
मलाई लैजानेछ "मालति" बनाएर एकदिन
चुरा,पोते,गुन्यु,चोली सँगै जन्ती लिएर आउछ
खाली सिउँदो आफ्नै हातले भराएर एकदिन
पक्का ल्याउनेछ रातो घुम्टो मेरो लाज छोपिदिन
हेर्नु, म अन्मिनेछु नौमती बजाएर एकदिन
तिम्रो दु:ख नै मेरो दु:ख तिम्रो खुशी नै मेरो खुशी
भन्नेछ उसले मेरो हात समाएर एकदिन
बाचे सँगै मरे सँगै जनम जनम सँगै हामि
त्यो पनि भन्नेछ दिलभित्र बसाएर एकदिन