अब छिट्टै तिमी -
प्रेमिल यादहरु बोकेर
मेरो मनको बगैँचामा बसाइँ सर्नेछौ
र फुलाउनेछौ थुप्रै प्रेमिल पैयुँहरु !
मलाई थाहा छ - त्यसपछी तिमीले
मेरो दाहिने हात समाएर "प्रिया" भन्नेछौ !
मन्द मन्द मुस्कुराहटमा
की "कालि" भन्नेछौ कि "सानि" भन्नेछौ !
तिमी आउने बाटो कुर्दाकुर्दै
थाकेका मेरा अस्थिपन्जरहरु
अनी गह्रौ मन बोकेर
तिम्रो छेवैमा ठिङ्ग उभिने छु म
त्यसैपल, अलिकती लाज अनि
अलिकती खुस्बु दुबै मिसाएर
गाजलु यि आखाँले
नदेखे झै गरी हेर्नेछु म तिमीलाई !
अनि तिमीले भन्नेछौ -
यो संसारमा आजसम्म
कसैले कसैलाई नगरेको
अथाहा माया गर्छु म तिमीलाई !
मदनले मुनालाई भन्दा धेरै !
जुलेटले रोमियोलाई भन्दा धेरै !
अनी आफैले आफैलाई भन्दा धेरै !
आकाशको जून, तारा टिपेर दिन्छु भन्दिन तर,
भित्री हृदयको चोखो माया दिनेछु म तिमीलाई !
मलाई थाहा छ - त्यसपछी तिमी के गर्छौ ?
त्यसपछी तिमी
मेरो देब्रे हात समाउनेछौ !
दाहिने र देब्रे दुबै हात सुम्सुम्याउनेछौ !
पालैपालो चुम्बन गर्नेछौ !
की "प्राण" भन्नेछौ कि "मुटु" भन्नेछौ !
अनी पाइन्टको खल्तिमा बिस्तारै हात हाल्नेछौ !
र रातो गुलाब निकाल्नेछौ !
तर खै ! किन किन
धरमराइरहेछ मेरो मन -
कतै तिमीले मेरो मनसँग मजाक गरिरहेका त छैनौ ?
मायालाई ख्यालसाची सम्झिरहेका त छैनौ ?
पहिले जस्तै गरी फेरी पनि
छाडी जाने माया पो गर्दै छौ कि ?
किन किन डगमगाइरहेछ मेरो मन !
अब तिमी आउँदा -
मेरो मनको बाटो भएर आउनु !
जहाँ तिम्रो लागी प्रेमिल फूलहरु
बिछ्याएकी छु मैले !
कैयौ पहिलादेखी बिछ्याएर रखेको फूल
जुन फूल मेरो चोखो मायाले फुलेको छ !
थाहा छैन - यसपटको भेटमा
म तिमीलाई पहिले जस्तै गरि
अंगाल्न सक्छु कि सक्दिन ?
चुम्न सक्छु कि सक्दिन ?
तर, एउटा पल सम्झाउनुछ तिमीलाई
केहि वर्ष पहिले
प्रणयदिवसको दिन
रातो गुलाफ दिएका थियौ तिमीले !
बदलामा रातो गुलाफ
दिन चाहन्छु म !
र चाहन्छु म तिम्रै हातबाट
छिट्टै यो खाली सिउँदो रंगाउन !