ध राखेको जस्ता आरोपसमेत उनलाई लागेको छ ।

वस्तुत: ईश्वर (अल्लाह) र पैगम्बरलाई तिरस्कार गरेको, कुरानलाइ उपहास गरेको, बोलाएको दिन अदालतमा हाजिर नभएको र आफ्ना कवितामार्फत नास्तिकताको सन्देश फैलाएको आदि आरोप नै मुख्य हुन् । यद्यपि, साउदीका धार्मिक प्रहरीले एक पुरुषलाई कोर्रा हानिरहेको भिडियो अनलाइनमा पोष्ट गरेको कारण बदला लिइएको हो भन्ने धेरैको शङ्का रहेको छ । कलासँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्थासित आबद्ध भएर काम गरेको कारण उनलाई शङ्काको दृष्टिले हेरिएको हुन सक्ने विश्लेषकहरु बताउँछन् । अझ फयाद प्यालेष्टिनी भएको र सिरिया, लेबनान, जोर्डन र प्यालेष्टाइनबाट आएका आप्रवासीलाई शङ्काको दृष्टिले हेरिने समेत विश्लेषकहरुको भनाइ छ ।

आफ्नो तर्फबाट क्षमायाचना गर्दागर्दै पनि मृत्युदण्डको सजाय सुनाइएका, कुनै गम्भीर या जघन्य अपराध नगरेका अथवा काटमार नगरेका कवि मृत्युदण्डजस्तो भयानक सजायको भागीदार कसरी बन्न सक्छन् ? साउदी अरेबियाबाहिरको दुनियाँमा कदम राखेर सोच्दा यो कुरा अनौठो अवश्य देखिन्छ । अझ मानवताविरोधी देखिन्छ । सिधै मानवअधिकारको उल्लङ्घन गरेको ठहरिन्छ । त्यही कारण नै यस घटनालाई लिएर विश्वकै कवि, लेखक, कलाकारहरु एकजुट भएर आवाज उठाउन विवश भएका हुन् । 

यसै घटनालाई मध्यनजर गर्दै जनवरी १४ का दिन मात्र ‘International Literature Festival, Berlin’ ले ‘Worldwide Reading’को आव्हान गरेको थियो ।

विदेशमा बसेर लेख्दा सम्बन्धित देशको नियम कानुन, धर्म संस्कृतिलाई खण्डन हैन सम्मान गरेर लेख्नुपर्छ भन्ने सन्देश यस घटनाले प्रवाह गरेको छ । अझ साउदी अरेबियामा घटित यस घटनाले त के सन्देश पनि दिन्छ भने त्यहाँ मृत्युदण्डको सजायको भागीदार बन्नको लागि मान्छे मारिराख्न आवश्यक छैन- धर्मको विरोध, त्यहाँको संस्कृतिको विरोधका झिनामसिना स्वर नै यस कुराका लागि काफी हुन्छन् ।

फयादलाई मृत्युदण्डको सजाय सुनाइए यता उनका कविताहरु विभिन्न मुलुकाहरुमा अनुवाद गरी वाचन तथा प्रकाशित गरिएका छन् र गरिदै आएका छन् जिवनदानको लागी याचना पनि । फयादको कविता कृती Instructions Within भित्रका केहि कविताहरुलाई Arabic Poet Mona Kareem ले अङ्रेजिमा अनुवाद गरेकी छन् । प्रस्तुत छ Kareem ले अनुवाद गरेका १० कविताहरु :

 1. 
petroleum is harmless, except for the trace of poverty it leaves behind 
on that day, when the faces of those who discover another oil well go dark, 
when life is blown into your heart to extract more oil off your soul 
for public use.. 
That.. is.. the promise of oil, a true promise. 

the end..


2.
it was said: settle there..
but some of you are enemies for all 
so leave it now
look up to yourselves from the bottom of the river; 
those of you on top should provide some pity for those underneath.. 
the displaced is helpless, 
like blood that no one wants to buy in the oil market!


3.
pardon me, forgive me
for not being able to pump more tears for you
for not mumbling your name in nostalgia. 
I directed my face at the warmth of your arms 
I got no love but you, you alone, and am the first of your seekers.


4.
night, 
you are inexperienced with Time
lacking rain drops
that could wash away all the remains of your past
and liberate you of what you had called piety..
of that heart.. capable of love, 
of play, 
and of intersecting with your obscene withdrawal from that flabby religion 
from that fake Tanzeel 
from gods that had lost their pride..


5.
you burp, more than you used to.. 
as the bars bless their visitors 
with recitations and seductive dancers.. 
accompanied with the DJ 
you recite your hallucinations 
and speak your praise for these bodies swinging to the verses of exile.


6.
he’s got no right to walk however 
or to swing however or to cry however. 
he’s got no right to open the window of his soul,
to renew his air, his waste, and his tears.. 
you too tend to forget that you are 
a piece of bread


7.
on the day of banishment, they stand naked, 
while you swim in the rusty pipes of sewage, barefoot.. 
this could be healthy for the feet
 but not for earth


8.
prophets have retired
so do not wait for yours to come to you
and for you, 
for you the monitors bring their daily reports
and get their high salaries.. 
how important money is
for a life of dignity


9.
my grandfather stands naked everyday, 
without banishment, without divine creation.. 
I have already been resuscitated without a godly blow in my image. 
I am the experience of hell on earth..
earth
is the hell prepared for refugees.


10.
your mute blood will not speak up 
as long as you pride yourself in death
as long as you keep announcing -secretly- that you have put your soul 
at the hands of those who do not know much.. 
losing your soul will cost time, 
much longer than what it takes to calm 
your eyes that have cried tears of oil 


Bookaholics and Dynamic Youth Network International, Nepal को आयोजनामा प्यालेस्टिनी कवि असरफ फयादलाई मुक्त गर्न माग गर्दै राजधानीको बसन्तपुरमा पनि कविता वाचन गरियो भने फयादको रिहाइको लागी "अक्षर समुह चितवन" ले कवी गोष्ठी सम्पन्न गरेको छ । अक्षर समुह चितवनका क्रीयाशिल सदस्य तथा अङ्रेजी कवी ईश्वर कँडेलले फयादको नेपालिमा अनुवाद गरेको कविता तपशिल बमोजिम रहेको छ :

कविता : शून्यमा एक स्थान

हरेक बस्तुको तौल हुन्छ
तिम्रो तौलसँग परिचित छ पछाडिका भित्ताहरू
किनकि तिम्रो गरूङ्गो छायाँ
अलकत्रा दिँदैन, रंग दिँदैन
नत झ्यालमा अड्किएका लेखहरूनै देखापर्ने मौका दिन्छ।

तिम्रो पनि स्थान छ
एउटा महत्वपूर्ण स्थान
शून्यमा।

हावा दुषित छ
जति दुषित छ डस्ट विन
र तिम्रो आत्मा
जहिलेदेखि मिसियो यसमा कार्वन
अनि तिम्रो मुटु
जहिलेदेखि यसका धमनिहरू बन्द भए
र दिन छाड्यो नागरिकता
तिम्रै दिमागबाट फर्किआउने रगतलाई।

तिम्रो स्मरण बाहेक
तिम्रो तौल धेरै घटेको छ
तिमिलाई सन्तुलित आहारको जरुरत छ
तिमी अझै दुब्लाउनु छ।

छिट्टै सोच
किनकि पृथ्विको गुरुत्वले धेरै पर्खदैन।

संकेतः समयलाई नामले बदल
जसले तिमिलाई सहिबाटो देखाउनेछ
तिम्रा डायरीका अन्तिम पाना डस्टविनमा फ्याक्न।

तिमी दुई नवजात शिशुहरू बाच्ने हावा लिन्छौ
यदि चीत्कार बराबर थियो भने
तिम्रा वरिपरिका हावाका कणहरु
नराम्रो आवाज गर्छन
त्यसैकारण तिम्रो घाँटिको मरमत जरुरि छ।

अधबैंसे एक महिला भिकारी
देखाउँछे आफ्नो गौरब
केही सिक्का अनि थोत्रो लुगामा
गर्छे प्राथना
तिमी र सँगै हिड्ने सुन्दर युवतीका लागि
एक सुन्दर बालकको
शून्यताको अर्को स्थान ओगट्न
तिम्रा सिक्काको बदलामा।

गति लिने तिम्रो समय आएकोछ
सम्भोगमा होईन
तर तिम्रा दुर्गन्धित मोजाहरु बदल्न
एउटा बैज्ञानिक तथ्य: ब्याक्टेरियाहरू छिट्टै फैलन्छन्।

निन्द्राको सिकार होउ
किनकि तिमी पग्लने समय आईसकेको छ
र हराउ
आफू हराउने आकार लिन
वाफ बन
फेरि बन तरल
र आफ्नै शून्यमा फिर्ता जाउ
तिमी भित्र नै तिमी अटाउ।

उक्त कविता सोही कार्यक्रममा बाचन पनि गरिएको थियो ।

यसैगरी फयादका कवितालाई कवी चन्द्र गुरुङले पनि नेपालिमा अनुवाद गरेका छन् । गुरुङद्वारा अनुवादित केहि कविताहरु :

१.
म बेवास्ता गरिदिनेछु हिलोको दुर्गन्धलाई, वर्षालाई तर्साउनुपर्ने आवश्यकतालाई
र, मेरो छातीभित्र लामो समयदेखि रहेको आगोलाई ।
म आफ्नो हालको लागि सही राहत खोज्दैछु,
जसले मलाई तिम्रो ओठबारे सोच्न दिँदैन, तर म चाहन्छु
या म झार्न सकूँ तिम्रो रातो पत्रदलमा जमेको कुइरोको थोपो
या झाँेकको गतिलाई गर्न सकूँ सुस्त जो फैलिन्छ ममाथि
जब यो अनुभव हुन्छ कि
तिमी छैनौं यस घडी मसित
र रहने छैनौं… जब मलाई आफ्नो स्थिति साबित गर्नको लागि
विवश गरिन्छ रातको कातिल मौनताअघि
नाटक गर कि धर्ती मौन छ, जस्तो कि टाढादेखि हेर्छौं हामी यसलाई
र हामीबीच जे भयो त्यो लामो चलेको कुनै भद्दा मजाकभन्दा धेरै केही थिएन !

२.
तिमी के सोच्छौ ती दिनहरूबारे जुन मैले तिमीविना बिताएँ ?
ती शब्दहरूका बारेमा जो मेरो भारी दुखाइबाट यत्ति चाँडै वाष्पित भए ?
ती गाँठबारे जो मेरो छातीमा सुकेको लेउझैं जमेका थिए ?
मैले तिमीलाई भन्न बिर्सें कि मलाई तिम्रो अनुपस्थितिको बानी परिसकेको छ (यान्त्रिकी रूपमा भन्नुपर्दा)
र शुभकामनाहरूले तिम्रो इच्छाहरूको बाटो बिर्सिसके
र मेरो स्मृतिलाई बिर्सिदिएको छ
कि म अझै पनि गरिरहेछु उज्यालोको पिछा, हेर्नको लागि होइन, किनभने अँध्यारो खतरनाक छ, हामीलाई यसको बानी परिहाल्ने पनि !
के मेरो क्षमायाचनाले पुग्छ ?
ती सबको लागि जो घटे त्यस दौरान जब म राम्रो बहाना गर्ने कोसिसमा रहेँ ।

३.
हरेकपटक ईष्र्या उठिरह्यो मेरो छातीमा
हरेकपटक निराशाले मेरो अँध्यारो दिनहरूको एक नयाँ दिन बर्बाद ग¥यो
हरेकपटक मैले भनेँ न्यायलाई हुनेछ महिनावारीको कष्ट र प्रेम आफ्नो ढलिरहेको उमेरमा एक कमजोर दिमागी मान्छे थियो
जो नपुंसकताले ग्रस्त थियो ।

४.
मलाई आफ्नो स्मृतिहरूदेखि जोगिनुछ
र घोषणा गर्नुछ कि म मस्त सुत्छु
मैले ती प्रश्नहरूलाई च्यात्नैपर्नेछ
जो खोज्दै आएका छन् तर्क, सटीक जवाफ पाउनका लागि
ती प्रश्नहरू, थुप्रै निजी कारणहरूले स्वाभाविक विराम खसेपछि आएका हुन् ।

कवी राजा पुनियानिद्वारा अनुवाद गरिएको अशरफको अर्को एक कविता :

भनिएको थियो – यतै घरबार बसाउनू
तर तिमीहरूमध्ये कोही कोही सबै सबैका दुश्मन हौ
त्यसैले अहिले नै यो ठाउँ छाडिहाल

नदीको पिँधबाट आफैलाई हेर्नू
माथिल्तिर हुनेले फेदमा बस्नेलाई दयादान गर्नुपर्ने हो
विस्थापित असहाय छ
तेल बजारमा बिक्री नहुने खुनजस्तै

अशरफ फयादको पक्षमा ‘International Literature Festival, Berlin’ले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “हामी युके र युएस सरकारसँग के कुराको माग गर्दछौँ भने अशरफ फयादको पक्षमा हस्तक्षेपकारी कदम चाल्दै साउदी अरेबियाको मानव अधिकारसम्बन्धी मापदण्डबारे कुरा उठाउन दबाब दिइयोस् ।”
त्यसैगरी Amnesty International UK ले आफ्नो विज्ञप्तिमा भनेको छ, “हामी साउदी अधिकारीहरुसँग फयादलाई उनीमाथि लगाइएका सम्पूर्ण अभियोगबाट छुटकारा दिन अनुरोध गर्दछौँ । साथै धर्मत्यागको आरोपमा कसैलाई पनि मृत्युदण्डको सजाय नदिन समेत आग्रह गर्दछौँ ।”

त्यसैगरी
Jo Glanville, Director of English PEN, said:

We are shocked by the news that a Saudi court has ordered the execution of poet Ashraf Fayadh. This is yet another example of the Kingdom’s complete lack of respect for freedom of expression and its persecution of free thinkers. We call on the Saudi authorities to release him immediately and unconditionally, and urge our own government to speak out on his behalf as a matter of urgency.
Salil Tripathi, Chair of PEN International’s Writers in Prison Committee, said:

The decision to sentence Ashraf Fayadh to death is outrageous not only because it is vastly disproportionate to anything he may have done, not only because the death penalty is wrong in every instance, and not only because he has said in mitigation that he has done nothing that deserves death, but also because it is not a crime to hold an idea, however unpopular, nor is it a crime to express opinion peacefully. Saudi Arabia must unconditionally release Fayadh, as well as Raif Badawi and Waleed Abulkhair.

Karin Deutsch Karlekar, Director of Free Expression programs, PEN American Center, said

We are outraged that Fayadh’s retrial—which should have led to the absurd charges against him being dropped entirely—has instead resulted in a death sentence. We call on the Saudi authorities to cease handing down such draconian sentences for the supposed “crime” of free expression, and to release those already convicted on similar grounds. 

३८ वर्षीय असरफलाई नोभेम्बर १९ मा मृत्युदण्ड दिइने घोषणा गरिएको छ तर फयादलाई साउदी अरेबिया सरकारले मृत्युदण्ड सजाय तोकेसँगै विश्वव्यापी रुपमा उक्त सजायको विपक्षमा उभिदै सबै एकजुट भएर मृत्युदण्डको सजाय फिर्ता लिन अपिल गरिरहेका छन् । ‘The Guardian’का अनुसार केही दिनपश्चात फयादको मुद्दामाथि पुनर्विचार गर्न केही न्यायाधीसले छलफल गर्दैछन् । आजलाइ भने विश्वको आवाज साउदी सरकारको कानमा परोस् र एउटा कविले कविता लेखेकै कारण मृत्युदण्डको सजाय भोग्नु नपरोस् - यही कामना गरौ हामी सबैले र अपेक्षा गरौ अशरफलाई सुनाइएको मृत्युदण्डको सजाय फिर्ता गरियो भन्ने सु-समाचार छिट्टै सुन्न पाइयोस् । 

अन्त्यमा अशरफ फयादको नाउँमा मैले कोरेका गजलका सेरहरु

फक्रेको फूल झार्दैमा प्रीत हुँदैन
हुँदैन मान्छे मार्दैमा जित हुँदैन

बरु काट्देउ हात, गिडिदेउ खुट्टा
झुन्ड्याउदैमा कसैको हित हुँदैन

तिमी पन्ना च्यात उ ठेली जन्माउछ
पन्ना च्यात्दैमा उ भयभित हुँदैन

अक्षरको खेती गर्ने देखी होसियार्
दुष्काम् बाट कवी लाभन्वित हुँदैन

स्रोत :

1. Arabic New
2. BBC News
3. http://www.theguardian.com
4. http://panchavismrit.blogspot.com
5. Amnesty International UK
6. http://monakareem.blogspot.com
7. http://www.literaturfestival.com
8. www.englishpen.org
9. समता बहुभाषिक वैचारिक ई-पत्रीका
10. http://kantipur.ekantipur.com