Wednesday, January 8, 2014

गजल ३२

कती बनौ कहिलेसम्म बनौ ? म यो धर्तिको लाटो
घरिघरी उडौ लाग्छ - चरि बनेर चरिको साटो

भर्खर खाडी पसेको छोरो आमालाई भन्दै थियो -
खुब याद आउछ - मेरो गाउँ र म हिडेको बाटो

४० डिग्रीको घामले पोल्दा मर्ने बाच्ने ठेगान हुन्न
त्यतिबेला झन् सम्झ्न्छु मेरी आमा र जन्मेको माटो

खै ! म कसरी भनु र भनु पनि कसलाई यहाँ ?
यो दिलभित्र घाउ लागेको छ र बसेको छ खाटो

जुन दिल भित्र जुन घाउको खाटो बसेको थियो
त्यही दिल् मा छ नदेखिने नमेटिने आशुको टाटो