Wednesday, July 16, 2014

२०. कविता : सक्छस् भने गर मलाई बलात्कार !!

त्यो साझ हल्लिखल्ली खुब मच्चियो
त्यही हल्ला छिरेको रहेछ -
सदरमुकाम देखि
देविथानको साघुँरो गल्ली हुँदै
राप्ती छेउछाउको सकुम्बासी बस्तितिर
जहाँ बस्थे - दिनभरी नङ्ग्रा खियाएर
भरे बेलुकी पेट भर्ने गरीबहरु
जहाँ बस्थे - राजनितिको 'र' नबुझेका अबुझ सोझाहरु
अनी, त्यही बस्थे - माओवादी भनेका को हुन् ?
कस्ता हुन्छन् उनिहरु ?
भनेर सोध्ने अन्जान मनुवाहरु


दिनभरी मेला गरेर
थाकेका जवान युवतीहरु
चिच्याउदै थिए - झन् झन् चर्को आवाजसित
लाग्थ्यो - त्यो आवाज हैन चित्कार हो
र, त्यही चित्कारले 'बचाउ' 'बचाउ' भनिरहेछ
तर थाहा छैन् – त्यो चित्कारले
अस्तित्व बचाउ खोजिरहेछ ?
या जवानी ?

Tuesday, July 8, 2014

सम्झनामा आमा


उ हिजै देखी मलिन थियो । आँखाहरु रसिला देखिएका थिए । उसको अध्यारो अनुहार देखेर मैले सोधे - "बिशाल के भयो आज तिम्लाई ? एक्जाम बिग्रीयो क्या हो ?" कत्ती पनि चमक नभएको अनुहार भुइतिर निहुराउदै उसले सुस्तरी भन्यो - "दिदि, भोली हरिसयनी एकादशी । मेरो ममी बितेको दिन हो ।" यती भनिसक्दा उ रुला रुला झै गरिसकेको थियो । त्यसपछी मैले केहि कुरा गर्ने आँट गर्नै सकिन ।
सधै जसो म अफिसबाट फर्केपछी उ मेरै कोठामा हुन्थ्यो । घरी हसाउने गफ गर्थ्यो घरी उडाउने खालको । घरिघरी भन्थ्यो - दिदी मलाई पनि गजल लेख्न सिकाइदिनु न । तपाईंले जस्तै खत्रा खत्रा गजल लेख्छु म पनि । रेडियो सुनिरहेको बेलामा गजल प्रोग्राम आयो भने फोन नगरि सुखै दिदैन्थ्यो । त्यसैले पनि उ कोठामा भएको बेला गजल प्रोग्राम आउने बेला भएपछी कालिका एफएम ९१ मेगाहर्ज लगाउने गर्थे म । म सुत्नेबेलासम्म उ मसंगै हुन्थ्यो । हिजो उ मेरो कोठामा एकपटक पनि आएन फेरी मैले बोलाउन पनि सकिन । उ सुतिरह्यो आफ्नै कोठामा । हिडेन कही पनि कतै पनि ।

गजल ४५


बन्धक बनाई कती राख्छौ ? जसरि हुन्छ फुकुवा गराउ
चाहे लीलाम गर या राजिनाम , तर छिट्टै आफ्नि बनाउ 

लिखितम् धनीका नाम,फलानाकी नातीनि, फलानाकी छोरि
अनी, औठाछाप गरिदिन्छु , चाहिन्छ  भने  त्यो पनि लैजाउ

मैले जे देखे



अहिले विस्वभरिका मुलुकमा निकै चर्चा बटुलेको बिषय हो - विस्वकप २०१४ । खेलमा सहभागी नभएका देशहरुमा त खेलको रौनक यती छ भने अझ सहभागी भएका राष्ट्रहरुमा त नहुने कुरै भएन । सहभागी देशहरुमा आफुले जित्न पाए हुन्थ्यो भन्ने अभिलाषा हुनु कुनै नौलो कुरो होईन् तर अन्य देशका जनताहरुले पनि आ-आफुलाई मनपर्ने टिमको सपोर्टमा बाजी नै थाप्ने गरेको देख्दा आश्चर्य लाग्छ मलाई ।

यही विस्वकप २०१४ को बिषयलाई लिएर केहि कुरा गर्ने प्रयत्न गर्दैछु म यतिबेला । सन्दर्भ नेपाल र विस्वकपमा उपाधिको दाबेदार मानिएको टिम "अर्जेन्टिना" बिचको रहेको छ । हिजोका विर गोर्खालिहरुले गरेको उदाहरणिय र प्रशंसनिय कार्यको उपज आज हामी आफ्नो शिर ठाडो पारेर हिड्न पाइरहेका छौ । यो हाम्रो लागी गर्वको कुरो हो । केहि दिन अगाडी मैले सामाजिक सञ्जाल फेसबुकमा अर्जेन्टिनाले नेपाललाइ कस्तो नजरले हेर्छ र हामी नेपाली अर्जेन्टिनालाई कसरी पुजा गर्छौ भनेर लेखिएको केहि लामो स्टाटस पढे । त्यही स्टाटस पढिसकेपछी मलाई पनि मेरो मातृभुमीप्रती सम्बोधन गरेर केहि लेखु जस्तो लाग्यो र आज लेख्न खोजिरहेकी छु ।

Monday, July 7, 2014

मुक्तक ३८

तिमीले  जसरि  चटक्कै माया  मार्न  पनि  सकिछैन्
मुटुभरी  माया  छ , छैन्  भनि   टार्न  पनि  सकिछैन्
आखिर, मलाई  बचनमा  बाध्ने त तिमी थियौ प्यारा
तर,तिम्ले हार्यौ मैले आफ्नै बाचा हार्न पनि सकिछैन्

Friday, July 4, 2014

उपन्यास - आधा जून


आजसम्मको साहित्य यात्रामा मैले पढेको पहिलो राजनैतिक धारको कृती भनेको " प्रयोगशाला" हो र त्यसपछिको कृती "आधा जून" । राजनितिको 'र' सम्म पनि ज्ञान नभएकी म तर प्रयोगशाला कत्ती पनि बोरिङ्ग फिल नभैकन पढेर सकेकी थिए । त्यसैगरी मन तान्यो मेरो आधा जूनले पनि । 'रे' सम्मका कुरा थाहा थियो मलाई २०४६ सालको आन्दोलनको बारेमा । त्यै पनि बुढापाका या उक्त आन्दोलनलाई देखेका र भोगेका केहि मानिसहरुको मुखबाट सुनेका कुरा मात्र हुन् । २०६२ / ६३ को आन्दोलनलाई आफैले देखेको मात्र होईन् भोगेको पनि हो र स्वयंम आफु पनि समाहित भएको कारणले पनि प्रयोगशाला निकै चाखिलो मानेकी थिए मैले तर अफुले नदेखे पनि नभोगे पनि आधा जून पढ्दा निकै एक्साइटेड भए म । प्रयोगशालामा माओवादिको समग्र नालिबेली प्रस्तुत गरिएको छ भने यसमा पात्र सञ्जयको जिवनयात्रा र भोगाईको तर्फबाट ०४६ सालको आन्दोलनलाई प्रस्तुत गर्ने प्रयास गरिएको छ ।


यस उपन्यासमा पात्र सञ्जयले नायकको भूमिका निर्वाह गरेका छन् भने रिता र तृष्णा नायिकाको रुपमा उभिएका छन् । विशेषत सञ्जयले एसएलसी पास गरेपछी उच्च शिक्षाको क्रममा व्यतित गरेको जिवनयात्रालाई प्रस्तुत गरिएको छ । त्यही जिवनयात्रा सँगसँगै 'कम्युनिष्ट आन्दोलनको एउटा धारको सिर्जनाबारे राम्रो दस्तावेज बनेको छ यो उपन्यास' (- नारायण ढकाल ) ।

१. गीत


हत्केलामा आशु थापि, पिउन पनि सकिएन्
चाहेसरी जिन्दगी यो, जिउन पनि सकिएन्

पाइदैन    जिवनमा , हासो  खुशी  देखेजस्तो
भोग्नैपर्ने रैछ आफ्नो, निधारमा लेखेजस्तो
यदी दु:ख भाग्थ्यो भने, मैले घण्टी बजाएर
बजाउ थे घण्टौ  सम्म , फूलपाती  चढाएर

फूल हो यो जिन्दगानि , फूलेपछी  झर्नैपर्छ
प्रकृतिको  रित  नै  हो, आखिरिमा मर्नैपर्छ 
उकालो र  ओरालो  त ,  गर्नैपर्छ  अनगिन्ति
कैले हासो कैले आशु, यस्तै रैछ जिन्दगानि

हत्केलामा आशु थापि, पिउन पनि सकिएन्
चाहेसरी जिन्दगी यो, जिउन पनि सकिएन्

(पहिलो प्रयास )