म एकदमै बेचैनमा छु यतिबेला । उसो पनि फेरी आफैले निम्त्याएको बेचैनी भन्न रुचाउछु म यसलाई । मनले चैन छोड्नुका कारणहरु अनगिन्ती हुन्छन् । तथापी सबैले सहजै मनन गर्न सक्ने कुराहरु पनि छन् जस्तो कि प्रेममा पर्नु, धोका खानु, मन दुख्नु, पिडा हुनु, घाउ चोटपटक लाग्नु, असाध्यै खुशी हुनु, मन परेको मान्छेसँगको दुरी टाढिनु या नजिक हुनु, कसैलाई पर्खिरहनु । यस्तै यस्तै ।
जिन्दगीमा चैनभन्दा बेचैन को स्वास बढी फेरेकी छु मैले । कुनैपल अभावले गर्दा, कुनै पल प्रेमले गर्दा त कैयौ पल एक्लोपनले गर्दा । समय सधै एक नासको कहाँ हुदो रहेछ र ? कहिले कस्तो परिस्थिति, कहिले कस्तो । सताइरहन्छ, तड्पाइरहन्छ र मेरो हकमा हसाउछ एकदमै सिमित मात्रामा । बिना हिचकिचाहट भन्न सक्छु म कि आजसम्मको भोगाइमा हासोभन्दा आशु धेरै, खुशिभन्दा पिडा धेरै, प्राप्तिभन्दा अभाव धेरै अनि आफन्तको ममता भन्दा एक्लोपनको डसाइले धेरै तड्पिएकी छु म । घरिघरी त यस्तो लाग्छ यो संसारमा म भन्दा दु:खी अरु कोही पनि छैन । फेरी अर्को कोल्टे फर्कन्छु र सोच्छु - हैन म भन्दा कैयौ दु:खिहरु पनि छन् यहाँ । जसका हातखुट्टा कुजिएका छन् र परिवार कै बोझ भैरहेका छ्न् , जो शारिरिक तथा मानसिक दुबै किसिमले असक्त छन्, जो अन्तिम विकल्पको रुपमा बाटोमा कचौरा र हातमा बोरा बोकेर हिडेका छन् । तिनिहरुलाई हेर्छु र महसुस गर्छु - अहो ! म कती भाग्यमानी ।
अँ, म बेचैनको कुरा गर्दै थिए । उसो त नढाटी भन्दा म प्राय कहिल्यै चैनमा हुदिन । अपवाद बाहेक । तर हिजोदेखी अझ बढ्ता बेचैनी छ यो मनमा । सन्दर्भ एकल कविता वाचनको थियो । हरेक शनिबारको दिन समयको घडिले ९:१५ बजाउनासाथ सुरु हुन्छ उज्यालो ९० नेटवर्कमा एकल कविता वाचन, अच्युत घिमिरेको साथमा । प्राय: नटुटाई सुन्छु म । सुन्छु । सुन्दै जादा कविको वाचन शैली र कविताले मोहित पार्यो भने कार्यक्रम अन्तिमसम्म नै सुन्छु अन्यथा बिच मै बन्द गरिदिन्छु या बटार्छु अन्य स्टेसनतिर ।
लेख्नु मात्र ठुलो कुरा कदापी होईन । फेरी लेखेरै ठेली तयार पार्नु पनि खासै ठुलो कुरा मान्दिन म यद्धपी लेखिएका लेखका शब्दहरुले पाठकको मन छुदैनन् भने ।
साच्चै जो आफुले लेखेका शब्दका माध्यमबाट अर्को व्यक्तिको हृदयलाई चसक्क पार्न सक्नुलाई लेखकिय सफलता सम्झन्छु म । बिरलै हुन्छन् अरुको मन छुन सक्ने लेखक र लेखहरु । तिनै बिरलै भेटिने लेख र लेखकको माझमा भेट्टाए हिजो मैले एक अद्भुत कलाका धनी यानिकी सुजित गुरुङ्ग । कार्यक्रमको सुरुवात मै थाहा पाए उहाँ बाहिरी संसार शारिरिक आँखाले देख्न सक्नुहुन्न तर कार्य्रक्रम सुन्दै जादा थाहा पाए उहाँले मनको आँखाले हेर्नुहुन्छ र देख्नुहुन्छ अत्यन्तै सुन्दर संसार । हामिले हाम्रा नाङ्गा आँखाले देखेको भन्दा पनि सुन्दर संसार । हामी एक नजरको हेराईमा राम्रो र नराम्रो ठम्याउछौ तर उहाँ हृदयको माध्यमबाट महसुस गर्नुहुन्छ र त्यही महसुसबाट देखाउनुहुन्छ हामिले देखेको र उहाँले महसुस गरेको सुन्दरता बिचको आकाशिय अन्तर । उसो त म पनि फाट्टफुट्ट गजल, कविता तथा मुक्तकहरु लेख्ने मान्छे तर आफैलाई थक्कथक्क लाग्छ अरुले भरेको मिठासको कला देख्दा । लाग्छ किन सकिन मैले यस्तो लेख्न ?
जब मैले एकल कविता वाचन सुने साच्चै नै निकै सन्तुष्टिको आभाष भयो । सन्तुष्टी मात्रै होइन अत्यन्तै प्रभावित भए म । कस्सम, त्यती प्रभावित त म पहिलो प्रेमलाई पहिलो पटक भेट्दा पनि भएकी थिइन होला सायद । केहि समय पहिले मनिषा गौचनको "ह्वाइट केन" का नायक भास्वतले यस्तै अमिट छाप छाडेका थिए मेरो मनस्थितिमा । सधैजसो बाटोघाटोमा हिड्दा उहि भास्वतको कल्पनामा डुब्थे म जब देख्थे कोही दृष्टिहिन व्यक्ती । भास्वतले अक्षरका माध्यमबाट प्रभाव छाडे भने सुजितले वाचनबाट । संयोग नै भन्नुपर्छ मलाई प्रभाव पार्ने दुवै व्यक्ती दृष्टिहिन परे । हिजोसम्म भास्वतको खोजिमा हिडिरहन्थे म आजबाट सुजितको खोजिले अग्र स्थान लिएको छ तर दुर्भाग्य जो भन्नुपर्छ जती नै दिन भास्वतलाई खोज्दै हिडे पनि मैले उनलाई प्रत्यक्ष भेट गर्न कहिल्यै पाइन यानिकी आजसम्म पाएकी छैन । हेरौ भोलिको दिनले भास्वत र मेरो प्रत्यक्ष भेट गराउला या नगराउला तर मनमा धमिलो आशा छ सुजित र मेरो जरुर भेट हुनेछ ।
यसै भनिने होइन मनको आँखा सुन्दर हुन्छ भनेर । यदि सुन्दर हुँदैनथ्यो भने भास्वत र सुजित दुबैले प्रभाव पार्ने थियनन् मलाई । भेटिए अनगिन्ती मान्छेहरु, बोलिए अनगिन्तीसँग नै तर किन परिन म उनिहरुबाट प्रभावित ? किनकी उनिहरुको अनुहार मात्र सुन्दर थियो तर थिएन सुन्दर मन, सुन्दर विचार अनि सुन्दर मनको हेराई ।
यदी म चरि हुदी हुँ त उत्ती नै खेर अर्थात शनिबार बेलुकी १० बजेतिर नै पुग्ने थिए सुजितको मनको आँखा अगाडी र एकछिन नबोली महसुस गर्ने कोसिस गर्नेथिए मैले पनि सुजितले जस्तै गरी उ भित्रको सुन्दर भावनाका छालहरु अनि मात्र निभाउने थिए पहिलो भेटको पहिलो औपचारिकता । यत्ती धेरै प्रभाव पारेको मान्छेसँग नबोली रहन मनले मानेन । भेट होला नहोला तर बोलेरै भए पनि मनको बेचैनी कम गर्ने मन भयो र फोन लगाए उहाँले नै रेडियो कार्यक्रममा दिएको नम्बर ९८६०...... मा । फोन उठ्यो । बोले तर बेचैनी कम हुनको साटो झनै बढ्यो मेरो ।
आदरणिय सुजित गुरुङ्ग जी,
थाहा छैन मैले गल्ती गरे या सही तर जे भयो त्यही लेखे । जस्तो महसुस गरे त्यस्तै लेखे । जस्ताको तस्तै लेखे । यदी गल्ती गरेकी रहेछु भने कृपया माफी चाहान्छु ।
अन्त्यमा, मेरो बेचैनी कहिलेसम्म रहन्छ थाहा छैन र थाहा छैन यो बेचैनिको पुर्ती कसरी गर्न सक्छु म ? स्वयंम् मलाई नै थाहा छैन भने झनै कसरी थाहा होस् कसरी तिर्नुछ आफुले दिएको बेचैनिको उपज ? तर सुजित जि, तपाईंले मलाई दिएको यो बेचैनीलाई तपाईंको सफलताको खुट्किलो भन्न रुचाउछु म यतिबेला ।
रचनागर्व : २० भाद्र, २०७२जिन्दगीमा चैनभन्दा बेचैन को स्वास बढी फेरेकी छु मैले । कुनैपल अभावले गर्दा, कुनै पल प्रेमले गर्दा त कैयौ पल एक्लोपनले गर्दा । समय सधै एक नासको कहाँ हुदो रहेछ र ? कहिले कस्तो परिस्थिति, कहिले कस्तो । सताइरहन्छ, तड्पाइरहन्छ र मेरो हकमा हसाउछ एकदमै सिमित मात्रामा । बिना हिचकिचाहट भन्न सक्छु म कि आजसम्मको भोगाइमा हासोभन्दा आशु धेरै, खुशिभन्दा पिडा धेरै, प्राप्तिभन्दा अभाव धेरै अनि आफन्तको ममता भन्दा एक्लोपनको डसाइले धेरै तड्पिएकी छु म । घरिघरी त यस्तो लाग्छ यो संसारमा म भन्दा दु:खी अरु कोही पनि छैन । फेरी अर्को कोल्टे फर्कन्छु र सोच्छु - हैन म भन्दा कैयौ दु:खिहरु पनि छन् यहाँ । जसका हातखुट्टा कुजिएका छन् र परिवार कै बोझ भैरहेका छ्न् , जो शारिरिक तथा मानसिक दुबै किसिमले असक्त छन्, जो अन्तिम विकल्पको रुपमा बाटोमा कचौरा र हातमा बोरा बोकेर हिडेका छन् । तिनिहरुलाई हेर्छु र महसुस गर्छु - अहो ! म कती भाग्यमानी ।
अँ, म बेचैनको कुरा गर्दै थिए । उसो त नढाटी भन्दा म प्राय कहिल्यै चैनमा हुदिन । अपवाद बाहेक । तर हिजोदेखी अझ बढ्ता बेचैनी छ यो मनमा । सन्दर्भ एकल कविता वाचनको थियो । हरेक शनिबारको दिन समयको घडिले ९:१५ बजाउनासाथ सुरु हुन्छ उज्यालो ९० नेटवर्कमा एकल कविता वाचन, अच्युत घिमिरेको साथमा । प्राय: नटुटाई सुन्छु म । सुन्छु । सुन्दै जादा कविको वाचन शैली र कविताले मोहित पार्यो भने कार्यक्रम अन्तिमसम्म नै सुन्छु अन्यथा बिच मै बन्द गरिदिन्छु या बटार्छु अन्य स्टेसनतिर ।
लेख्नु मात्र ठुलो कुरा कदापी होईन । फेरी लेखेरै ठेली तयार पार्नु पनि खासै ठुलो कुरा मान्दिन म यद्धपी लेखिएका लेखका शब्दहरुले पाठकको मन छुदैनन् भने ।
साच्चै जो आफुले लेखेका शब्दका माध्यमबाट अर्को व्यक्तिको हृदयलाई चसक्क पार्न सक्नुलाई लेखकिय सफलता सम्झन्छु म । बिरलै हुन्छन् अरुको मन छुन सक्ने लेखक र लेखहरु । तिनै बिरलै भेटिने लेख र लेखकको माझमा भेट्टाए हिजो मैले एक अद्भुत कलाका धनी यानिकी सुजित गुरुङ्ग । कार्यक्रमको सुरुवात मै थाहा पाए उहाँ बाहिरी संसार शारिरिक आँखाले देख्न सक्नुहुन्न तर कार्य्रक्रम सुन्दै जादा थाहा पाए उहाँले मनको आँखाले हेर्नुहुन्छ र देख्नुहुन्छ अत्यन्तै सुन्दर संसार । हामिले हाम्रा नाङ्गा आँखाले देखेको भन्दा पनि सुन्दर संसार । हामी एक नजरको हेराईमा राम्रो र नराम्रो ठम्याउछौ तर उहाँ हृदयको माध्यमबाट महसुस गर्नुहुन्छ र त्यही महसुसबाट देखाउनुहुन्छ हामिले देखेको र उहाँले महसुस गरेको सुन्दरता बिचको आकाशिय अन्तर । उसो त म पनि फाट्टफुट्ट गजल, कविता तथा मुक्तकहरु लेख्ने मान्छे तर आफैलाई थक्कथक्क लाग्छ अरुले भरेको मिठासको कला देख्दा । लाग्छ किन सकिन मैले यस्तो लेख्न ?
जब मैले एकल कविता वाचन सुने साच्चै नै निकै सन्तुष्टिको आभाष भयो । सन्तुष्टी मात्रै होइन अत्यन्तै प्रभावित भए म । कस्सम, त्यती प्रभावित त म पहिलो प्रेमलाई पहिलो पटक भेट्दा पनि भएकी थिइन होला सायद । केहि समय पहिले मनिषा गौचनको "ह्वाइट केन" का नायक भास्वतले यस्तै अमिट छाप छाडेका थिए मेरो मनस्थितिमा । सधैजसो बाटोघाटोमा हिड्दा उहि भास्वतको कल्पनामा डुब्थे म जब देख्थे कोही दृष्टिहिन व्यक्ती । भास्वतले अक्षरका माध्यमबाट प्रभाव छाडे भने सुजितले वाचनबाट । संयोग नै भन्नुपर्छ मलाई प्रभाव पार्ने दुवै व्यक्ती दृष्टिहिन परे । हिजोसम्म भास्वतको खोजिमा हिडिरहन्थे म आजबाट सुजितको खोजिले अग्र स्थान लिएको छ तर दुर्भाग्य जो भन्नुपर्छ जती नै दिन भास्वतलाई खोज्दै हिडे पनि मैले उनलाई प्रत्यक्ष भेट गर्न कहिल्यै पाइन यानिकी आजसम्म पाएकी छैन । हेरौ भोलिको दिनले भास्वत र मेरो प्रत्यक्ष भेट गराउला या नगराउला तर मनमा धमिलो आशा छ सुजित र मेरो जरुर भेट हुनेछ ।
यसै भनिने होइन मनको आँखा सुन्दर हुन्छ भनेर । यदि सुन्दर हुँदैनथ्यो भने भास्वत र सुजित दुबैले प्रभाव पार्ने थियनन् मलाई । भेटिए अनगिन्ती मान्छेहरु, बोलिए अनगिन्तीसँग नै तर किन परिन म उनिहरुबाट प्रभावित ? किनकी उनिहरुको अनुहार मात्र सुन्दर थियो तर थिएन सुन्दर मन, सुन्दर विचार अनि सुन्दर मनको हेराई ।
यदी म चरि हुदी हुँ त उत्ती नै खेर अर्थात शनिबार बेलुकी १० बजेतिर नै पुग्ने थिए सुजितको मनको आँखा अगाडी र एकछिन नबोली महसुस गर्ने कोसिस गर्नेथिए मैले पनि सुजितले जस्तै गरी उ भित्रको सुन्दर भावनाका छालहरु अनि मात्र निभाउने थिए पहिलो भेटको पहिलो औपचारिकता । यत्ती धेरै प्रभाव पारेको मान्छेसँग नबोली रहन मनले मानेन । भेट होला नहोला तर बोलेरै भए पनि मनको बेचैनी कम गर्ने मन भयो र फोन लगाए उहाँले नै रेडियो कार्यक्रममा दिएको नम्बर ९८६०...... मा । फोन उठ्यो । बोले तर बेचैनी कम हुनको साटो झनै बढ्यो मेरो ।
आदरणिय सुजित गुरुङ्ग जी,
थाहा छैन मैले गल्ती गरे या सही तर जे भयो त्यही लेखे । जस्तो महसुस गरे त्यस्तै लेखे । जस्ताको तस्तै लेखे । यदी गल्ती गरेकी रहेछु भने कृपया माफी चाहान्छु ।
अन्त्यमा, मेरो बेचैनी कहिलेसम्म रहन्छ थाहा छैन र थाहा छैन यो बेचैनिको पुर्ती कसरी गर्न सक्छु म ? स्वयंम् मलाई नै थाहा छैन भने झनै कसरी थाहा होस् कसरी तिर्नुछ आफुले दिएको बेचैनिको उपज ? तर सुजित जि, तपाईंले मलाई दिएको यो बेचैनीलाई तपाईंको सफलताको खुट्किलो भन्न रुचाउछु म यतिबेला ।
६ सेप्टेम्बर , २०१५
आइतबार