भन्छन् - छोरी बाध्यताले जन्माइन्छ
छोरा रहरले जन्माइन्छ
तर, म बाध्याताले होइन्
रहरले छोरी जन्माउन चाहन्छु !
म चाहन्छु - मेरो पहिलो सन्तान छोरी होस !
म यस्तो छोरी जन्माउन चाहन्छु -
हरहमेसा छातिभरी साहस बोकेर हिड्नेछे उ
अधेरी रातहरुमा उजेलिको मैन बनेर हिड्नेछे उ
गरीब, दु:खी, निमुखा……हरुको झुपडिमा
प्रभातको लाली बनेर उदाउनेछे उ
मेरी छोरी – शकुनी जस्ती होइन !
द्रौपदी जस्ती होइन !
अनि होइन कैकेइ जस्ती पनि !
मेरी छोरी त - भृकुटी जस्तै साहसिली हुनेछे !
मुना जस्तै प्रेमकि खानी हुनेछे !
सुदामा जस्तै मितव्ययी हुनेछे !
साच्चै मेरी छोरी - दयाकी प्रतिमुर्ती हुनेछे !
सिमित घेराभित्र कुण्ठित भएर
कहिल्यै बस्ने छैन उ
न अरु बसेको नै मन पराउनेछे
नारी स्वतन्त्रताको लागी जागरुक हुनेछे उ
ढक्ढक्याउनेछे न्यायको दरबाजा
अनी उठाउनेछे अन्यायको विरुद्ध आवाज पनि
मेरी छोरी – पुष,माघको पारिलो घाम बनेर उदाउनेछे
आमाहरुको आखाँको डिलमा अडिएको आशु
पटक्कै रुचाउनेछैन उ
आमा, बा को बुढेसकालमा टेक्ने लौरो बनेर उभिनेछे
“जननि जन्म भुमिश्च
स्वर्ग दपी गरियसि” - उसको मन्त्र हुनेछ !
र, कत्ती रुचाउने छैन - थामिदै आएका रुढिबादिहरु !
कैयौ बाहरु स्वर्गिय भएपछी
आमाहरुको जिउभरिको सेतो वस्त्र
अनी उजाडिएको श्रीङगार - पटक्कै मन पराउने छैन उ
आखिर छोरा र छोरिमा फरक के नै छ र ?
एउटै कोखबाट जन्मिएका सन्तान मध्य
छोराले मात्र चढाउनु पर्ने पिण्डको प्रथा
उन्मुलन गर्न उत्रनेछे उ
त्यसबखत, कैयौ सफलताका कथाहरु
सुनाउने छु म उसलाई
र काधमा हात राखेर भन्नेछु -
"छोरी तिमी उठ, अवस्य जित्नेछौ"
मलाई विस्वास छ -
उ पक्का सफल हुनेछे !
त्यसपछि, मेरी छोरी –
सफलताको उदाहरण हुनेछे !
परिवर्तनकारिको उदाहरण हुनेछे !
पराक्रमिको उदाहरण हुनेछे !
म सोचिरहेछु - नारिको सबैभन्दा
अमुल्य धन - सुन्दरता !
स्वर्गकी अप्सरा भनौ या परी ?
साच्चै मेरी छोरी रुपमा पनि सुन्दर हुनेछे !
परी जस्तै सुन्दर !
हो, यस्तै छोरी जन्माउन चाहान्छु म !
पहिलो सन्तान छोरी जन्माउन चाहान्छु म !