Wednesday, July 16, 2014

२०. कविता : सक्छस् भने गर मलाई बलात्कार !!

त्यो साझ हल्लिखल्ली खुब मच्चियो
त्यही हल्ला छिरेको रहेछ -
सदरमुकाम देखि
देविथानको साघुँरो गल्ली हुँदै
राप्ती छेउछाउको सकुम्बासी बस्तितिर
जहाँ बस्थे - दिनभरी नङ्ग्रा खियाएर
भरे बेलुकी पेट भर्ने गरीबहरु
जहाँ बस्थे - राजनितिको 'र' नबुझेका अबुझ सोझाहरु
अनी, त्यही बस्थे - माओवादी भनेका को हुन् ?
कस्ता हुन्छन् उनिहरु ?
भनेर सोध्ने अन्जान मनुवाहरु


दिनभरी मेला गरेर
थाकेका जवान युवतीहरु
चिच्याउदै थिए - झन् झन् चर्को आवाजसित
लाग्थ्यो - त्यो आवाज हैन चित्कार हो
र, त्यही चित्कारले 'बचाउ' 'बचाउ' भनिरहेछ
तर थाहा छैन् – त्यो चित्कारले
अस्तित्व बचाउ खोजिरहेछ ?
या जवानी ?

भर्खरै पड्किएको बमको कालो धुवा जस्तै गरी
माओत्सेतुङका सिद्धान्तलाई
माथी आकाशतिर उडाएर,
कम्युनिष्ट धारले भरिनुपर्ने दिमागमा
हिंसा र अत्याचारका कुविचार थुपारेर,
काधमा भिरेको बन्दुक
कन्धा पछाडी ल्याङल्याङ ल्याङल्याङ
हल्लिए झै
आफ्नो परिचयलाई पेन्डुलम बनाएर
हिडेका महान योद्धाहरु
पशु भन्दा तुच्छ देखिए त्यो साझ

जासुसिको मिथ्या आरोप थुपारेर
आफ्नै आमाबाबुको नाङ्गा आखाँ अगाडि
जवान छोरिलाई नङ्ग्याए -
ती महान योद्धाहरुले
र, लुटाइदिए -
बचाइराखेको इज्जतको भकारि
जोगाइराखेको अस्मिताको असर्फि
अनि संगालेर राखेको जवानिको रस सबै सबै

परिवर्तनको नारा घन्काउदै हिंड्ने शिष्यहरु
तिनै, त्यस्तै, त्यसरि नै लुटिएका
र लुटाइएका भरिला युवतीहरुको
आशुको आशिर्वादले हुनुपर्छ
आखिरिमा,
लागे किनारा र गए बगरै बगरको बाटो

आफ्नै देशको माटोलाई
साक्षी राखेर भन्ने हो भने
यो देशमा सपुत जन्मिएकै छैन् ।
जब जन्मिनेछन् सपुतहरु
तब हुनेछ - हाम्रो देश
शान्ती र समृद्धिको देश

एउटा परिवर्तनको युग थालनी गर्नुछ अब
हो, आफैले थाल्नी गर्नुछ
जसको लागी मलाई लोग्ने हैन्
तीन थोपा विर्य चाहिएको छ
त्यही विर्यको सहाएताले
एउटा सन्तान जन्माउनुछ
र राख्नुछ त्यसको नाम 'सुन्दर नेपाल' भनेर
प्रियतम ओ प्रियतम
आ, सक्छस् भने गर मलाई बलात्कार ।