विश्व चर्चित प्रगतिशिल उपन्यास - लज्जा
मुल लेखक – डा. तसलिमा नसरिन
जन्म : २५ अगस्ट १९६२
जन्मस्थान : मयमनसिंह बंगलादेश
नेपाली अनुवादक - विष्णु सिलवाल ‘विशाल’
सुश्री अन्जना शर्मा
यो उपन्यासमा सुधामय, किरणमयी, सुरन्जन र माया मुख्य पात्रका रुपमा देखिएका छन् । यि ४ जनाको एउटा सानो परिवार छ - बंगालमा । मुसलमानहरुले गाउँदेखी शहर सम्मका सम्पुर्ण बसिन्दाहरुलाई अनेकौ तरहका सास्ती दिइरहन्छन् । ति शास्तीहरु मुग्ध बनेर खेपिरहनु हिन्दूहरुको बाध्यता र विवशता हो । खेप्दा खेप्दै नसकेपछी सिमापारिको देशतिर बसाइ सरेका पनि छन कैयौ हिन्दूहरु भने कैयौ सर्ने मनस्थितिसम्म पुगिसकेका छन् । सुधामय एक कुसल डाक्टर हुन् । मुसलमानहरु बिरामी हुँदा आफ्नो धर्मले निशुल्क उपचार गरिदिन्थे उनि तर तिनै मुसलमानहरुको जमातले एक दंगाको बखतमा निर्मम यातना दिएर अन्त्यमा उनको लिङ्ग छेदन गरी अपाङ्ग तुल्याइदिन्छन् ।
अरु बिरामिहरुको उपचार गर्दागर्दै सुधामय आफैलाई मुटुको रोग लाग्छ र उनि थला पर्छन् । थला परेका पतिलाई माया र श्रुस्रा दिइरहन्छिन् किरणमयि । फेरी त्यो उनको कर्तव्य र जिम्मेवारी दुबै हो । सुरन्जन उनको जेठो सन्तान । डिग्री पास गरेर घरमै बसेको छ । अर्काको गुलाम गर्न पटक्कै रुचाउदैन उ र गर्दा पनि गरेन उपन्यास अवधिभर कहिल्यै पनि । माया, सुरन्जनकी प्यारी बहिनी । एक्ली बहिनी । सायद, त्यो घरमा मायलाई जत्तिको आफ्नो ज्यानको माया अरु कसैलाई छैन् तर दंगाको बेलामा मुसलमान मुल्लाहाहरुले अपहरण गरेर लग्छन् उसैलाई । त्यसपछी उ बेखबर हुन्छे । मरे बाचेको खबर केहि आउदैन् । सुधामय र सुरन्जन दुबै देशप्रेमी / देशभक्त नागरिक हुन् । आफुलाई हिन्दू भन्न रुचाउदैनन् केबल ‘देशका सबै मानिस मनुष्य हुन्’ यही विचार धाराका छन उनिहरु दुबै बाबु छोरा । मुसलमानहरुको अत्याचार यहाँ सम्म पुग्छ कि - उनिहरुलाई कुनै हिन्दू किशोरी बलात्कृत गर्न पनि कुनै कुनो चाहिदैन, दिनदाहाडै बिच सडकमा
आमाको गाडी छोरिको अनि श्रीमानको अगाडी श्रीमतिको इज्जत बिना हचदक लुटिन्छ । कुटपिट, लुटपाट, आगजनिको त कुनै गन्ती नै छैन । अत्याचार अति भएपछी सुरन्जनले निचोड निकाल्छ 'हामी पनि देश छोडेर जाउ' । देश छोडेर जाने हिन्दूहरुलाई नामर्द भन्ठान्ने उनिहरु तर मायाको अपहरण पश्चात उनिहरुको मनमा ठुलो आघात पर्छ यसकारण नै देश छोड्ने अन्तिम उपाय निस्कन्छ - मुसलमानहरुको अत्याचारबाट बच्ने ।
समग्रमा यस उपन्यास यही परिधिभित्र घुमेको छ । बंगलादेशमा मुसलामानहरुले दिएको शास्ति, ज्याजति, डर, धम्कि, त्रासलाई समष्टिगत रुपमा केलाउने प्रयास गरिएको छ । जहाँ ति मुसलमान मुल्लाहाहरुले हिन्दूहरुमाथी गरेको अत्याचार अमानविय छ । यो उपन्यास समग्रमा भन्नुपर्दा प्रगतिवादी मात्र नभएर चेतनामुलक पनि छ । मुसलमान र हिन्दूहरु बिचको दंगा / आतंक मात्र होईन् मान्छे मान्छे बिचको विभेदलाई पनि चिर्ने प्रयास गरेको छ यस उपन्यासले । त्यही अमानवको बस्तिबाट तिनै अमानवहरुको कटुता उदाङ्गो पार्न अग्रसर रहनुभएकी आटँ, साहस र चेतनाकी प्रतिमुर्ती डा. तसलिमा नसरिन लाई सलाम छ मेरो । उपन्यासले बोकेको भाव यती गहन छ कि त्यो तुलना गर्न नै सकिदैन् तर भाषा सरल भैकन पनि मिठासमा पाठकलाई उपन्यास अवधिभर आकर्षण गर्ने कला देखिन मैले, जुन कला उपन्यासमा हुनु अत्यन्तै जरुरी हुन्छ तर वास्तविकताको धरातललाई अबलम्बन गरेको हुनाले उपन्यास जिवन्त बन्न सफल भएको छ ।