समस्त आमाहरु प्रती समर्पित :-
मिति:- २०६९ ।०९ ।१८
०२-०१-२०१३
बुधवार
आदर्णिय आमा,
प्रभात्कालीन नमस्कार साथै न्यानो माया र सम्झनाका कोसेलिहरु अनि आलो घाउ , घाइते मुटु र त्रसित मन उपहार तिमीलाई ।
आमा,
आजको दिनसम्म म यता सकुसल नै छु उता तिमी पनि उस्तै आरामै छौ होली भन्ने आशा राखेकी छु । पत्र कोर्नुपर्ने खासै बिशेष त थिएन तर पनि २ ।४ अक्षर कोर्न मन लाग््यो र मात्र । आज म तिमीसँग केहि तिता मिठा बहहरु पोख्न खोज्दैछु । अन्यथा नलिनु ।
आमा,
हिजो आज मलाई अचम्म लाग्न थालेको छ अनि उस्तै डर पनि । खै, कसरी बाच्ने हो हामी छोरी जाती अब । न बाटो घाटोमा सुरक्षित भयौ हामी न त सबारी साधन भित्र । अझ आफ्नै घर भित्र त सुरक्ष्याको महसुस गर्न पाइदैन भने अन्त को त के नै कुरा भयो र ? आफुलाई सिनेमाको नायक भन्दा बर्ता सम्झने यि पुरुषहरु देखी घिन लगेर आउन थलेको छ मलाई । के सम्झन्छन हामी नारिलाई उनिहरुले ? के बच्चा जन्माउने मेशिन हो हामी कि उनिहरुको मनोरन्जनको सधन ? छि, सुन्दा पनि घिन लागेर आउछ - "यौन सम्पर्क गर्न नमानेको निहुमा श्रीमतीको हत्या, यौन सम्पार्क गर्न नमानेकै निहुमा श्रीमतीको गुप्तङमा आगो, प्रेम गरेर यौन सम्पर्क गर्न नमानेको निहुमा प्रेमिकाको हत्या, प्रेम विवाह गर्न नमानेको निहुमा प्रेमिकाको सारीरमा पेट्रोल खन्यायर बिभत्स हत्या अनि दिन दिनदाहाडै सार्बजनिक सबारी साधनम निर्दोश किशोरी बलात्कृत आदी इत्यादी ।" अब हामी नारी जातिको लागी सुरक्षित ठाउँ कही कतै पनि भेटिने भएन । एउटा निर्दोश शरिर माथी जबर्जस्तिकरणी गरिएका समाचारहरु केहि कम मात्र खुलेआम होलान तर हरेक दिन जसो बाटो घाटोमा बोल्ने ति फोहोरी र घिन लाग्दा शब्दहरु सुनेर मुख छोपेर हिंड्नुपर्ने अवस्थालाई के भन्ने हामीले ? कि यसरी नै चुपचाप सहदै हिंड्ने हो ? सहन क्षमता रहुन्जेल त सहुला तर त्यो क्षमता नै नस्ट भएपछि, रित्तिएपछी के ले सहने हामीले ? कसरी सहने हामीले ? कि बस्ने हो झ्याल ढोका थुनेर ? कती सजिलै भनिदिन्छन - 'यौन सम्पर्क गर्न नमानेपछी सहनै सकिन र पत्निको हत्या गरे' ओहो, कती सस्तो छ है हामी छोरिको जिन्दगी । महिला हिन्सा बिरुद्द अभियान, नारा, जुलुस र भाषाणहरु नभयका होईनन् तर ति सबै औपचारिकतामा मात्रै सिमित भए । आखिर यो अत्याचार कहिले सम्म त ? यदी यस्तै हो भने हामी नारी जाती जन्मनु र जन्माउनु दुबैको दुर्भाग्य ठहरिने छ । महिला हिन्सा बिरुद्दको अभियानको पहिलो श्रेणिलाई सफलता तुल्याउने हो भने यि र यस्ता अपरधी पुरुषहरुलाई जेल सजाय र अन्य करबाहिले मात्र पुग्दैन तसर्थ म त भन्छु निसन्कोच फासी दिइनुपर्छ । पत्र कोर्दा कोर्दै लामो भएछ तसर्थ यो पत्रलाई यही बिट मार्ने जमर्को गर्दै छु । बाकी भेटमा ।
उहि तिम्री अभागी छोरि
फुच्ची जमुना
पश्चिम चितवन मेघौली