Friday, April 19, 2013

गजल १५


तप्प तप्प चुहिएको केशको पानी मन पर्‍यो
भन्थ्यौ अरे चितवनकी 'फुच्ची' नानी मन पर्‍यो

लजाइन देखेर मलाई लज्जावती झार झै
गुलाबी ओठ टोकी मुस्काउने बानी मन पर्‍यो

म पनि त सानै छु क्यारे पाच फिट दुइ इन्च
ठिक्क मेरो कुमसम्म आउने सानी मन पर्‍यो

म रिसाइदिन्छु माया गरी फकाउछिन उनि
साच्चै सागरमा झै पिरतिको खानी मन पर्‍यो

सोच्दैछु कती भाग्यमानी म उनिलाई पाउने
बानी छ उनको सधै मन्दिर जानी मन पर्‍यो