( यो एउटा बगैचा हो । अक्षर फूल्ने बगैचा । जहाँ अक्षरहरुको माध्यमद्वारा फुलाउने प्रयत्न गर्नेछु म - थरी थरी फूलहरु । जुन फूलहरु साहित्यका विविध विधाहरुमा सोभायमान रहेका हुनेछन् । )
Wednesday, May 1, 2013
गजल १९
गासिएको मन टुटाएर, टुट्छ त्यसै कहाँ
झर्याम झुरुम फुटाएर, फुट्छ त्यसै कहाँ
चाहे आओस आँधि तुफान, चाहे यो दुनिया
मन मिलेपछि छुटायर, छुट्छ त्यसै कहाँ
तिम्रै नामले म बदनामी, भए पनि यहाँ
पिरतीको कुवा सुकायर, सुक्छ त्यसै कहाँ
तिम्रो यादले पागल गरायो, र त रुन्थे एक्लै
पिडा यो मनको लुकायर, लुक्छ त्यसै कहाँ
डाह गर्यो समयले मेरो, प्रेम कहानीमा
दुख्यो छाती नत्र दुखायर, दुख्छ त्यसै कहाँ