Tuesday, October 29, 2013

मुक्तक २९


कती सजिलै कसम खान्छन् बचन तोड्नेहरुले
आउछन् अथाहा प्यार गर्छन् भोली छोड्नेहरुले
भन्न त भन्छन् - "मेरो मनको जून हौ तिमी"
किन अधेँरी चिन्दैनन् जूनसँग मुटु जोड्नेहरुले

१३. पहिलो सन्तान छोरी जन्माउन चाहान्छु म !!


 भन्छन् - छोरी बाध्यताले जन्माइन्छ
छोरा रहरले जन्माइन्छ
तर, म बाध्याताले होइन्
रहरले छोरी जन्माउन चाहन्छु !
म चाहन्छु - मेरो पहिलो सन्तान छोरी होस !

म यस्तो छोरी जन्माउन चाहन्छु -
हरहमेसा छातिभरी साहस बोकेर हिड्नेछे उ
अधेरी रातहरुमा उजेलिको मैन बनेर हिड्नेछे उ
गरीब, दु:खी, निमुखा……हरुको झुपडिमा
प्रभातको लाली बनेर उदाउनेछे उ

Tuesday, October 8, 2013

कवितासंग्रह - अक्षरहरुको रङ



“अक्षरहरुको रङ” भित्र शेखर विकल्पको आकृति

कतै प्रेम दुखेको छ, कतै देश दुखेको छ । त्यो दुखाई सँगै आफ्ना आमा र बाबाको पनि मन दुखेको छ भने कतै प्रेम मुसुक्क मुस्काएको छ गुलाबी अधर बोकेर । यसरि नै दुखाई र मुस्कानहरुले सजिएको अक्षर - अक्षरको इन्द्रेणी हो -  “अक्षरहरुको रङ” ।

Monday, October 7, 2013

उपन्यास - मलाया एक्सप्रेस



“मलाया एक्सप्रेस” माथी मेरो पाठकिय विचार
साच्चै जिन्दगी अफसोच हो । जहाँ सोच्दै नसोचेका घटनाहरु घटिदिन्छन । जुन समयको समयको कलपना नै गरिएको हुँदैन त्यही समयले निम्त्याउछ अपत्यारिला घटनाहरु र हामी हिडिरहनु पर्ने हुन्छ त्यही बाटो हुँदै । खण्ड - खण्ड गरी जम्माजम्मी ३२ वटा खण्डमा उपन्यास टुङ्याइएको छ । प्रत्यक  खण्डहरु उत्तिकै चाखलाग्दा छन, उत्तिक्कै मिठा छन, उत्तिकै स्वादिला छन र छन पाठकको मन जित्न सफल पनि । जितबहादुर, प्रिया र आमा भगवतीको समग्र जिवनमा आइपरेका उतारचढावमा केन्द्रीत छ 'मलाया एक्सप्रेस' । जितबहादुर जसरि युद्धमा होमिएर रित्तो हात फर्कने युवाहरु कैयौ छ । ति गनी साध्य छैनन । जितबहादुरले जसरि बिनाकसुर सजाए भोग्ने हरुको जमात पनि उत्तिकै छन । हितबहादुरले जसरि अनाहकमा युद्धको सिकार बनेका कैयौ छन । हितबहादुर जसरि नै मृत्युमा परेका कैयौ युवाहरु वेवारिसे र पत्ता लाग्न नसकेका, वेपत्ता परिएका लासहरु उसैगरी अनगिन्ती छन । कती लासहरु जंगली जनावरका आहारा बने होलान्, कती यसै कुहिएर गए होलान्, कती मुख्य समाचार बनेर फुकिए होलान अनि कती लासहरु लडाकु मारिएको प्रमुख समाचार बनेर छापिए होलान । जमुना जस्तै कैयौ बहिनिहरु/छोरिहरु युद्धको सिकार बनेका छन र घर परिवार प्रत्यक्षदर्शी । जनयुद्धको समयमा त्यस्ता घटनाहरु कती भए कती । जितबहादुरको जिवनमा घटेको भन्दा पनि कैयौ गुणाले बढी कारुणिक घटनाहरु घटेका छन त्यतिबेला । ति घटनाहरुको अगाडी जितबहादुरको जिवनमा युद्धकालले घटाएको घटना सामान्य हो तर यस उपन्यासमा यही घटना नै काफी सम्झन्छु म ।

गजल २९



मरुभुमिको तातो घामले, पोल्दै होला मेरो दाईलाई
दशैँआयो आमाको मनले,खोज्दै होला मेरो दाईलाई

बाबा,आमा,बहिनी र संगिनिसँग टाडिएर के पाइस् ?
परदेशको माटोले पनि, सोध्दै होला मेरो दाईलाई

भन्नु हुन्थ्यो - घरको याद कती आउँछ कती……!!
घरको मायाले छातिभित्र,घोच्दै होला मेरो दाईलाई

सँगै खेलेका साथीहरुको यादले मन गाठो पर्दो हो !!
जान्छुभन्दा कम्पनिसाहुले,रोक्दै होला मेरो दाईलाई

Thursday, October 3, 2013

१२. रातो गुलाफ


अब छिट्टै तिमी -
प्रेमिल यादहरु बोकेर
मेरो मनको बगैँचामा बसाइँ सर्नेछौ
र फुलाउनेछौ थुप्रै प्रेमिल पैयुँहरु !

मलाई थाहा छ - त्यसपछी तिमीले
मेरो दाहिने हात समाएर "प्रिया" भन्नेछौ !
मन्द मन्द मुस्कुराहटमा
की "कालि" भन्नेछौ कि "सानि" भन्नेछौ !
तिमी आउने बाटो कुर्दाकुर्दै
थाकेका मेरा अस्थिपन्जरहरु
अनी गह्रौ मन बोकेर
तिम्रो छेवैमा ठिङ्ग उभिने छु म
त्यसैपल, अलिकती लाज अनि
अलिकती खुस्बु दुबै मिसाएर
गाजलु यि आखाँले
नदेखे झै गरी हेर्नेछु म तिमीलाई !

अनि तिमीले भन्नेछौ -
यो संसारमा आजसम्म
कसैले कसैलाई नगरेको
अथाहा माया गर्छु म तिमीलाई !
मदनले मुनालाई भन्दा धेरै !
जुलेटले रोमियोलाई भन्दा धेरै !
अनी आफैले आफैलाई भन्दा धेरै !
आकाशको जून, तारा टिपेर दिन्छु भन्दिन तर,
भित्री हृदयको चोखो माया दिनेछु म तिमीलाई !

मलाई थाहा छ - त्यसपछी तिमी के गर्छौ ?
त्यसपछी तिमी
मेरो देब्रे हात समाउनेछौ !
दाहिने र देब्रे दुबै हात सुम्सुम्याउनेछौ !
पालैपालो चुम्बन गर्नेछौ !
की "प्राण" भन्नेछौ कि "मुटु" भन्नेछौ !
अनी पाइन्टको खल्तिमा बिस्तारै हात हाल्नेछौ !
र रातो गुलाब निकाल्नेछौ !

तर खै ! किन किन
धरमराइरहेछ मेरो मन -
कतै तिमीले मेरो मनसँग मजाक गरिरहेका त छैनौ ?
मायालाई ख्यालसाची सम्झिरहेका त छैनौ ?
पहिले जस्तै गरी फेरी पनि
छाडी जाने माया पो गर्दै छौ कि ?
किन किन डगमगाइरहेछ मेरो मन !

अब तिमी आउँदा -
मेरो मनको बाटो भएर आउनु !
जहाँ तिम्रो लागी प्रेमिल फूलहरु
बिछ्याएकी छु मैले !
कैयौ पहिलादेखी बिछ्याएर रखेको फूल
जुन फूल मेरो चोखो मायाले फुलेको छ !

थाहा छैन - यसपटको भेटमा
म तिमीलाई पहिले जस्तै गरि
अंगाल्न सक्छु कि सक्दिन ?
चुम्न सक्छु कि सक्दिन ?

तर, एउटा पल सम्झाउनुछ तिमीलाई
केहि वर्ष पहिले
प्रणयदिवसको दिन
रातो गुलाफ दिएका थियौ तिमीले !
बदलामा रातो गुलाफ
दिन चाहन्छु म !
र चाहन्छु म तिम्रै हातबाट
छिट्टै यो खाली सिउँदो रंगाउन !



Wednesday, October 2, 2013

गजल २८

घरी पानीमा सलबलाउछु, घरी किनारमा छु एक्लै
मानौ म माछो यो ठुलो नदी तर संसारमा छु एक्लै

प्रेम हराएको जिन्दगीमा उफ् , यो उजाड मरुभुमि
प्यास बढ्दै छ पानीको या प्रेमको दोधारमा छु एक्लै

जलिरहेछु, खरानी बन्दैछु या अंगार ? थाहा छैन
नदिसँगै बग्न मन छ, त्यसैले हतारमा छु एक्लै

अन्जान कोही "प्रिया" भनेर बोलाउदै थियो मलाई
फेरी भन्यो तिमी एक्लै म पनि घरबारमा छु एक्लै

अहो ! म अचम्म छु माया गर्नेहरुको बजारदेखी
तर, माया गर्नेहरुको हजारौ हजारमा छु एक्लै

मुक्तक २८


मेरो खुशी मेरो जिवन मेरो संसार हो उ
साच्चै भन्नुपर्दा मेरो दिलको प्यार हो उ
कानेखुशी गर्दै थिए कोहि-नजिक नजानु
फुच्ची रिसाउछे फेरि, उसैको यार हो उ

११. कुर्कुच्चामा फाटेका धाजाहरु

अभावका खुट्किलाहरु टेकेर
घरी उकाली चढ्दै
घरी ओराली झर्दै
घरी दायाँ घुम्तितिर
घरी बायाँ घुम्तितिर
उफ्, उसैगरि
घरी सिधा गोरेटो हुँदै
हिडिरहेका एकजोडी खुट्टाहरु....!!
कैयौ देखी नियालीरहेछु म -
उसका धाजा फाटेका कुर्कुच्चाहरु
लाग्छ - ति धाजाहरु
गरीबिका निसानी हुन ।
सायद, आजसम्म वर्षा लागेकै छैन
त्यसैले त,
कहिल्यै पुरिएनन
ति कुर्कुच्चामा फाटेका धाजाहरु ...!!