Sunday, August 17, 2014

गजल ४६

जो कोहिले दिएको उपहार स्विकार गरेको मन पर्दैन्
र, मेरो हजुरलाई प्रेमको व्यापार गरेको मन पर्दैन्

रावणले हरेकै कारण रामले सिता त्याग गरिदिए
उसै झै चोखो प्यारमा शंका र विचार गरेको मन पर्दैन्

मेरो चञ्चले बानी देखी आजित परेसी उहाँ भनुहुन्छ -
प्रिया, मलाई एउटै गल्ती बारम्बार गरेको मन पर्दैन्


घुर्क्याउछु, धम्क्याउछु र नसकेपछी रिसाउछु म आफै
तब भन्नुहुन्छ - यो ठुस्किने व्यवहार गरेको मन पर्दैन्

आफुलाई भने शौख छ मनमा-कसरी राम्री बनु भन्ने ?
उफ्, मेरो यारलाई फेरी मैले श्रीङ्गार गरेको मन पर्दैन्