वर्षायामको खडेरिले
धाजा फाटेका खेतहरु
झैं
पट्ट-पट्ट फुटेका
मेरी आमाका कुर्कुच्चाहरु
अनि,
तप्प तप्प चुहिएका
रगतका थोपाहरु
कठै ! ठेस लाग्दा कती अमिलो हुदो हो मन …… !!
मध्यान्हको चर्को घाम
तातो तातो ज्वानोको
रस
पिउने आशामा
पटुकिले ढाकेको भोको
पेट
सकी नसकि
असिन पसिन हुँदै
मेरी आमाले पिठ्युमा
बोकेको
बडेमानको घासको भारि
या त दु:खको भारी
?
गरीबिको रापले
दन्दनि बलेको थियो
मेरी आमाको मन
तर,
दिनहुँ जसो पुत्ताउथे
चिसा खयरका दाउराहरु
आमाले नठोसेर हो
या त आमालाई नटेरेर
हो ?
लामो स्वासले फुँ-फुँ
गर्दा
आधा स्वास निख्रीए
झै हुदो हो
अनि, हुदो हो
काखकी नानी नहुर्किदै
भगवानको प्यारो हुन्छु
कि झै
कहिले काही त
हुन पाए पनि हुदो हो
झै लाग्दो हो …… !!
चिल्लो चाप्लो, माछामासु,
…………
गन्ध सम्म पनि परेन
रे
मेरी आमाको नाकमा
अनी, आतँ कहाँबाट भरिन्थ्यो
?
मेथी झ्वाइँ पारेको
तेल
न तालुले महसुस गर्यो
न त मेरा अन्य अंगहरुले
नै
उसैमाथी
एकछिन चुस्न नपाउदै
आमाको छाती रितीन्थ्यो
मलाई न अघाए झै हुदो
हो
त्यसपछी म रुदी हुँ
उताको भोको पेट
यताको रुवाइ
कठै ! कती झिज्याहट लाग्दो हो …. !!
हरेक दिन जसो
उही थालमा भात पस्कन्थिन
थालको बिटमा नुन राख्थिन
आखाँबाट तप्प तप्प
आशुका ढिका खसाल्थिन
अनी त्यही आशुले भात
मुसेर
बिटको नुन चाड्दै
भोक मेटाउथिन मेरी
आमा ….. !!
अगेनापारी सुतेकी म
टुलुटुलु हेर्थे
घरी देखे झै गरी हेर्थे
घरी नदेखे झै गरी हेर्थे
बस् हेरिरहन्थे
केहि बोल्दिन थिए ।
अनी म बोलु कसरी ?
मेरी आमाको आलो सुत्केरी
घाउ चाहर्याउदा
म केबल १५ दिनकी हुदी
हुँ ….. !!
बस् १५ दिनकी मात्र
…… !!