Wednesday, July 31, 2013

आख्यान - सकस



जगदिश घिमिरे र "सकस"
 उसो त २/४ शब्दहहरुको माध्यमबाट जगदिश घिमिरेको लेखन शक्तिलाई बयान गर्न त म सक्दिन तर पनि केबल घिमिरेको आख्यान कृती "सकस" माथी नितान्त व्यक्तिगत विचार अभिव्यक्त गर्न खोजिरहेकी छु यतिबेला ।


झट्ट हेर्दा जगदिश घिमिरेको पर्यावाची सकस र सकस को पर्यावाची जगदिश घिमिरे हुन कि जस्तो लाग्यो मलाई । "सकस" एउटा डायरी हो । शरदको डायरी । यस कृतिभित्र शरद र कुमारी ले मुख्य पात्रको भूमिका निर्वाह गरेका छन । यिनै दुइ पात्रको जिवनको रफ्तार सँग सँगै  लेखकका कलमहरु कुदेका छन ।
पुराणको समुन्द्रबाट केहि, इतिहासको यथार्थबाट  केहि, वर्तमानको आधिबेहरिबाट केहि, भबिष्यको भिजनबाट केही र कल्पनाको आकाशबाट केहि महत्वपुर्ण पात्रहरु उपस्थित भएर यो आख्यान मन्चन गरेका छन । वर्तमान त आखाँ अगाडी छर्लङ्ग छ । त्यही छर्लङ्ग यथार्थलाई शब्दमा उतार्न पनि कला चाहिन्छ देखेर मात्र हुँदैन तर यहाँ उक्त कला र शैली निकै सरल तवरले प्रस्तुत गरियको छ ।  बुझ्न र बुझाउन पनि उत्तिकै सरल तर पुराण र इतिहासका यथार्थतालाई पनि आफ्नै आखाँले स्पष्ट देखे झै गरेर कृतिमा उभ्याइएका शब्द र बिम्बहरु निकै अजिब लाग्यो अनि रोचक पनि । उसैगरी छापामार युद्दप्रती पनि बिशेष केन्द्रीत छ यो कृती । माओवादी र सेनाव्दारा जनताले खेपेको शास्ती र ज्याजतिको उठान पनि बेजोड छ । बिना अपराध निर्वासित, विस्थापित हुनु परेको पिडा, अनगिन्ती निर्दोष जनताले मारिनु परेको दर्द र देशको राजनैतिक सङ्क्रमणको सकस हो यो । मलाई पुरापुर विस्वास छ सकसको आख्यानले हरेक पाठकको मनलाई अवश्य छुनेछ । विशेषत : यसको रौद्रताले अद्देतिल बनाउछ, विभात्सताले पिडा, घृडा पैदा गर्छ र कारुण्यले भित्री मन पगाल्छ साथै पढिरहदा - थप उत्सुकताका साथ अगाडी बढ्न प्रेरित गर्ने कला प्रतिबिम्बित छ यस कृतिभित्र र कृतिभित्रका शब्दहरुभित्र । काल्पनिक धरातलमा उभिएर लेखिएका शब्दहरु पनि काल्पनिक नै हुन भनेर ठोकुवा गर्ने आधारहरु कही कतै छैनन । यदी गृह्पृष्ठमा उल्लेखित लेखकको लेखकिय माथी नजर नपरेको भए मेरो लागी "सकस" पुरै यथार्थतामा आधरित आख्यान हुने थियो । यसरि यथार्थलाई सरलता र काल्पनिकतालाई यथार्थमा ढालेर पाठकको मन जित्न सक्नु जगदिश घिमिरे र सकस को मुख्य बिशेषता हो ।