( यो एउटा बगैचा हो । अक्षर फूल्ने बगैचा । जहाँ अक्षरहरुको माध्यमद्वारा फुलाउने प्रयत्न गर्नेछु म - थरी थरी फूलहरु । जुन फूलहरु साहित्यका विविध विधाहरुमा सोभायमान रहेका हुनेछन् । )
Wednesday, May 1, 2013
गजल १८
सबुत प्रमाण बोकी,प्रेमको अदालतमा छु म
जितै जित भन्छन् सबै,हारको वकालतमा छु म
पुर्वको सिमाना देखि,निवेदन परेछ जहिले
हत्कडी लाग्यो हातमा,प्रहरी हिरासतमा छु म
नाम फुकिएछ मेरो,भेट्नेलाई उपहार पनि
पिरती लिफाफाभित्र,कैदीको हिफाजतमा छु म
कट्घरामा उभाइयो,निसङ्कोच उभिए म पनि
गिता छोएर भन्दैछु,सच्चाई इजाजतमा छु म
मेधावी बन्न पुगेछु,कानुनी इजलासका सामु
हारेर जित भयो,अनौठो हविगतमा छु म