Wednesday, March 20, 2013

गजल ४


कर्तव्यपथ समाई हिड्दा, चुक्ने छैन कत्ति
दुख्ला मन र मुटु तर म, दुख्ने छैन कत्ति

बरु सागर सुकेर जान्छ, बनेर बगर
अविरल झर्ने झरना हु, सुक्ने छैन कत्ति

कहिले आसु पिएर बाचे, कहिले मरेर
डरायर आफ्नै भाग्यसँग, लुक्ने छैन कत्ति

बिल्कुल फरक देख्नेछन, देख्नेहरु अब
अहो!भाग्य भन्दै खोटी कर्म, ढुक्ने छैन कत्ति

तिम्रो समिपको आभाष भयो, र त भिन्न पाए
आउला भेल बाढि नै अह!, रुक्ने छैन कत्ति