“धनराज
गिरी” को गजलसङ्ग्रह “संगि”
गजलका
शेरहरु पढिरहदा मलाई जस्तै तपाईं समस्त पाठकवर्गहरुलाई पनि एक किसिमको छुट्टै आनन्द
प्राप्त अवस्य हुनेछ भन्नेमा पुर्णत: विश्वस्त छु म । किनकी यस सङ्ग्रहभित्र निराशाबादी
गजलहरु समावेश भएका छैनन र पढ्दै जादा पढु-पढु लाग्ने शेरहरुले निकै उत्साहित बनाउछ
अगाडी बढ्न । अझ यसरि बुझौ - गजलका शेरहरुले पाठकलाई आफुतर्फ आकर्शित गर्ने कला भरपुर
बोकेका छन ।
धनराज
सर कि "नानु" ले धेरै ठाउँ ओगटेकी छन यहाँ । उसो त "नानु" आफैमा
सानी भएर पनि होला फुत्त फुत्त गजलका शेरहरुमा छिरेकी …. !!
नारी
सम्मान माथी कृतिकारका कलमहरु गज्जबसित चलेका छन । नारी सम्मानका खातिर जुझारु ति कलमलाई
यो मुहारपुस्तिका बाट नै सलाम छ मेरो ……..!!
उसैगरी,
जातिय भेदभाव माथी पनि कैयौ प्रसंगहरुको उठान गरियको छ र देशप्रतिको प्रेम, मानविय
प्रेम सँग सँगै आशवादी सोचका बिम्बहरु पनि प्रसस्तै भेट्न सकिन्छ यस कृतिभित्र तर एकै
काफियाको प्रयोग अन्य गजलहरुमा पनि दोहोरियको हुनाले र नयाँ नयाँ काफियाहरुको प्रयोग
खासै नभयको हुनाले नयाँ पनको स्वाद चखाउनsबाट बन्चित भएका छन गजलहरु तर पनि स्वभावैमा
रमाइला मानिने धनराज गिरीको यस गजलसङ्ग्रह हरेक मान्छेहरुमा आशावादी सोचको बिउ छर्नको
लागी निकै उपायोगी देखेकी छु मैले ।
लेखकव्दय
धनराज गिरी को जिवनमा आएकी “संगी” ले चमत्कारी खेल खेलुन मेरो कामना अनि कृतिको सफलताको
लागी हार्दिक शुभकामना पनि ……….!!!!