Wednesday, November 12, 2014

गजल ४७

मलाई मन छ प्यारा केबल तिम्री हुन
छाडेर दुनिया सारा केबल तिम्री हुन

मनभित्र उर्लेकोछ मेची कोसी कर्णालि
पुछेर आँखाको रारा केबल तिम्री हुन

बस् भनिदेउन सानु तिमी मेरी हौ भ'नि
बस्छु भएर सहारा केबल तिम्री हुन


प्रेममा नियम हुँदैन् , हुँदैन् कानुन पनि
पर्दैन धारा उपधारा केबल तिम्री हुन

तिमी अर्कै म अर्कैको भै बाच्नु भन्दा बरु
हुन्छु आकाशको तारा केबल तिम्री हुन