Thursday, January 16, 2014

गजल ३३



आफ्नो निधारबाट पसिना बगाउन्जेलसम्म
हामी खुशी रहन्छौ दु:खमा रमाउन्जेलसम्म

बुढा-बाबा,आमा र घरको ख्याल राख्नुछ मैले
मेरो मदन मुग्लानबाट नआउन्जेलसम्म

पाइलै पिच्छे मेरो साथको खाचो छ तिमीलाई
हाम्रो शिरमा परेको ऋण नभ्याउन्जेलसम्म

तिज र दशैंमा नयाँ फरिया माग्दिन म प्रिय
गैरी खेतको बन्धकी फिर्ता नपाउन्जेलसम्म

दुबै मिलेर २/४ पैसा जोगाड गरौला हामि
खर फालेर टिनको छानो नछाउन्जेलसम्म