गजल
मेरो गगन उदास छ आजभोली
भन्दैन किन निराश छ आजभोली
हेरेर छायाँ कैयौ रात ढलेका छन्
म देख्छु जुन हतास छ आजभोली
औसी साचि छ तस्विर छातिमा टास्दा
बेरङ्गिन छाति खास छ आजभोली
वास्ना नफैलिएको पनि निकै भयो
बगैचा भरि पलास छ आजभोली
हराउन खोज्छु तिम्रो सगर भित्र
र त प्रेमिल बतास छ आजभोली
( यो एउटा बगैचा हो । अक्षर फूल्ने बगैचा । जहाँ अक्षरहरुको माध्यमद्वारा फुलाउने प्रयत्न गर्नेछु म - थरी थरी फूलहरु । जुन फूलहरु साहित्यका विविध विधाहरुमा सोभायमान रहेका हुनेछन् । )
Wednesday, March 20, 2013
मुक्तक १२
आउनेहरु आउछन पछि फर्किएर जान्छन
२/४ दिन मिठो बोल्छन अनि झर्किएर जान्छन
मेरो मुटु, मेरो धड्कन भन्छन संसार तिमी
खै! के झोक चल्छ अनि आफै तर्किएर जान्छन
मुक्तक ११
पिरति सगरमा हराउन त्यति सजिलो कहाँ छ र
एक्लै बस्ति बसाउन त्यति सजिलो कहाँ छ र
कोहि आउछ सुटुक्क दिलमा हलचल मच्चाउछ
कसैलाइ मन पराउन त्यति सजिलो कहाँ छ र
मुक्तक १०
इतिहास रचेका कथाहरु सुनाउनु हुन्थ्यो आमा
उ त्यो छुनुपर्छ भन्दै जुन देखाउनु हुन्थ्यो आमा
पुर्खाको मान सम्मानमा आँच नपुर्याउनु छोरी
भन्दै मलाई बालापन देखि सिकाउनु हुन्थ्यो आमा
४ . चिनिकाफलको रुख
करेसा छेउको
चिनिकाफलको रुख
देखाउदै आमा भन्नु हुन्थ्यो
"म मरेपछी पनि
यस बोटमा पानी
हाल्न नभुल्नु है"
बाक्लो हुस्सु
मन्द मन्द चलेको
चिसो बतास
अनि,
कठ्याङ्रीदो जाडो
त्यसबेला पनि
पसिनाले
निथ्रुक्क थियो शरिर
बा, घरमा हुनुहुन्न थियो
खर्चको कामले
मेला जानुभा'को थियो
अरुलाई भन्न लाज लाग्यो
यसैको फेदिमा टुक्रुस्स बसे
पिडाले छट्पटिदा छट्पटिदै
यसैको फेदिमा त जन्मिइस
चिनिकाफलको फेदिमा
जन्मिएकी म
त्यसैले होला
उस्तै मिठी छु रे
आमाले भन्नुभा'को
चिनिकाफलको रुख
देखाउदै आमा भन्नु हुन्थ्यो
"म मरेपछी पनि
यस बोटमा पानी
हाल्न नभुल्नु है"
बाक्लो हुस्सु
मन्द मन्द चलेको
चिसो बतास
अनि,
कठ्याङ्रीदो जाडो
त्यसबेला पनि
पसिनाले
निथ्रुक्क थियो शरिर
बा, घरमा हुनुहुन्न थियो
खर्चको कामले
मेला जानुभा'को थियो
अरुलाई भन्न लाज लाग्यो
यसैको फेदिमा टुक्रुस्स बसे
पिडाले छट्पटिदा छट्पटिदै
यसैको फेदिमा त जन्मिइस
चिनिकाफलको फेदिमा
जन्मिएकी म
त्यसैले होला
उस्तै मिठी छु रे
आमाले भन्नुभा'को
मुक्तक ९
मलाई नदेखेपछी टोलाउछ मेरो जुन
माया गरी इसाराले बोलाउछ मेरो जुन
म देख्छु कती जल्छ उ पल-पल छट्पटिन्छ
फेरी यादमा परेली लोलाउछ मेरो जुन
माया गरी इसाराले बोलाउछ मेरो जुन
म देख्छु कती जल्छ उ पल-पल छट्पटिन्छ
फेरी यादमा परेली लोलाउछ मेरो जुन
३. शहरीयाहरु
आमा, यो बस्ती होइन
यो त शहर हो रहेछ
यहाँ मान्छे हैन आमा
शहरीयाहरु बस्दा रहेछन्
त्यसैले आमा
तिम्रो भोको पेट
जती सुकै चेप्टिय पनि
एकमुठी चामल र पिठो
पैचो आश नगर्नु तिमीले
यो त शहर हो रहेछ
यहाँ मान्छे हैन आमा
शहरीयाहरु बस्दा रहेछन्
त्यसैले आमा
तिम्रो भोको पेट
जती सुकै चेप्टिय पनि
एकमुठी चामल र पिठो
पैचो आश नगर्नु तिमीले
गजल ८
असम्भवमा सम्भावना खोज्दैछु म यहाँ
थोपा थोपाको मुल्य अब सोच्दैछु म यहाँ
त्यहाँ सपना फुल्छ फल्छ जहाँ रहर छ
खस्दै गरेका तारा जुन रोज्दैछु म यहाँ
फुलेर मात्र पुग्दैन अब फल्न सक्नु पर्छ
जिन्दगीको यथार्थ भोगाइ भोग्दैछु म यहाँ
शिकारिको निसानामा छ त्यो उडेको पन्छि
स्वतन्त्र पन्छिको निसानी रोक्दैछु म यहाँ
जिन्दगीमा खडेरी पर्छ पुरै धाजा फाट्छ
टुटेको फुटेको समेटी जोड्दैछु म यहाँ
२. शहर
बाबा, मैले भनेकी थिय नि,
यो शहर हो शहर भनेर
यहाँ खर्च जोहो गर्न
आफ्नै सपना लुटाउनुपर्छ
आफ्नै रहर बेचाउनुपर्छ
..........अनि,
आफ्नै बोलिको व्यापार गराउनुपर्छ
पैतालामा धुलो लाग्ला झै गरेर
पिचै पिचको बाटो
हिड्नु पर्छ यहाँ
कहाँ पाउनु बाबा
दश नङ्ग्रा खियाउने माटो ?
यो शहर हो शहर भनेर
यहाँ खर्च जोहो गर्न
आफ्नै सपना लुटाउनुपर्छ
आफ्नै रहर बेचाउनुपर्छ
..........अनि,
आफ्नै बोलिको व्यापार गराउनुपर्छ
पैतालामा धुलो लाग्ला झै गरेर
पिचै पिचको बाटो
हिड्नु पर्छ यहाँ
कहाँ पाउनु बाबा
दश नङ्ग्रा खियाउने माटो ?
१. मेरो जून
बार्तलिको सङ्घार्मा उभिएर
अधेरिको गगन तर्फ
नजर डुलाउदै थिय
उ मुसुक्क मुस्कायो
म पनि
उसलाई हेरेर
उसरि नै मुसकाए
लज्जाले निथ्रुक्कै थिए
त्यतिबेला
अनि,
उही खोपी भित्र
पसेर सोचे
"मेरो जून कती उज्यालो छ "
अधेरिको गगन तर्फ
नजर डुलाउदै थिय
उ मुसुक्क मुस्कायो
म पनि
उसलाई हेरेर
उसरि नै मुसकाए
लज्जाले निथ्रुक्कै थिए
त्यतिबेला
अनि,
उही खोपी भित्र
पसेर सोचे
"मेरो जून कती उज्यालो छ "
आमालाई चिठ्ठी
समस्त आमाहरु प्रती समर्पित :-
मिति:- २०६९ ।०९ ।१८
०२-०१-२०१३
बुधवार
आदर्णिय आमा,
प्रभात्कालीन नमस्कार साथै न्यानो माया र सम्झनाका कोसेलिहरु अनि आलो घाउ , घाइते मुटु र त्रसित मन उपहार तिमीलाई ।
आमा,
आजको दिनसम्म म यता सकुसल नै छु उता तिमी पनि उस्तै आरामै छौ होली भन्ने आशा राखेकी छु । पत्र कोर्नुपर्ने खासै बिशेष त थिएन तर पनि २ ।४ अक्षर कोर्न मन लाग््यो र मात्र । आज म तिमीसँग केहि तिता मिठा बहहरु पोख्न खोज्दैछु । अन्यथा नलिनु ।
आमा,
हिजो आज मलाई अचम्म लाग्न थालेको छ अनि उस्तै डर पनि । खै, कसरी बाच्ने हो हामी छोरी जाती अब । न बाटो घाटोमा सुरक्षित भयौ हामी न त सबारी साधन भित्र । अझ आफ्नै घर भित्र त सुरक्ष्याको महसुस गर्न पाइदैन भने अन्त को त के नै कुरा भयो र ? आफुलाई सिनेमाको नायक भन्दा बर्ता सम्झने यि पुरुषहरु देखी घिन लगेर आउन थलेको छ मलाई । के सम्झन्छन हामी नारिलाई उनिहरुले ? के बच्चा जन्माउने मेशिन हो हामी कि उनिहरुको मनोरन्जनको सधन ? छि, सुन्दा पनि घिन लागेर आउछ - "यौन सम्पर्क गर्न नमानेको निहुमा श्रीमतीको हत्या, यौन सम्पार्क गर्न नमानेकै निहुमा श्रीमतीको गुप्तङमा आगो, प्रेम गरेर यौन सम्पर्क गर्न नमानेको निहुमा प्रेमिकाको हत्या, प्रेम विवाह गर्न नमानेको निहुमा प्रेमिकाको सारीरमा पेट्रोल खन्यायर बिभत्स हत्या अनि दिन दिनदाहाडै सार्बजनिक सबारी साधनम निर्दोश किशोरी बलात्कृत आदी इत्यादी ।" अब हामी नारी जातिको लागी सुरक्षित ठाउँ कही कतै पनि भेटिने भएन । एउटा निर्दोश शरिर माथी जबर्जस्तिकरणी गरिएका समाचारहरु केहि कम मात्र खुलेआम होलान तर हरेक दिन जसो बाटो घाटोमा बोल्ने ति फोहोरी र घिन लाग्दा शब्दहरु सुनेर मुख छोपेर हिंड्नुपर्ने अवस्थालाई के भन्ने हामीले ? कि यसरी नै चुपचाप सहदै हिंड्ने हो ? सहन क्षमता रहुन्जेल त सहुला तर त्यो क्षमता नै नस्ट भएपछि, रित्तिएपछी के ले सहने हामीले ? कसरी सहने हामीले ? कि बस्ने हो झ्याल ढोका थुनेर ? कती सजिलै भनिदिन्छन - 'यौन सम्पर्क गर्न नमानेपछी सहनै सकिन र पत्निको हत्या गरे' ओहो, कती सस्तो छ है हामी छोरिको जिन्दगी । महिला हिन्सा बिरुद्द अभियान, नारा, जुलुस र भाषाणहरु नभयका होईनन् तर ति सबै औपचारिकतामा मात्रै सिमित भए । आखिर यो अत्याचार कहिले सम्म त ? यदी यस्तै हो भने हामी नारी जाती जन्मनु र जन्माउनु दुबैको दुर्भाग्य ठहरिने छ । महिला हिन्सा बिरुद्दको अभियानको पहिलो श्रेणिलाई सफलता तुल्याउने हो भने यि र यस्ता अपरधी पुरुषहरुलाई जेल सजाय र अन्य करबाहिले मात्र पुग्दैन तसर्थ म त भन्छु निसन्कोच फासी दिइनुपर्छ । पत्र कोर्दा कोर्दै लामो भएछ तसर्थ यो पत्रलाई यही बिट मार्ने जमर्को गर्दै छु । बाकी भेटमा ।
उहि तिम्री अभागी छोरि
फुच्ची जमुना
पश्चिम चितवन मेघौली

मुक्तक ८
नसकेर आफैलाई चुट्दै थियो ऊ
मनको कुनाकानी खुट्दै थियो ऊ
पुरै छिया छिया न बाँकि छ केहि
अझ पनि टुक्रिएर फुट्दै थियो ऊ
मनको कुनाकानी खुट्दै थियो ऊ
पुरै छिया छिया न बाँकि छ केहि
अझ पनि टुक्रिएर फुट्दै थियो ऊ
मुक्तक ७
तिमी आफैले टेर्दै नटेरेर हिड्यौ
इसारा गरे हेर्दै नहेरेर हिड्यौ
मायाको फरिया फिजाउदै थिए म
प्यारको धर्सा केर्दै नकेरेर हिड्यौ
इसारा गरे हेर्दै नहेरेर हिड्यौ
मायाको फरिया फिजाउदै थिए म
प्यारको धर्सा केर्दै नकेरेर हिड्यौ
मुक्तक ६
म रुदा खेरि आशु झारि नभन्नु
आफु गई मलाइ एक्लै पारि नभन्नु
यादले त साथ काँहा छाड्दो रहेछ र
हुन्छ भन्थि निठुर बनि टारि नभन्नु
आफु गई मलाइ एक्लै पारि नभन्नु
यादले त साथ काँहा छाड्दो रहेछ र
हुन्छ भन्थि निठुर बनि टारि नभन्नु
गजल ७
तिमि "निष्ठुरी" हौ हैनौ भने मलाई एक्लै, जलाउथेउ र किन ?
भोक न प्यास बनाएर खालि एउटै यादमा, गलाउथेउ र किन ?
घरि घरि रिस उठे झै हुन्छ, अनि घुर्काउन मन लाग्छ
उसै गरि म रिसाउन खोज्दा "कालु"भनि, फकाउथेउ र किन ?
न त कुरा बुझ्न सके आजसम्म , न त मन बुझे तिम्रो
फेरि सोच्छु माया नगर्नी भा' "फुच्चु"भनि, बोलाउथेउ र किन ?
मुक्तक ५
एकाएक दिलको घाउ दुखे पछि के भनु म
खडेरि झै मनको नहर सुके पछि के भनु म
ऊ विकल्पको लागि एक्लै भौतारिदैछ
आफ्नै समस्याको बाटोहरु फुके पछि के भनु म
खडेरि झै मनको नहर सुके पछि के भनु म
ऊ विकल्पको लागि एक्लै भौतारिदैछ
आफ्नै समस्याको बाटोहरु फुके पछि के भनु म
गजल ६
तिमिले जे जे भनेउ सबै मानेकी थिए
जिउने आधार सिङ्गो मुटु ठानेकी थिए
जब म रित्तो भए तब बाहाना बुनेउ
अरु के नै हो र थोरै माया मागेकी थिए
अचेल तिम्रो साथको वास्तै हुदैन्
सिरानीमा विगत यादहरु राखेकी थिए
तिमी थियौ म थिए छुट्टै संसार थियो
छेणिक आवेग तिम्रो जान्न त जानेकी थिए
गजल ५
याद बिना बाचेर देखाउछु
पल पल साचेर देखाउछु
सोच्नेहरु खै के सोच्छन्
अप्ठ्याहरु भाचेर देखाउछु
मर्म मर्ममा फाइदा खोजिन्छ
बोकेर पिडा नाचेर देखाउछु
हासो खुसि आउछन् जान्छन्
तर दु:ख र सुख जाचेर देखाउछु
गजल ४
कर्तव्यपथ समाई हिड्दा, चुक्ने छैन कत्ति
दुख्ला मन र मुटु तर म, दुख्ने छैन कत्ति
बरु सागर सुकेर जान्छ, बनेर बगर
अविरल झर्ने झरना हु, सुक्ने छैन कत्ति
कहिले आसु पिएर बाचे, कहिले मरेर
डरायर आफ्नै भाग्यसँग, लुक्ने छैन कत्ति
बिल्कुल फरक देख्नेछन, देख्नेहरु अब
अहो!भाग्य भन्दै खोटी कर्म, ढुक्ने छैन कत्ति
तिम्रो समिपको आभाष भयो, र त भिन्न पाए
आउला भेल बाढि नै अह!, रुक्ने छैन कत्ति
गजल ३
बाचा कसम खानेले नै,ढाटेपछि के भनु खै ?
लिलामी मन बन्धकीमा,साटेपछि के भनु खै ?
जानाजानी दिल टुटायौ,पिडाले छट्पटिए म
तिम्लाई के र मै दर्दले,फाटेपछि के भनु खै?
यो दिललाई सन्चो छैन,सन्चो न'भा कैयौ भो
बिसन्चो दिल रेटीरेटी,काटेपछि के भनु खै ?
........
मुक्तक ४
एउटा साईनो टुटेर के भो अर्को जोडिनेछ अवश्य
बिशाल छ यो दुनिया सहजै मन मोडिनेछ अवश्य
जसले कोमल मन बुझ्दैन मायाको त कूरै छाडउ
आज जेहेनतेहेन भोली त बाचा तोडिनेछ अवश्य
बिशाल छ यो दुनिया सहजै मन मोडिनेछ अवश्य
जसले कोमल मन बुझ्दैन मायाको त कूरै छाडउ
आज जेहेनतेहेन भोली त बाचा तोडिनेछ अवश्य
गजल २
कसैको यादमा दिल जलाउनु बेकार छ यहाँ
धिप् धिप् दियोमाथि तेल खनाउनु बेकार छ यहाँ
बेकसुर छु म भन्नेबाटै करार हुन्छ यो मन
स्वार्थी यो समाजसँग डराउनु बेकार छ यहाँ
पिरतीको बहानामा स्वभाविक छ मन लुटिनु
बाहिर सुनपानीले चोखाउनु बेकार छ यहाँ
वाचा कसम त के नै हो र भोलि मिटि जान सक्छ
प्रेमको वकालतमा कराउनु बेकार छ यहाँ
मुक्तक ३
एउटा डाली भाचिदैमा बोट मरेकोछ कहाँ
पात झर्दैमा सँगै फुल झरेकोछ कहाँ
दिलको घाउ खाटोले पुर्नेछ एकदिन
सरदमा बसन्त याम परेकोछ कहाँ
पात झर्दैमा सँगै फुल झरेकोछ कहाँ
दिलको घाउ खाटोले पुर्नेछ एकदिन
सरदमा बसन्त याम परेकोछ कहाँ
मुक्तक २
( समर्पित:-दिल टुटाएर जानेहरुको लागि )
यो दिल तिम्रै यादमा,हराउदैथ्यो हिजोसम्म
अनायासै निदरीमा,कराउदैथ्यो हिजोसम्म
ति बाचा कसमहरु,सबै मिटाइदिए आज
प्रितको झण्डा दिलमा,फहराउदैथ्यो हिजोसम्म
यो दिल तिम्रै यादमा,हराउदैथ्यो हिजोसम्म
अनायासै निदरीमा,कराउदैथ्यो हिजोसम्म
ति बाचा कसमहरु,सबै मिटाइदिए आज
प्रितको झण्डा दिलमा,फहराउदैथ्यो हिजोसम्म
गजल १
आउ सुन म सुनाउछु,आफ्नै मन दुख्दा कस्तो हुन्छ ?
खडेरीले चुसेको मन,निचोरेर रुदा कस्तो हुन्छ ?
पल पल याद आउछ,सँगै बिताएका यामहरु
प्रेमको निसाना बनाई,दुश्मनले ढुक्दा कस्तो हुन्छ ?
जब आफ्नैले टुटाउछ,आघातले विछिप्तिन्छ मन
यो प्यासी दिलको मुहान,सुस्त सुस्त सुक्दा कस्तो हुन्छ ?
पुजारी भ'नि सम्झन्थे म,सधैभरि प्रेम पुजा गर्ने
भगवानले मन्दिरै छाड्यो,भक्तदेखि लुक्दा कस्तो हुन्छ ?
मुक्तक १
सात समुन्द्र पारि छौ काम कस्तो छ राजा ?
ठिक्क छ कि धेरै थोरै दाम कस्तो छ राजा ?
हुन त वंशाणु गुण जन्मजात नै काले
चैतको उराठ लाग्दो घाम कस्तो छ राजा ?
ठिक्क छ कि धेरै थोरै दाम कस्तो छ राजा ?
हुन त वंशाणु गुण जन्मजात नै काले
चैतको उराठ लाग्दो घाम कस्तो छ राजा ?
Subscribe to:
Posts (Atom)